प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
काठमाडौँ, १४ माघ । कोभिड–१९ को महामारी देशभित्र प्रवेश गरेको एक वर्षपछि बुधबारबाट कोभिड–१९ को खोप सार्वजनिकरूपमा लगाउन थालिएको छ । देशभर ७७ जिल्लाका ३०० स्वास्थ्य केन्द्रहरू बुधबारबाट कोभिड–१९ को खोप लगाउन थालिएको छ ।
खोप अभियानको पहिलो चरणअन्तर्गत स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, स्वास्थ्य स्वयम्सेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयम्सेविका, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी र स्वयम्सेवक, अन्तर्राष्ट्रिय प्रवेशबिन्दुका स्वास्थ्यकर्मी र कर्मचारी, वृद्धाश्रममा काम गर्ने व्यक्ति र कर्मचारी, कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको खोप अभियानमा भारत सरकारले माघ ८ गते सहयोगस्वरुप प्रदान गरेको दस लाख मात्राको खोप प्रयोग गरिएको हो ।
स्वास्थ्य मन्त्रालयअनुसार बुधबार देशभरका १२ हजार मानिसले खोप लगाएका थिए । पहिलो चरणको खोप अभियान बुधबारबाट दस दिनसम्म चल्ने र अहिले खोप लगाएका सबैले २८ दिनपछि अर्को मात्राको खोप लगाउने बताइएको छ । यो चरणअन्तर्गत नेपालमा चार लाख ३० हजार नेपालीलाई खोप लगाइनेछ । नेपालमा अहिले अक्सफोर्ड विश्वविद्यालय र बेलायतका औषधि कम्पनी एस्ट्राजेनेकाले संयुक्तरूपमा उत्पादन गरेको खोप प्रयोगमा ल्याएको छ । अक्सफोर्ड–एस्ट्रोजेनेका खोप भारतको पुणेमा पनि उत्पादन गरिंदै आएको छ ।
बुधबार देशैभरि विभिन्न औपचारिक कार्यक्रमबीच स्वास्थ्यकर्मीहरूले कोभिड–१९ को खोप लगाएका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजधानीमा एउटा औपचारिक कार्यक्रमबीच खोप अभियानको आरम्भ गरेको थियो । अठार वर्षभन्दा माथि उमेरका व्यक्तिलाई सो खोप दिइन्छ । गर्भवती महिला, भर्खर जन्मेका बच्चालाई दूध चुसाउने महिला तथा दीर्घरोगीलाई भने यो खोप लगाउन नहुने बताइएको छ ।
कर्णाली खोप अभियानः सबै जिल्लामा सुरु
कर्णाली प्रदेशमा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको छ । कर्णालीका हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा निर्धारित समयमै निःशुल्क खोप अभियान सुरु गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
हिमाली जिल्ला हुम्ला र डोल्पामा हवाईमार्गबाट भ्याक्सिन ढुवानी गरिएको थियो । स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले ती जिल्लामा पनि आजैदेखि खोप अभियान थालिने बताउनुभयो । प्रदेशका बाँकी जिल्लामा स्थलमार्गबाट भ्याक्सिन ढुवानी गरिएको थियो ।
कर्णालीका लागि ११ हजार ७८० जनालाई पुग्ने पठाएको थियो । निर्देशनालयका निर्देशक डा. रविन खड्काले कर्णालीका १२ वटा अस्पताललाई केन्द्र बनाएर खोप लगाउन थालिएको बताउनुभयो । उहाँका अनुसार आठ वटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ ।
सूप खोपः खोप आउँदा स्वास्थ्यकर्मी खुसी
सेती प्रादेशिक अस्पताल धनगढीमा आज कोरोनाविरुद्धको खोप अभियानको औपचारिक शुभारम्भ कार्यक्रम भइरहँदा अस्पतालकी प्रसूति विभाग प्रमुख यशोदा ढकाल खुसी देखिनुहुन्थ्यो । कोरोना महामारी आउँदा अग्रपङ्क्तिमा रहेर काम गरेको अनुभव लिनुभएकी ढकालले कोरोना खोप आउँदा आफूखुसी रहेको प्रतिक्रिया दिनुभयो । “कोरोनाको महामारीका बेला नडराएका हामीले खोप लगाउन पाउँदा डराउनुपर्ने कारण छैन”, उहाँले भन्नुभयो, “निवासबाट अस्पताल आउँनै लाग्दा छोरीले यो खोप आमाछोरीसँगै लगाऔँ, मरे पनि सँगै मरौँला भनिरहँदा आफूले सम्झाउँदा उनी सहमत भइन् ।”
क्षेत्रीय स्वास्थ्य निर्देशनालय दीपायलका निर्देशक डा. गुणराज अवस्थीले नेपाल सरकारले यति छिटो कोरोनाविरुद्धको खोप भित्याइ खोप अभियान सुरु गरेर राम्रो काम गरेको बताउनुभयो । उहाँले थप्नुभयो, “कतिपय विकसित देशले अझै कोरोनाविरुद्धको खोप अभियान सुरु गर्न सकेका छैनन्, नेपालमा यो अभियान सुरु हुनसक्नु उत्कृष्ट काम भएको छ ।”
लुम्बिनी खोप अभियानः ३९ हजारलाई लगाइँदै
लुम्बिनी प्रदेशमा पनि आजदेखि कोभिडविरुद्धको खोप अभियान सुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिडविरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो खोप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले लगाउनुभएको छ । उहाँले सर्वसाधारणमा खोपप्रतिको आशङ्का हटाउने सन्देशका लागि आफूले नै पहिलो खोप लगाएको बताउनुभयो । डा. खनालका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालका अधिकांश स्वास्थ्यकर्मी र सफाइकर्मीलाई यो खोप लगाइने छ ।
अस्पतालका अन्य स्वास्थ्यकर्मीले खोप लगाएका छन् । लुम्बिनी प्रदेशमा सरकारले ३९ हजार ४९५ जनाको लागि आठ हजार ७६८ भायल खोप आएको लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । त्यसमध्ये सबैभन्दा बढी रुपन्देहीका लागि ३३ हजार ४२० डोज छुट्याइएको छ । यो खोपको आज एकै दिन प्रदेशअन्तर्गत तराईका छ जिल्लाका आठवटा खोप केन्द्रहरूमा शुभारम्भ गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेशका पहाडी जिल्लामा भने माघ १७ गतेबाट शुभारम्भ गरिने छ ।
लुम्बिनी प्रदेशअन्तर्गत आज सुरु गरिएका केन्द्रहरूमा रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवा, बाँकेको भेरी अस्पताल नेपालगञ्जमा, दाङको राप्ती प्रादेशिक अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य जिल्लामा भने सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरूमा केन्द्र तोकेर खोप सेवा सुरु गरिएको डा. पौडेलले जानकारी दिनुभयो ।
गण्डकीका एघारै जिल्लामा
गण्डकी प्रदेशका ११ वटै जिल्लास्थित जिल्ला अस्पतालमा माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुने स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । प्रदेशका सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको र पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप दिइने निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशका ११ वटै जिल्लामा खोप कार्यक्रम सुरु भएको छ ।
गण्डकी प्रदेशको राजधानी सहर पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित सङ्क्रामक तथा सरुवा रोग अस्पताल, मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा खोप केन्द्र तोकिएको छ । प्रतिष्ठानका निर्देशक आचार्यले अस्पतालमा खोप लगाउने जनशक्ति अभाव नरहेको बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानमा दुई हजारजनाले पहिलो चरणको खोप लिनेछन् । कोरोना खोप प्रत्येक व्यक्तिलाई दुई डोज दिइने र पहिलो मात्रा लिएको एक महिनापछि अर्को मात्रा दिइने जनाइएको छ । गण्डकीमा पहिलो चरणमा ३९ हजार १३९ मात्रा खोप प्राप्त भएको निर्देशनालयले जनाएको छ ।
प्रदेश नं २ खोप अभियान ः खोप लगाउन आग्रह
कोभिड–१९ विरुद्धको खोप अभियान वीरगञ्जमा विधिवत्रूपमा सुरु भएको छ । नारायणी अस्पताल वीरगञ्जका स्वास्थ्यकर्मी हेमा थापालाई सो खोप दिएर उक्त अभियानको शुभारम्भ गरिएको छ ।
सङ्घीय सरकारले उक्त खोप अभियानअन्तर्गत नारायणी अस्पताललाई पाँच हजार कोभिड–१९ विरुद्धको खोप दिएको छ । सो खोपले पाँच हजार २०० व्यक्तिलाई खोप पुग्ने लक्ष्य लिएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेड (मेसु) डा. सञ्जय ठाकुरले बताउनुभयो ।
प्रदेश २ मा रहेको आठ जिल्लाको नौ स्थानमा खोप अभियान सुरु भएको छ । सुरुमा प्रदेश २ को आठ वटै जिल्लामा कोभिड–१९ को प्रकोप भयावह रहेकोले मानिस प्रदेश २ मा आउन डराउने गर्दथ्यो तर अब सो अवस्था नरहेकाले अहिले त्यो सङ्ख्या घटेर फाट्टफट्टरूपमा मात्र देखापरेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले बताउनुभयो ।
कोरोनाबाट प्रदेश २ मा मृत्यु हुनेको सङ्ख्या एक प्रतिशतमात्र रहेको स्वास्थ्य निर्देशनालय जनकपुरले दाबी गरेका छन् । प्रदेश नं २ मा कोभिड–१९ विरुद्धको ३४ हजार ८०४ वटा डोज औषधि दिइएको बताइएको छ । कोभिड–१९ विरुद्धको खोप लगाएपछिको अवस्थाबारे जानकारी दिँदै स्वास्थ्यकर्मी हेमा थापाले यो खोप लगाउँदा शरीरमा कुनै प्रकारको नकारात्मक प्रभाव नपरेकोले सबैसँग खोप लगाउन आग्रह गर्नुभयो ।
बाग्मती खोप अभियान हेटौँडामा शुभारम्भ
बाग्मती प्रदेशको मुख्यालय हेटौैँडास्थित हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा. प्रवीण श्रेष्ठले कोभिड–१९ को खोप लगाएर खोप अभियान आरम्भ भएको छ । बाग्मती प्रदेशको १३ जिल्लामा ६४ हजार १९२ जना नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको छ । बाग्मती प्रदेशका १३ जिल्लामा कोभिड खोप लगाउन ३५ वटा खोप केन्द्र स्थापना गरिएको बताइएको छ ।
Leave a Reply