भर्खरै :

गोरखामा नेमकिपा स्थापना दिवस

गोरखा, १८ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा गोरखामा स्थानीय पार्टी कार्यकर्ता र समर्थकहरूबीच शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।
नेमकिपा गोरखा जिल्ला समितिको आयोजनामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवाद र अन्य खोटा विचारविरूद्ध सैद्धान्तिक सङ्घर्षको क्रममा नेमकिपाको स्थापना भएको बताउनुभयो ।
उहाँले पार्टी कार्यकर्ताहरूले निःस्वार्थरूपमा जनतालाई राजनीतिकरूपमा सचेत बनाउन सक्रिय हुनुपर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य काफ्लेले भन्नुभयो, “संसदीय व्यवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गर्नु स्वाभाविक हो, निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने व्यारोमिटरको रूपमा उपयोग गर्नुपर्छ ।”
नेमकिपा गोरखाका अध्यक्ष प्रल्हाद लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा गोरखा नगर समितिका अध्यक्ष ईश्वरीप्रसाद कट्टेल र नेपाल क्रान्तिकारी युवा सङ्घका मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *