इरानी विश्वकप टोलीमाथिको व्यवहारले पश्चिमा र फिफाको दोहोरो चरित्र पर्दाफास भएको छ !
- असार १९, २०८३
उत्पीडित वर्गले धेरैभन्दा धेरै राजनीतिक पुस्तकहरू पढ्न थालेपछि, वर्गीय राजनीति गर्न सिकेपछि, जानेपछि र गरेपछि कुरूप शासकहरूको अन्धयुग ओइलाउँदै जानेछ र ‘सुनको दिन एक उदाउनेछ’ । यसको अर्थ पुस्तकहरू गैरराजनीतिक हुन्छन् भन्नु लेखकको तात्पर्य होइन । जस्तोसुकै अराजनीतिक पुस्तकसमेत राजनीतिक नै हुन्छ । मान्छेका अत्यन्त निजात्मक भावना उनिएका पुस्तक हुन् वा विज्ञान, साहित्यक, सबैले कुनै न कुनै वर्गको सेवा गर्छन् । (पत्यार नलागे सोभियत विज्ञान साहित्य पढ्नुहोला ¤) वर्गीय समाजमा पुस्तक राजनीतिबाट अलग हुनसक्दैनन् र हुँदैनन् ।
माक्र्सवादी पुस्तक तल्लो वर्गका बौद्धिक गोलाबारुद र बन्दुक हुन् । नेपालमा शिक्षित पाठकलाई हेरेर बर्सेनि माक्र्सवादी पुस्तक छापिन्छन् । तर, जनबोलीमा लेखिएका क्रान्तिकारी पुस्तकहरूको छेलोखेलो देखिन छोडेको एकाध दशक बितिसकेको छ । यही परिप्रेक्ष्यमा नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा राजधानी आसपास चारदिने पुस्तक प्रदर्शनी गर्ने सूचना पाएँ । निर्देशनबमोजिम हामी ललितपुरको मङ्गलबजार, काठमाडौँको रत्नपार्क, बनेपाको चार दोबाटो र भक्तपुरको टौमढी गरी चारै दिन प्रदर्शनीमा सहभागी भयौँ । हाम्रा सामूहिक अनुभवलाई यहाँ चर्चा गरिनेछ ।
प्रदर्शनीको प्रथम दिन (माघ ७) दिउँसोपख मङ्गलबजारको दक्षिण मोहडामा सामान्य चहलपहल थियो । पार्टीका अग्रजहरूको मन्तव्यसँगै प्रदर्शनी शुभारम्भ भयो । थोरै मान्छेको सहभागिताले विशेषगरी राजनीतिक पुस्तकमा साधारण नागरिकको चासो कम भएझैँ देखिन्थ्यो । सरोज दाइले हौस्याएपछि हरिबहादुर श्रेष्ठको कविता वाचनबाट ससानो साहित्यिक माहोल सुरु भयो । युवा तथा छात्र र छात्रा साथीहरूले गीत, कविता वाचन गर्न थाले । प्रदर्शनीमा बाँडिएको पर्चा अलि पुरानो हुनाले वाचनमा कठिनाइ भयो । साथीहरूले पुस्तक र राजनीतिको सम्बन्धबारे चर्चा गरे । बिस्तारै पाठक बढ्न थाल्यो ।
मङ्गलबजारमा देखिएको एउटा दृश्यले नेमकिपाको राजनीतिबारे प्रस्ट पार्छ । मध्याह्न ढल्दै थियो । आन्दोलनरत प्रचण्ड–माकुने समूहको मोटरसाइकल ¥याली ‘ओली चोर देश छोड’ भट्याउँदै, सेता सूर्य र राता झन्डा फहराउँदै पुलचोकतिर लाग्यो । नेपाली शासकहरूको ‘मूलधार’ को राजनीतिमा ‘भीड’ वा ‘टाउको’ को ठूलो महत्व छ । गाउँ–सहरका बलियाबाङ्गा तरुनीतन्नेरी जम्मा गरेर ‘चोर’ जस्ता हल्लाखल्ला गर्नु, चुट्किला र आरोप–प्रत्यारोपको ‘मेहफिल’ जमाउनु वा ढुङ्गा हान्नुलाई नै शासकहरूले राजनीतिको ‘मूलधार’ बनाएका छन् । यसको विपरीत नेमकिपाले बहुमत जनतालाई राजनीतिक शिक्षाले दीक्षित गर्नुलाई नै आफ्नो राजनीति बनाउँदै आएको छ । नेमकिपाले संविधानसभा, संसद् आदि स्थानमा पुगेर शासकहरूका काला कर्तुतहरू पत्ता लगाउने र त्यसबारे जनतालाई सचेत बनाउने कष्टदायी कार्य गर्दै जनताको सेवा गरिरहेको छ । शासकहरू रातो झन्डालाई कलङ्कित बनाउन हरसम्भव उपाय लगाइरहेका छन् भने नेमकिपा संसारभरिका मजदुर किसानको रगत पोतिएको त्यस गरिमामय झन्डाको दाग सफा गर्न होमिएको छ ।
