भर्खरै :

कटुञ्जेमा नेमकिपा स्थापना दिवस

भक्तपुर, १४ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ कटुञ्जेको आयोजनामा बुधबार महिला भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले माक्र्सवाद–लेनिनवाद, माओ विचारधारअनुसार स्थापना कालदेखि नेमकिपाले वर्गीय मुक्तिको लागि कामदार जनताको शासन स्थापना गर्न सङ्घर्ष गरिरहेको बताउनुभयो । उहाँले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आए पनि धनीहरूको सेवा हुने पुँजीवादी व्यवस्थाले कामदार वर्गको हित नहुने बताउनुभयो ।
पुँजीवादी व्यवस्था उल्टाएर गरिबहरूको पक्षमा शासन हुने समाजवाद ल्याउन नेमकिपा निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।
भेलामा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैया सुवालले बाली काट्ने आन्दोलन, भर्पाइ आन्दोलन, साँढे धपाउने, भ्रष्टाचारविरोधी र मोहियानी हक सुरक्षा आन्दोलनको चर्चा गर्दै उक्त आन्दोलनमा अग्रज किसान कार्यकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उक्त भेलामा नेमकिपा सूनपाका सचिव महेन्द्र बखुन्छेले आधा आकाश ढाकिएका महिलाहरू सचेत र सङ्गठित भएको खण्डमा समाज परिवर्तनमा सहयोग पुग्ने बताउनुभयो ।
चनमती खुलीमुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सरिता बखुन्छेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *