कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तरमै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
- असार २१, २०८३
सधैँ एउटै प्रश्न, हामीले पहिलो पटक अन्तर्वार्ताको लागि सिड्नी सापिरोसँग सम्पर्क गर्दा उनले भनेका थिए, “तपाईँ किन चीनमा आउनुभयो ? चीनमै बस्ने निर्णय किन गर्नुभयो ? यस्ता प्रश्नले मलाई हैरान बनाइसकेको छ ।” उनी एकक्षण चुप लागे । “म त व्यस्त छु”, उनी अन्तर्वार्ताको प्रस्तावबाट उम्किन खोजे ।
सापिरोको भनाइको तात्पर्य उनले भेट्न चाहेर पनि आफूसँग समय नभएको भन्ने हो । तर, अलि समयपछि उनको यो भनाइ हाँसोउठ्दो न्यूनाङ्कनमात्र ठहरियो । ९६ वर्षका सापिरोले आफ्नो जीवनकालमा जीवनका अनेकन रङ र अनुभव हासिल गरे । रूपान्तरणको एउटा लामै शृङ्खला भोगे । अन्ततः निराशाको कुइरोले छपक्कै छोपेको न्यु योर्क सहरको एक जना वकिलबाट उनी पेइचिङ सहरका एक जना सम्मानित वरिष्ठ व्यक्तित्व बने । यो लामो यात्राको क्रममा उनले अर्को एउटा विशिष्टता पनि हासिल गरे–सबभन्दा महत्वपूर्ण साहित्यिक कृतिहरू अनुवाद गर्ने आफ्नो पुस्ताका विशिष्ट अनुवादक ।
पछिल्ला वर्षहरूमा सापिरोको जीवन र कृतिप्रति नवीकृत चासोले चिनियाँ र पश्चिमा सञ्चारमाध्यमहरूमा उनीबारे लेख–रचनाको झन्डै बाढी नै आएको छ । सापिरो चीनमा त सम्मानित छन् नै, तर पश्चिमा लेखकहरूबीच उनले ‘कुराकानीको लागि दुर्लभ व्यक्ति’ को रूपमा ख्याति कमाएका छन् । यहुदी अखबार ‘द फर्वड’ ले सापिरोबारे छापेको एउटा आलेखमा उनलाई ‘झनक्क रिसाएर अन्तर्वार्ता लिनेको झाँको झार्ने छुराजस्तो जीब्रो भएको मान्छे’ भनी लेखेको छ । त्यस्तै अर्को एउटा पत्रिकाले उनको बारेमा लेख्दै अन्तर्वार्ता लिन आउने पत्रकारलाई उनी पहिले आफ्ना चार सय पृष्ठको आत्मसंस्मरण पढ्न लगाउँछन् भनी लेखिएको छ ।
यी सबै जोखिमको हिसाबकिताबपछि हामी उनको अन्तर्वार्ता लिन पेइचिङ नजिकको पुरानो होहाईस्थित एउटा घुमाउरो गल्ली नानक्वाफाङ हुतोङमा रहेको ठूलो काठे ढोकाअघि उभियौँ । एक जना शान्त, अधबँैसे चिनियाँ महिलाले ढोका खोलिन् । ढकमक्क फूल फुलेको चोक छिचोलेर हामी एउटा ढुङ्गाले बनेको घरअघि उभ्यौंँ ।
“उहाँ त्यत्ति राम्रो सुन्नुहुन्न”, ढोका ढक्ढकाउनुअघि उनले शिष्ट पाराले भनिन् । उनको आचरण सौम्य खालको थियो । ढोकाभित्र लचकदार कुर्सीमा कुचुक्क बसेको कुप्रो परेको एक जना बुढो मान्छे हेर्न मेरा आँखा आतुर थिए । आफ्नो लौरो भुइँमा टेक्दै उनले हामीलाई छिटो भित्र पस्न आग्रह गर्नेछन् भनी मैले कल्पना गरेँ ।

श्रीमती फेङचीस“ग सिड्नी सापिरो
सापिरोलाई सांस्कृतिक क्रान्तिकालमा उनको अनुवादक पेशाले जोगायो । तर, उनकी श्रीमती र छोरीबाट उनलाई अलग बनाइयो । माओकी जहान च्याङचिङ व्यक्तिगत रिसइवीको कारण फेङची सांस्कृतिक क्रान्तिको अधिकांश वर्ष कैद भइन् । सापिरो दम्पत्तिकी एक्ली छोरीलाई पुनःशिक्षाको लागि कागज कारखानामा पु¥याइयो । त्यो समय सापिरोका मित्र, कलाकार र बुद्धिजीवीहरू सबैजसो कारबाहीमा परे । विदेशी भाषा प्रेसमा परेको च्याङ चिङको छायाँले सापिरोलाई पनि सताउन छोडेको थिएन । तिनताक सापिरो विदेशी भाषा प्रेसमा काम गर्थे । चीनका चार महान् उपन्यासमध्ये एउटा मानिएको चौधौँ शताब्दीको हजार पृष्ठ लामो ग्रन्थ ‘श्युहु चुआन’ को अनुवाद गर्ने लेखक भएकैले सापिरो ती अँध्यारा दिनको कोपभाजनमा झन्डै परेका थिए ।
जीवनका अनुभव र सिद्धान्तका कुरा त थिए नै, सापिरो चीनमा आफ्ना आरम्भिक दिनहरूका किस्साहरूमा पनि धनी थिए । उनी चीनको मुक्ति पूर्वको समयका किस्साहरू भन्दै थिए जतिबेला उनी संरा अमेरिकाबाहेक अन्य देशबाट भिसा खोज्दै आउने यहुदी शरणार्थीहरूलाई परामर्श दिन अमेरिकी कन्सुलेटको रूपमा नियुक्त थिए । हत्यारा कोमिङताङ सेनाको मुखैमा फेङची र उनी भागेर कम्युनिस्ट क्षेत्रमा जान खोज्दाको कथा उनले सुनाए । (सापिरो विदेशी भएकोले हुनाले उनीहरूको त्यो योजना विफल भयो) । चीन मुक्त भएपछि पेइचिङमा बाँकी रहेका पश्चिमाहरू बियर पिउँदै कहिलेकाहीँ घरको न्यास्रो मेट्थे । अनि ख्यालख्यालै मातेको अभिनय गर्दै चिनियाँ महिलाहरूलाई मरी मरी हसाउँथे । वर्षौँपछि सन् १९७० दशकको अन्त्यतिर अमेरिकी नाटककार अर्थर मिलरसँग उनको जमेर बहस चल्यो । उनले एउटा लेखको लागि सापिरोसँग अन्तर्वार्ता लिएका थिए । पछि ‘द एटलान्टा’ मा दुई जना लेखकहरूबीच भनाभन भयो । “उनले मलाई साह«ै रिस उठाए”, सापिरोले भने ।
तर, सापिरोका सम्झनाहरूमध्ये सबभन्दा आकर्षक कथा भने उनको जीवन र चीनमा एकै साथ आएको उथलपुथलपूर्ण समय थियो । त्यो समयमा उनको व्यक्तिगत र राजनीतिमा आएको आँधी ठोकिए र एउटा खास आँधीबेहरी उठ्यो । त्यो राजनीतिक उथलपुथलले चीनलाई अराजकतातर्फ दोहो¥यायो । रोचक कुरा के हो भने नयाँ चीनको इतिहासमा सबभन्दा ध्वंसात्मक मानिने सांस्कृतिक क्रान्तिको समयमा सापिरोले सबभन्दा उत्तम सिर्जनात्मक उपलब्धि हासिल गरे ।
आफ्नो आत्मसंस्मरण र कुराकानी दुवैमा उनले सांस्कृतिक क्रान्तिबारे तटस्थ मत राखेका छन् । त्यो समयका उपलब्धिको उनले कदर पनि गरेका छन् । साथै चार जनाको समूहले गरेका उत्ताउला गतिविधिले निम्त्याएका परिणामप्रति विमति पनि राखेका छन् । वर्षौँपछि सापिरोले सांस्कृतिक क्रान्तिलाई बितिसकेको एउटा युगको रूपमा मात्र स्मरण गर्न रुचाए । चिनियाँ ग्रन्थहरू राखिएको पुस्तकको आलमारीमा बन्द एउटा पुस्तकजस्तै । तर, अरू धेरैका अनुभवजस्तै त्यो कालखण्डबारे उनको अनुभव पनि उस्तै थियो– एक्लो, उथलपुथलपूर्ण र भयानक ।
सापिरोलाई सांस्कृतिक क्रान्तिकालमा उनको अनुवादक पेशाले जोगायो । तर, उनकी श्रीमती र छोरीबाट उनलाई अलग बनाइयो । माओकी जहान च्याङचिङ व्यक्तिगत रिसइवीको कारण फेङची सांस्कृतिक क्रान्तिको अधिकांश वर्ष कैद भइन् । सापिरो दम्पत्तिकी एक्ली छोरीलाई पुनःशिक्षाको लागि कागज कारखानामा पु¥याइयो । त्यो समय सापिरोका मित्र, कलाकार र बुद्धिजीवीहरू सबैजसो कारबाहीमा परे । विदेशी भाषा प्रेसमा परेको च्याङ चिङको छायाँले सापिरोलाई पनि सताउन छोडेको थिएन । तिनताक सापिरो विदेशी भाषा प्रेसमा काम गर्थे । चीनका चार महान् उपन्यासमध्ये एउटा मानिएको चौधौँ शताब्दीको हजार पृष्ठ लामो ग्रन्थ ‘श्युहु चुआन’ को अनुवाद गर्ने लेखक भएकैले सापिरो ती अँध्यारा दिनको कोपभाजनमा झन्डै परेका थिए ।
त्यो ऐतिहासिक उपन्यासको अनुवादको सन्दर्भमा उनले भने,“त्यो अनुवाद कृति मेरो पूरा जीवन हो । मेरो ठूलो सपना हो । त्यसको अनुवाद खुब स्वाद मानेर गरेको थिएँ ।”
त्यो पुस्तकको मोटाइको कारणमात्र होइन, त्यसको ऐतिहासिक सन्दर्भ र विस्तृत अनुसन्धानको खाँचो पर्ने पुरानो भाषाशैलीको कारण पनि त्यसको महत्वलाई उँचो बनाएको थियो । सो पुस्तकको अनुवाद गर्न कति समय लाग्यो भनी सोध्दा सापिरोले भने, “थाहा छैन । किनभने, हामीलाई बीच–बीचमा अनेकन अवरोधहरू आइलागेको थियो ।” सापिरो र विदेशी भाषा प्रेसकै सबभन्दा अमूल्य त्यो कृतिकै कारण त्यत्तिबेला उनको झन्डै ज्यान गएको थियो ।
‘श्युहु चुआन’ उपन्यास सोङ वंश(९६०–१२७९) को शासनकालमा विद्रोह गरेका सोङ च्याङ र साथीहरूको सङ्घर्षको वृत्तान्तमा आधारित कृति हो । तत्कालीन भ्रष्ट सरकारविरुद्ध उनीहरूले विद्रोह गरेका थिए । सांस्कृतिक क्रान्तिको समयमा यो रक्तपातपूर्ण कथासँग तत्कालीन अवस्थाको तुलनाले च्याङ चिङको ध्यान खिचिहाल्यो ।
उनलाई आफ्नो लामो समयदेखिका प्रतिद्वन्द्वी चाओ एन लाई नयाँ सोङ च्याङ हुनेमा भय थियो । चाओ एन लाईलाई उनीहरूले चार जनाको समूहले नेतृत्व गरेको भ्रष्ट सरकारविरुद्ध विद्रोह गर्ने सोङ च्याङ ठानेका थिए । त्यसकारण च्याङ चिङ सोङ चाङलाई नायकको रूपमा चित्रण गर्न तयार थिएनन् । सापिरोले उपन्यासको शीर्षक ‘धापिलो भूमिका नायकहरू’ राखेकोमा उनको विमति थियो । उनले आफ्ना केटाहरूलाई विदेशी भाषा प्रेसमा पठाएर सो शीर्षक फेर्न दबाब दिन थाले । “त्यत्तिबेला मलाई लाग्यो, हामी यतिसम्म पनि नीच हुनसक्छौँ र ? सांस्कृतिक क्रान्तिको मध्यतिरको समय थियो । हामीमाथि कुटपिट, पक्राउ र हत्यासमेत हुनसक्थ्यो । त्यस्तो हमलामा परेका धेरै थिए । म एक्लैमात्र त्यसको शिकार हुने अवस्था थिएन”, उनले भने ।
त्यस परिस्थितिमा सापिरोले उपन्यासको शीर्षकमा रहेको ‘नायकहरू’ शब्दको सट्टा ‘विद्रोहीहरू’ राख्ने प्रस्ताव गरे । “समस्याबाट बाहिरिने त्यही एउटा बाटो थियो । उनीहरूको अङ्ग्रेजी त्यत्ति राम्रो थिएन । उनीहरूले विद्रोहीलाई कुनै खराब अर्थमा मात्र बुझे”, सापिरोले भने । यसो भन्दै गर्दा उनको आँखा टिलिक्क चम्केका थिए । आफ्नो अनुवाद यात्रामा गरेको त्यो एउटा उल्लेखनीय चलाखी मान्छन् सापिरो ।
सापिरोले चीनमा धेरै थरी भूमिका निभाएः साहित्यिक कृतिका अनुवादक, बौद्धिक, विदेशी कूटनीतिक प्रतिनिधि, पिता, हजुरबुबा, जिजु बुबा आदिसम्म । तर, जब हामीले उनलाई के भूमिकाको लागि स्मरण गरोस् भन्ने चाहनुहुन्छ भनी सोध्दा उनले जिम्मेवारीपूर्वक उत्तर दिए, “मैले धेरै काम गर्न सकिनँ । मैले कुनै विशेष काम गरेँ भनी फुर्ती गर्नु अरूसामु लाजमर्दो कुरा हुन्छ । मैले जे गरेँ, निकै थोरैमात्र गरेँ । मैले र हामी सबैले गर्नुपर्नेभन्दा निकै कममात्र काम गर्न म सफल भएँ ।”
स्रोतः द वल्र्ड अफ चाइनिज
नेपाली अनुवादः सुमन
Leave a Reply