माघ ८ गते बिहानीपख रत्नपार्कको शान्तिबाटिका अशान्त थियो । भोलिपल्ट हुने प्रचण्ड–नेपाल नेकपाको ‘१० लाख’ को जनसभाको तयारीका लागि त्यहाँ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । ‘सांस्कृतिक कोलाहल’ ले हाम्रो पुस्तक प्रदर्शनीमा खलल पु¥याइरहेको थियो । हाम्रो कार्यक्रममा पाठकहरूको कमी थिएन । एकचोटि त उताका ‘रमाइला–सर्जक’ हरूले ‘हामीतिर पनि आइदिनुप¥यो’ भनी पाठकहरूलाई बोलाउनुप¥यो । कलाकर्मी र साहित्यकारहरू ‘ओली’ का अगाडि जानेजतिका कुरूप विशेषण थपेर लयदार प्रस्तुति दिइरहेका थिए । हिजो माओवादी सङ्घर्षको बेला बनाइएका ‘जनताका गीत’ ले हाल आफ्नो पवित्रता गुमाइसकेका छन् । तथापि तिनै ‘वीरताका गीत’ गाउँदा माओवादी कलाकारलाई लाज नलागेको देख्दा ‘गर्नेलाई भन्दा देख्नेलाई लाज’ भनेझैँ महसुस भयो । प्रचण्डको आलिसान महललाई ‘क्रान्ति’ देख्नेहरूले जनतालाई कता पु¥याउलान् ? रिसमात्र उठ्यो ।
‘संस्कृतिकर्मी’ हरूको ‘भीड’ बाहिरिएपछि हाम्रो पुस्तक प्रदर्शनीमा पाठक–समूह बाक्लियो । कविता वाचन, गीतको प्रस्तुति र राजनीतिक चर्चाले जनसमूहको उपस्थिति निरन्तर रहिरह्यो । साथीहरू विभिन्न पुस्तकको विषयमा पाठकलाई बताइरहेका थिए । बिल बनाउने बहिनीहरूलाई हम्मेहम्मे भइरहेको थियो । सहभागीले पार्टीको विषयमा प्रश्नहरू गरिरहेका थिए । केहीले नेमकिपाको इमानको राजनीतिलाई देशभरि फैलाउनुपर्ने सल्लाह दिए । (यस्तो फैलावटमा आफूलाई नगन्नुमा नेपाली शिक्षित जमातमध्ये एक तप्काको अबुझीपन वा उपदेशक बानी छचल्किन्छ ¤) केही मानिससँग सवाल–जवाफ पनि भयो । एक युवकले हाम्रा एक साथीलाई ‘कम्युनिस्टहरू मिल्नुपर्ने’ सुझाव दिए । हाम्रा साथीले प्रतिप्रश्न गरे – कोरोनाको महामारीबीच आफ्नो गुटका ठग, दलाल, भ्रष्टाचारी र अपराधीले राज्यको ढुकुटी लुट्न पाएनन् भनेर प्रचण्ड–माकुने समूह आन्दोलनमा उत्रिएको होइन र ? युवक “त्यो त हो” भन्दै फटाफट त्रिचन्द्र क्याम्पसतिर लागे । एक विद्यार्थीले उखु किसानको विषयमा हाम्रो सक्रियताबारे प्रश्न गरे । उनलाई पार्टीले चिनी मिल राष्ट्रियकरण गर्नुपर्ने कुरा उठाएको थाहा थिएन । हुनु पनि कसरी, ‘मजदुर’ र ‘श्रमिक’ उनीजस्ता बहुमत नेपालीकहाँ पुग्न समय लाग्नेछ ।
रत्नपार्क दिउँसोपख विदेशको चक्करमा म्यानपावर कम्पनीले झुलाउने गाउँका गरिब युवायुवतीहरूको भीडभाड लाग्ने ठाउँ हो । त्रिचन्द्र क्याम्पसका विद्यार्थी पनि रत्नपार्कका घुमन्तेहरू हुन् । नेपाल सरकारले यी दुवै जमातबाट धेरै पैसा असुल्ने गर्छ । तर, उसले निःशुल्क थकाइ मार्न त्यहाँ एउटा चौर पनि बाँकी छोडेको छैन । मानौँ उनीहरूतिर फर्केर शासकहरू चिच्याइरहेका छन्, “दौड भुराहरू, दौड ¤ आराम नगर ¤ राज्यको लागि धन कमाऊ ¤ लुट्नका लागि केही त हुनुप¥यो नि यो देशमा ¤¤¤” लुटतन्त्रको यही दौडधुप अन्त्य गर्ने उद्देश्यसाथ गरिएको हाम्रो पुस्तक प्रदर्शनी टुङ्गियो । हामी साथीहरूलाई रत्नपार्कमा दुईचार दिन नै प्रदर्शनी राख्नुपर्ने आवश्यकताबोध भयो । कतिपय निम्न वर्गका पाठकले पछि आएर हाम्रा पुस्तक किन्ने मनसुवा राखेका थिए । उनीहरूलाई पार्टीका अगुवा दाजुहरूको नाम र नम्बर दिएर चित्त बुझाउनुप¥यो ।
तेस्रो दिन विशेष थियो । नेकपाको प्रचण्ड–माकुने गिरोहले काठमाडाँै घुमाउने र मासुभात खुवाउने वाचासहित ‘१० लाख’ जनताको आमसभा गर्दै थियो । दिनभरि नै काठमाडाँै सडकजामले आक्रान्त भयो । कोदारी राजमार्गमा जाँदै गर्दा हामीले सलहजस्तै ‘निःशुल्क बसहरू’ उर्फ ‘भेडा–गाडीहरू’ आउँदै गरेको भेट्यौँ । धेरै गाडी खाली थिए । केहीमा गाउँका दीन दुःखीहरू थिए । पुस्तक प्रदर्शनी बनेपा चार दोबाटोमा थियो । हाम्रो स्टल गाडी पार्किङ गरिराखेको स्थानमा थियो । त्यसैले मानिसको घुइँचो अलि कम थियो । साँझ ढल्किँदै जाँदा राजनीतिमा चाख राख्ने बुढापाका पाठकहरू जम्मा भए । साथीहरू माइकिङ गर्दै थिए । साथीहरूले एकएक गर्दै शासक दलहरूका कर्तुतबारे बोलिरहँदा अनेक टीकाटिप्पणीहरू सुन्न पाइयो । कसैले प्रचण्डको मात्र आलोचना गरेकोमा खिन्नता पोखे । ‘बुढो पार्टी’ नेपाली काङ्ग्रेसले नवउदारवादी नीति ल्याएर देश बर्बाद पा¥यो भन्दा कसैले चित्त दुखाए । हाम्रा साथीले तिनलाई गतिलै उत्तर दिए । मर्ने बेला काङ्ग्रेसको झन्डा ओढ्ने रहर गर्ने चन्दनको तिलक लगाएका बाजेहरू ‘राजा ल्याउन’ बुरुकबुरुक उफ्रेको दृश्य हामीले कहिल्यै बिर्सने छैनौँ । आस्थामा शक्ति हुँदोरहेछ । प्रचण्डको आलोचना गर्दा राता आँखा भएका एक अधबैँसे बम्केको दृश्य हेर्नलायक थियो । गह्नाउने झोलको झोँकमा प्रचण्डका यी कार्यकर्ता टिठलाग्दा देखिन्थे । वास्तवमा आफ्नो उमेरको ठूलो हिस्सा शासक दलहरूमा बिताएका र अन्तमा धोका खाएका जनताको यस्तो आक्रोशलाई हामीले स्वाभाविकै मान्यौँ ।
चौथो दिन भक्तपुरमा समयमै प्रदर्शनी आरम्भ भयो । यहाँ सुरुबाटै पाठकहरूको उपस्थिति राम्रो रह्यो । रत्नपार्क र बनेपामा जस्तो पाठकहरूसँग धेरै अन्तरक्रिया भएन । पाँचतले मन्दिर घुम्न आएका नेपाली पर्यटकले पार्टीका विचारहरू सुरुचिपूर्ण सुनेजस्तो प्रतीत हुन्थ्यो । तल्लो वर्गका मानिसहरू पढ्नमा भन्दा सुन्नमा ध्यान दिइरहेका थिए । एउटा घटना अनौठो थियो । एक महिलाले बडो अनौठो टिप्पणी गरिन् । उनी सपरिवार मन्दिर घुम्न आएकी थिइन् । हाम्रा साथीले माइकमा नेपाली काङ्ग्रेसको आलोचना गरिरहेका थिए । यस्तैमा उनी हाम्रो स्टलमा आएर साथीलाई भनिन्, अरूलाई गाली नगरी पुस्तक बेचे हुँदैन र ? उनी शासक दलकी कार्यकर्ता हुन् भनी हामीले ठम्याइहाल्यौँ । उनको नौटङ्की–मोह हास्यास्पद थियो । खासमा उनले आफ्नो वर्गको राजनीति गरेकी थिइन् । यसलाई पनि हामीले स्वाभाविकरूपमा लियौँ ।
भक्तपुरमा हाम्रा युवा–विद्यार्थीको उपस्थिति बाक्लै थियो । नेक्राविसङ्घका धेरै विद्यार्थीले यहाँ गीत, कविता र लेखहरू वाचन गरे । यस्तै उपस्थिति अन्य स्थानमा पनि भइदिएको भए नयाँ साथीहरूले अझै कति सिक्ने थिए होलान् भन्ने प्रश्नले हामीलाई घोचिरह्यो । कतिपय साथीहरू प्रदर्शनीमा सपरिवार सहभागी भए । कतिपय किसान बुबाहरूले आफूसँग घरमा हुँदाहुँदै पनि केही थान पुस्तक किनेको दृश्य लोभलाग्दो थियो । ‘पुश सेल’ को क्रममा शिक्षित पर्यटकहरूले मनग्गै पुस्तक लगे । कसैले चीन–भारत सीमा युद्धमा रुचि देखाएको पनि पाइयो । यिनै दृश्यहरू भक्तपुरको प्रदर्शनीका सौन्दर्य थिए ।
पुस्तक प्रदर्शनी धेरै कुरामा सफल रह्यो । समकालीन राजनीतिबारे पार्टीका धारणा जनसाधारणबीच लैजान यसले मद्दत ग¥यो । यसले विचार र निष्ठाको राजनीतिबारे थोरै भए पनि प्रचार ग¥यो । यसले हामी कार्यकर्तालाई साधारण पाठकहरूको मन छाम्न सिकायो । जनताबाट सिक्ने र जनतालाई दिने नेमकिपाको अभियानको रूपमा हामी केही साथीसङ्गीको मानसपटलमा यो प्रदर्शनी स्मरणीय रहिरहनेछ । हामीसँग १० देखि ३०० रूपैयाँ जाने पुस्तकहरू थिए । ‘पठन–संस्कृति’ सँगै पुस्तक बजारको भाउ बढिरहेको बेला हाम्रा सरल र सस्ता पुस्तकले पाठक ताने । त्यसैले ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ र ‘जनताको साहित्य र साहित्यकार’ अत्यधिक बिक्री हुने रचना बन्न पुगे । वामपन्थी राजनीतिमा रुचि राख्नेहरूका निम्ति ‘खोटा विचारको खण्डन’, ‘गुप्त दस्तावेज’ जस्ता पुस्तकहरू रुचिकर बनेको देखियो । आख्यानको कमीबारे गुनासो सुनियो । ‘चिनियाँ जनकम्युन’, ‘आत्मनिर्भरताको प्रश्नबारे’ जस्ता केही कृतिको पुनः प्रकाशन गर्नुपर्ने महसुस भयो । त्यसैगरी हाम्रा पर्चाहरूमा विविधता हुनुपर्ने देखिन्छ । यसको निम्ति विविध विषयमा केही थान सर्वकालिक र सैद्धान्तिक पर्चाहरू पो लेखिनुपर्ने हो कि ?
चारदिने पुस्तक प्रदर्शनीबाट हामी उत्साहित भयौँ । आम मानिसलाई राजनीतिक ज्ञानले सुसज्जित गर्न देशैभरि यस्ता पुस्तक प्रदर्शनीहरू गर्दै जानुपर्ने देखिन्छ । सैद्धान्तिक ज्ञान र वर्गीय भावनाले ओतप्रोत र अनुशासित कामदार वर्गले मात्र यस देशमा समाजवादी क्रान्तिलाई टुङ्गोमा पु¥याउनेछ भन्नेमा शङ्का गर्नुपर्दैन । यसको निम्ति हामीले समय र जाँगर जुटाउनैपर्छ । साथमा हामीसँग लोकभाषा र साहित्यमा झुकाव राख्ने युवा, विद्यार्थी र वक्ताहरू हुनैपर्छ । क्रान्तिले यस्तै युवा–विद्यार्थीको माग गरिरहेको छ ।
Leave a Reply