शोभा प्रधानको स्मृति सभा तथा अन्तरक्रिया कार्यक्रम
- असार १९, २०८३
भक्तपुर, १८ माघ । नेपाल अण्डा उत्पादक सङ्घको १६ औँ क्षेत्रीय वार्षिक साधारणसभाको उद्घाटन आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले कृषिमा वैदेशिक लगानी भित्याउने नेपाल सरकारको निर्णय किसान तथा व्यवसायीहरूको हितविरुद्ध भएको बताउँदै सरकारको यो निर्णयले कृषिजन्य उद्योग र किसानहरू विस्थापित हुने अवस्था आउने बताउनुभयो ।
बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा लगानी गर्दा यहाँका साना तथा ठूला लगानी भएका व्यवसाय पलायन हुने खतरा भएको औँल्याउँदै नगर प्रमुख प्रजापतिले विदेशी लगानी भित्याउने नाममा सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाउने बाटो खुला गरको बताउर्नुभयो ।
सरकारले साना व्यापारी तथा गरिब किसानको पहुँच पुग्ने सहुलियतपूर्ण ऋण तथा अनुदानको व्यवस्थामा चासो नदिएको बताउँदै उहाँले भन्नुभयो, “जबसम्म नेपालमा भारतको प्रभाव बढ्छ, नेपाल स्वतन्त्र, स्वाधीन र स्वतन्त्र बन्न सक्दैन ।”
प्रमुख प्रजापतिले नेकपाबीचको झगडा अराजनैतिक र व्यक्तिकेन्द्रित झगडा भएको बताउनुभयो । उहाँले व्यापारी व्यवसायीहरू पनि राजनीतिकरूपले सचेत र सङ्गठित हुनुपर्ने बताउँदै व्यवसायीहरूले आफ्नो उत्पादनको प्रचार र प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले विदेशी लगानी किसानको हितमा नभएको र यसको विरोध चौतर्फी भइरहेको बताउँदै अण्डाका विभिन्न परिकारहरूको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष शिवप्रसाद मानन्धरले व्यापारीहरूको एकता अपरिहार्य भएको बताउँदै वैदेशिक लगानीले नेपालको व्यवसायलाई दयनीय र देशलाई परनिर्भर बनाउनेतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल अण्डा उत्पादक सङ्घ भक्तपुर जिल्ला अध्यक्ष सुमन सुवाल, ललितपुरका अध्यक्ष पिताम्बर सञ्जेल, काठमाडौँका अध्यक्ष अमरसिंह घर्ती, काभ्रेका अध्यक्ष राधाकृष्ण अधिकारी, नुवाकोटका अध्यक्ष रमेश चित्रकार, मकवानपुरका तर्फबाट राजु अधिकारी, सङ्घका पूर्वकेन्द्रीय सदस्य विनोद पोखरेल, किरणभूषण ओलीलगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
Leave a Reply