भर्खरै :

गोर्खा इको प्यानलका इन्जिनियरहरूलाई तालिम

आधुनिक निर्माण सामग्री कम्पनीको रूपमा रहेको गोर्खा इको प्यानलले बुधबारदेखि भक्तपुरका इन्जिनियर तथा प्राविधिकहरूलाई दुईदिने तालिम सुरु गरेको छ । आफ्नो निर्माण सामग्रीबारे जानकारी दिने उद्देश्यले राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) जिल्ला आयोजना कार्यान्वयन एकाइ भक्तपुरअन्तर्गतका इन्जिनियरहरूलाई भक्तपुरको सल्लाघारीस्थित कार्यालयकै भवनमा तालिम दिएको हो ।
पहिलो दिन बुधबार एकाइअन्तर्गत भक्तपुरको भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका क्षेत्रमा कार्यरत इन्जिनियरहरू तथा प्राविधिकहरूलाई तालिम दिइयो । दोश्रो तथा अन्तिम दिन बिहीबार जिल्लाकै मध्यपुर थिमि नगरपालिका र चाँगुनारायण नगरपालिका क्षेत्रमा कार्यरत इन्जिनियहरूलाई तालिम दिने जनाइयो ।
तालिम गोर्खा इको प्यानलका महाप्रबन्धक इन्जिनियर जीवन खाइतु र गोर्खा इको प्यनलका प्रोजेक्ट हेड इन्जिनियर कृष्णसुन्दर कुम्पाखले पुनर्निर्माणमा नयाँ प्रविधिबारे जानकारी दिनुभयो । साथै उहाँहरूले गोर्खा इको प्यानलका विशेषताहरू तथा त्यसको प्रयोगको प्राविधिक पक्षहरूबारे पनि सहभागीहरूलाई जानकारी गराएका थिए ।
दुईदिने तालिमपछि शुक्रबार तालिममा सहभागी इन्जिनियर तथा प्राविधिकहरूलाई फ्याक्ट्री भ्रमणमा लाने जनाइएको छ । उनीहरूलाई त्यहाँ लगेर विभिन्न जानकारीहरू दिने जनाइएको छ ।
गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवांले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरेको बताउनुभयो । अबका दिनमा पनि यस्ता तालिमहरूलाई निरन्तर अगाडि बढाउँदै लाने सीईओ कवांले बताए ।
गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा इटाको विकल्पको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री उत्पादन कम्पनी हो । भूकम्पप्रतिरोधी तथा हलुका हुनुलगायतका कारण यसको उत्पादन इको प्यानलको लोकप्रियता देशैभरि बढ्दो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *