जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४२
- असार १९, २०८३
डाभोसको विश्व आर्थिक मञ्चमा बोल्दै फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले आधुनिक पुँजीवादले ‘अब काम गर्न छोडेको’ घोषणा गरेका छन् । विश्व राजनीति, व्यापार र वित्तीय क्षेत्रका पुँजीवादी शासकहरूको भेलाबाट यस्तो कुरा आउनु विशेष उल्लेखनीय छ । माक्रोंले शेयरधनी र उपभोक्तालाई पुँजीवादी व्यवस्थाका ‘दुई राजा’ को रूपमा व्यङ्ग्य गरे । उनको यो टिप्पणीलाई हामीले दुई कोणबाट बुझ्न सक्छौँ ः पहिलो, आजको समकालीन विश्व अर्थतन्त्रको वस्तुगत आधारमा र दोस्रो, आफ्नो कार्यकालमा अधिकांश समय बलियो प्रतिरोधको सामना गरिरहेका फ्रान्सका निर्वाचित नेताको कोणबाट ।
अन्तर्राष्ट्रिय उदाहरणको आधारमा विश्लेषण गर्दा माक्रोंले सन् १९९० को दशकमा बेलायती लेबर र अमेरिकामा क्लिन्टन नेतृत्वको नयाँ डेमोक्रेटहरूले चर्चामा ल्याएको ‘तेस्रो विकल्प’ को विचारलाई पुनः जीवन दिन खोजिरहेका छन् । सन् १९९० दशकको तुलनामा आजको परिस्थितिमा केही परिवर्तन भइसकेका छन् । बेलायतको लेबर र अमेरिकाको नयाँ डेमोक्रेटहरू वामपन्थ दिशाबाट मध्यपन्थतिर रूपान्तरण हुँदै छन् । माक्रों पनि उस्तै गरी वामपन्थबाट मध्यपन्थतिर बसाई सर्दै छन् ।
तीन वर्षअघि मात्र, माक्रों कर कटौती, सरकारी खर्च कम गर्ने, सरकारी सेवा खुम्च्याउने र स्वतन्त्र व्यापार तथा विश्वव्यापीकरणको पक्षमा सक्रिय थिए । फ्रान्समा जेहादी समूहहरूले गरेका शिलशिलाबद्ध हमलाप्रति माक्रोंको प्रतिक्रियात्मक भनाइलाई लिएर उनलाई राष्ट्रवादी र लोकप्रियतावादी (पपुलिस्ट) भनी खेदो खनियो ।
कोभिड–१९ का वास्तविकताले यस्ता असमानतालाई अझ प्रकाशमा ल्याएको छ । स्वास्थ्य, खाद्य र सेवा उद्योगमा ‘अत्यावश्यक’ मजदुरहरूको कमजोर अवस्थाबारे यो महामारीले उजागर गरेको छ । यी क्षेत्रका मजदुरहरूले आफ्नो जीवन जोखिममा राखेर हातमुख जोड्न बाध्य भए । उनीहरूसँग बचतमा केही पनि बाँकी रहेन । उनीहरू कुनै पनि बेला बेरोजगार हुने जोखिम थियो । उनीहरू सीमित सामाजिक सेवामा निर्भर हुन बाध्य थिए ।
अहिले उनलाई मजदुर र विद्यार्थीहरूबीच अलोकप्रिय व्यक्ति मानिन्छ । सन् २०१८ मा बढ्दो असमानताको विरोधमा सुरू भएको ‘एल्लो भेस्ट आन्दोलन’ नामको स्वःस्फुर्त आन्दोलन पछि उनी ती समुदायबीच अलोकप्रिय बनेका हुन् । अलोकप्रियताको यस्तो हविगतको कारण माक्रों कोभिड–१९ बाट जोगिनुलाई असमानताविरूद्धको लडाइँलाई जोड्न खोजिरहेका छन् । उनकै शब्दमा, “हामी यो महामारीमाथि असमानताविरूद्ध लड्ने विषयमा थप सोच्न सक्ने अर्थतन्त्रबाट मुक्ति पाउन सक्नेछौँ ।”
असमानतालाई संरा अमेरिकामा युरोपको गम्भीर चासोको विषय र एसियाको लागि बढ्दो चुनौतीको रूपमा बुझ्ने गरिएको छ । पुँजीवाद असामान्य आर्थिक वृद्धि र विकासको मेसिन भए पनि त्यसले असमानता अन्त्य गर्न वाचा गर्दैन । खासमा पुँजीवादी व्यवस्थाले निम्त्याउने असमानताको कारण पुँजीवादको सधैँ विरोध हुने गरेको छ ।
फ्रान्स र ‘समाजवादी’ युरोप आज उपभोक्ता पुँजीवाद र स्वतन्त्र बजार कट्टरपन्थबीच मध्यस्थताको भूमिकामा उभिएको छ । उनीहरू आज निजीकरण, उदारवाद र नवउदारवादी वाशिङ्टन सहमतिको पक्षमा छन् ।
माक्रोंले युरोपेली शैलीको समाजवादलाई पेरिस सहमतिको नयाँ पुडियामा पोको पारेर ल्याएका छन् । त्यसले पुँजीवादलाई पनि समाजप्रति जिम्मेवार बनाउने कुराको पक्ष लिन्छ । पेरिसको यो पुडिया पेइचिङ सहमतिभन्दा निःसन्देह धेरै परको विषय हो । तर, कम्तीमा हरित ऊर्जा र अनुसन्धानको सन्दर्भमा माक्रोंको यो पुडिया अमेरिकाको नयाँ बाइडेन सरकारसँग नजिक देखिन्छ । तर के यो कुरा गर्न उपयुक्त समय आइसकेको हो र ?
कोभिड–१९ का वास्तविकताले यस्ता असमानतालाई अझ प्रकाशमा ल्याएको छ । स्वास्थ्य, खाद्य र सेवा उद्योगमा ‘अत्यावश्यक’ मजदुरहरूको कमजोर अवस्थाबारे यो महामारीले उजागर गरेको छ । यी क्षेत्रका मजदुरहरूले आफ्नो जीवन जोखिममा राखेर हातमुख जोड्न बाध्य भए । उनीहरूसँग बचतमा केही पनि बाँकी रहेन । उनीहरू कुनै पनि बेला बेरोजगार हुने जोखिम थियो । उनीहरू सीमित सामाजिक सेवामा निर्भर हुन बाध्य थिए ।
त्यस्तै विभिन्न व्यवसायमा लागेका सामाजिक वर्ग आफ्नो टाउको छोप्नको लागि विभिन्न सस्तो ठाउँको खोजीमा भौतारिए । आफ्नो दैनिक खर्च घटाउन बाध्य भए र सकेसम्म बढी जोगाउन खोजे । उनीहरूमध्ये कतिजना जोखिम कम गर्ने हेतुले सुरक्षाको लागि घरमै बसे । विश्वको धितो बजार शिथिल बन्यो । अधिकांश उपभोक्ताहरूले अनलाइन पसलबाट आफ्ना आवश्यक सामान खरिद गरे । जसले यो नयाँ चालू पुँजीपति वर्गमा उत्पादन र आपूर्तिको लागि नयाँ कामदार वर्गको विकास ग¥यो ।
त्यसका साथै हामी कोभिड–१९ राष्ट्रवादको सुरूवातमा छौँ । अनि विकसित र विकासशील विश्वबीच खोपमा पहुँच र वितरणबीच न्यायको प्रश्न पनि तड्कारो छ । आज हाम्रोसामू जलवायु परिवर्तनदेखि इन्टरनेटको पहुँचमा असमान विकास अनि सङ्क्रामक रोगजस्ता संसारकै साझा चुनौती सामना गर्नु परिरहेको छ ।
यदि कोभिड–१९ भाइरस वास्तवमै निमिट्यान्न हँुदै गएको भए अबको विश्वको मुल चुनौती भनेको आर्थिक विशृङ्खलता नै हो । विकासशील र विकासोन्मुख देशहरूका बजार पनि विकसित देश (मुख्यतः संरा अमेरिकामा) केन्द्रित भएको कुरा स्पष्ट छ ।
आधुनिक र औद्योगिक देशहरूभित्रै शारीरिक श्रम गर्ने मजदुर तथा उत्पादन एवम् सेवा क्षेत्रका मजदुरहरूबीचको विभेद, प्रशासन क्षेत्रका मजदुर र प्राविधिक क्षेत्रका मजदुरहरूबीचको विभेद पनि प्रस्ट हुँदै छ । यसले हामीलाई पछिल्ला दशकमा भएको आर्थिक समृद्धिबीच आफ्नो अस्तित्वको लागि सकस भोगिरहेका जनताको महत्वबोध पनि गराएको छ । ती जनता आज राजनीतिबाट पनि भ्रममुक्तमात्र भएका छैनन्, बरू विरोध प्रदर्शनको लागि सडकमा उत्रेका छन् । पश्चिमामा हिजोका ऐतिहासिक मजदुर आन्दोलनभन्दा फराकिलो र विविधतापूर्ण सङ्घर्षहरू भइरहेका छन् ।
डाभोसमा भेला भएकाहरूले आज संसारको आर्थिक प्रणालीलाई पुनः निर्माण गर्न अथवा कम्तीमा समकालीन पुँजीवादका अतिवादलाई निमिट्यान्न गरी २१ औँ शताब्दीमा लोककल्याणकारी राज्यलाई अझ बलियो बनाउनुपर्ने बोध गरेको आशा गरौँ ।
पक्कै पनि राष्ट्रपति माक्रोँ ट्रम्प, रूस, युरोप, दक्षिणपन्थी, वामपन्थी र अरू सबैलाई रिझाउन खोजिरहनेछन् किनभने अर्को निर्वाचन त्यत्ति पर छैन । त्यसकारण उनी केही न केही कुरामा आफ्ना अडान राख्न जरूरी छ । तर, यसैबीच हामीले सोध्ने प्रश्न भनेको के हो भने के आधुनिक प्रजातन्त्रले पनि अब काम गर्न सक्ला त ?
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुन्दर
Leave a Reply