भर्खरै :

कीर्तिपुरमा पुस्तक प्रदर्शनी

कीर्तिपुर, १७ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ पार्टी स्थापना दिवसको अवसरमा पार्टीद्वारा प्रकाशित पुस्तकहरूको प्रदर्शनी पाँगा दोबाटो नयाँबजारमा शनिबार सम्पन्न भयो ।
बिहान ८ बजेदेखि ४ बजेसम्मको सो प्रदर्शनीमा सयौँ कीर्तिपुरवासीहरूले अवलोकन गरी पुस्तक खरिद गरेका थिए ।
प्रदर्शनीमा ३०० थरीका पार्टी प्रकाशनहरू राखिएको थियो ।
काठमाडौँको ११ वटै नगरपालिकामा पुस्तक प्रदर्शनी गर्ने क्रममा आइतबार चन्द्रागिरीको गुर्जुधारामा पुस्तक प्रदर्शनी हुने काठमाडौँ जिल्लाका अध्यक्ष नारायण महर्जनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *