शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
देश र जनताका लागि
जीवन त्यागे सहिदले,
स्वतन्त्रता र न्यायका लागि
अघि बढे सहिदले ।
देशलाई स्वतन्त्र पार्न
आफू बन्धनमा बाँधिए,
भोका नाङ्गा निमुखाका
स्वरका लागि आफू बेश्वर भए ।
एकतन्त्रको अन्त्य भई
अर्को तन्त्र आयो,
जनता–जनता भन्ने मन्त्र
खै कसले गायो ?
१०४ वर्षको राणा शासन
जब अन्त्य भयो,
विश्वका लागि नेपाल
एक खुला किताब बन्यो ।
नयाँ–नयाँ शासन पद्घति
सबै मख्ख परे,
जति नै स्वतन्त्रता पाए पनि
खै कसले के गरे ?
देश अझै पनि गरिबीको
चपेटामा छ,
उन्नतिका कुराहरू सारै
मीठा–मीठा छ ।
सिद्धान्त आवश्यक छ
व्यवहारिक ज्ञान,
यस्ता राम्रा कुराहरूम
कसले दिने होला ध्यान ?
आफनो ज्यानै अर्पनेहरू
माथि बसी आजकल के सोच्दै होलान् ?
के–के न हुन्छ भनी ल्याएको
प्रजातन्त्रको अवस्था बुझ्दै होलान् ?
रुँदै छन् कि पश्चातापमा
देशको अवस्था देखेर,
अब त जाग हेर देश बनाउनलाई ।
उनीहरूले देखेको सपना पूरा गर्नलाई ।
Leave a Reply