तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
सुर्खेत, १७ माघ । लामो समयदेखि मालपोत कार्यालय, सुर्खेतमा भएको बेथितिको विरोधमा आवाज उठाउँदै गर्दा शुक्रबार नेपाल मजदुर किसान पार्टी सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगीसहित ५ जना कार्यकर्ता समर्थकलाई पक्राउ गरिएको विरोधमा जुलुससहित कोण सभा भयो ।
कोण सभामा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका उपाध्यक्ष प्रेमकुमार थापाले बहुदलीय व्यवस्थामा सबैले बोल्न पाउने अधिकार सुनिश्चित भए पनि प्रमुख जिल्ला अधिकारीले पञ्चायती शैलीमा गिरफ्तार गरेर दुःख दिएको बताउनुभयो । भ्रष्टाचारी कर्मचारीलाई संरक्षण गर्ने र सोझा जनतालाई गिरफ्तार गर्ने सीडीओ पहिले जिविसमा छँदा भ्रष्टाचार गर्ने कर्मचारीलाई संरक्षण गर्ने गरेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समितिका सहसचिव शेरबहादुर शाहीले जनताका काम सहजरूपमा गरभन्दा पक्राउ गरेर प्रमुख जिल्ला अधिकारीले नै भ्रष्टाचारीहरूलाई सहयोग गरेको बताउनुभयो ।
माघ १६ गते नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगी, गणेश खड्का, यामनाथ योगी, गंगानाथ योगी र सेर्जु शाहीलाई प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा मालपोत कार्यालयबाट पक्राउ गरिएको थियो । कोण सभाअघि मङ्गलगठी चोकबाट सुरु भएको जुलुसमा भ्रष्टाचारीको संरक्षण होइन, कारबाही गर, गिरफ्तार सदस्यहरूलाई रिहा गर, भ्रष्ट कर्मचारी मुर्दावाद ! आदि नारा लगाइएको थियो ।
Leave a Reply