भर्खरै :

खाद्य सङ्कटको समाधान भोलि होइन, आजै खोजौँ

जलवायु परिवर्तन, द्वन्द्व र कोभिड–१९ को घातक योगले संसारका सबभन्दा गरिब र कमजोर देशहरूलाई यतिबेला आथुआथु पारिरहेको छ । फलतः सन् २०२१ मा २३ करोड ५० लाख मानिसलाई मानवीय सहायता र सुरक्षाको खाँचो पर्ने तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको तुलनामा यसरी मानवीय सहायता र सुरक्षाको खाँचो पर्ने मानिस ४० प्रतिशतले बढेको छ ।
यति धेरै सङ्ख्यामा मानिस प्रभावित भएको कुरा बुझ्न जो कोहीको लागि पनि त्यति सहज छैन । तर, यी तथ्याङ्कहरू पछाडि मानिसका जीवनहरूको प्रश्न छ । सीमान्त मानिसहरूको लागि कोरोना भाइरसको महामारीभन्दा बढी जोखिम र घातक महामारीपछिका प्रभावहरू भइरहेको छ । महामारीले भन्दा महामारीले निम्त्याएको अवस्थाले ती मानिसहरूलाई बढी खराब प्रभाव पार्नेछ । कोभिड–१९ ले निम्त्याएको भोकको महामारी अब सबभन्दा ठूलो हत्यारा हुने सम्भावना बढ्दो छ ।
गत वर्ष असाध्य भोकले प्रभावित मानिसको सङ्ख्या १३ करोडले बढेको अनुमान गरिएको थियो । त्यो सङ्ख्या पनि थपिएपछि संसारमा असाध्य भोकले कहरमा परेका मानिसको सङ्ख्या ८० करोडभन्दा बढी पुगेको छ । यो सङ्ख्या भनेको कोभिड– १९ बाट संसारमा सङ्क्रमित कुल मानिसको झन्डै आठ गुणा बढी हो ।
द्वन्द्व र जलवायु परिवर्तनबाट प्रभावित देशहरू विशेषतः खाद्य असुरक्षाको समस्याबाट बढी पिरोलिएका छन् । भोको पेट भनेको सिङ्गो पुस्ताको लागि विकासको बाधक हो ।
अधिकांश देशमा सरकारको बजेट महामारीबाट जनता र अर्थतन्त्रलाई जोगाउन खर्च भइसकेको हुनाले अब धेरै थरी भोकमरीको भूतले सर्वत्र सताइरहेको छ । यतिबेला यस्ता सङ्कटबाट जोगाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताको कुरा गर्नु पनि त्यत्ति सहज छैन । तर, भोकमरी र खाद्य असुरक्षाको रोकथामको लागि लगानी गर्नु जो कोहीको लागि बुद्धिमानी लगानी हो ।
यद्यपि, हामीले खर्च गर्ने प्रत्येक सुक्का–मोहरबाट पनि अधिकतम लाभ हासिल गर्न सुनिश्चित गर्न जरूरी छ । त्यसै कारण संयुक्त राष्ट्र सङ्घ र विश्व बैङ्कले मानवीय खाँचोका क्षेत्रहरूमा आफ्नो लगानी विस्तार गरिरहेको छ । कुनै पनि सङ्कट आरम्भ हुनुअघि नै मानवीय खाँचो पूरा गर्नु सङ्कटलाई कुर्नुभन्दा बढी प्रभावकारी, बुद्धिमानी र किफायती हुने कुरा घामजत्तिकै छर्लङ्ग छ । सङ्कट आइसकेपछि मात्र समाधानको खोजी गर्न थाल्ने प्रवृत्तिले निकै कष्ट भोगेर हासिल गरेको उपलब्धिसमेत गुम्ने डर हुन्छ ।
उदाहरणको लागि गत वर्ष बङ्गलादेशमा संयुक्त राष्ट्र सङ्घ र रेडक्रस÷रेड क्रिसेन्ट समाजले बाढीबाट अति प्रभावित हुने गरेका जनतालाई बाढी आउनुपूर्व आफ्नो र आफ्ना घरपालुवा पशुको रक्षाको लागि सहायता गरे । त्यसले बाढी आइसकेपछि उद्धारको लागि लाग्ने खर्च आधाले कम ग¥यो अनि जनतालाई पनि त्यसले सहयोगको अनुभव गरायो ।
भोकको महामारीको बढ्दो समस्यासँग लड्न हामीले उस्तै अवधारणा प्रयोगमा ल्याउन खोजिरहेका छौँ । भोकमरी र अनिकालले हायलकायल पार्नुअघि नै खाद्य आपत्काल रोकथामको लागि उपयुक्त कदम चाल्न जरूरी छ । यो उपायमा अघि बढ्दा अतिवृष्टि, अनावृष्टिजस्ता मौसमी चुनौती, सलहजस्ता कीरा–फट्याङ्ग्रा, न्यून आय, कमजोर मूल्य शृङ्खला र द्वन्द्वका साथै भविष्यको कुनै कुइनेटामा कुरेर बसेको खाद्य असुरक्षाको दीर्घकालीन समाधानमा पनि टेवा पु¥याउँछ ।
यो लक्ष्य भेदनको लागि सबभन्दा गरिब देशको लागि विश्व बैङ्कको सहायता कोष अन्तर्राष्ट्रिय विकास सङ्गठन (आईडीए) ले सन् २०२० को अप्रिल र अक्टोबर महिनाबीचका ६ महिनामा खाद्य सुरक्षाको लागि ५ अर्ब ३० करोड अमेरिकी डलर लगाउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिबद्धता जनाइएको यो रकम कोभिड– १९ का प्रभाव रोकथामका लागि अल्पकालीन कार्यक्रम तथा खाद्य असुरक्षा रोक्न दीर्घकालीन उपायमा लगानी गरिने छ ।
बङ्गलादेशमा अरू क्षेत्रसँगै सबभन्दा जोखिममा रहेको ६ लाख २० हजार साना आकारका दुग्ध र कुखुरा पालन उद्योगको लागि विश्व बैङ्कले सहायता रकम दिएको थियो । त्यस्तै महामारीको कारण रेमिट्यान्स रकम घट्ने अनुमान गरिएको हाइटीमा आईडीएले किसानहरूलाई भविष्यको बाली सुरक्षित गर्न र साना सिँचाइ योजनालाई टेवा पु¥याउन बीउबिजन र मलमा सहायता गरेको थियो । यसले किसानहरूको जोखिम कम गर्नेछ । आईडीएले विपद् रोकथाम कार्यक्रमअन्तर्गत खाद्य सुरक्षा सङ्कट र रोग फैलिनुअघि नै आवश्यक नियन्त्रणको लागि ५ करोड अमेरिकी डलर बराबरको रकम छुट्याएको छ ।
सन् २०२० को जूनमा संयुक्त राष्ट्र सङ्घीय केन्द्रीय आपत्कालीन रोकथाम कोषले सोमालियामा खाद्य सङ्कट समाधान गर्न आर्थिक खर्च गरेको थियो । सलह, बाढी र कोभिड– १९ को तेब्बर चुनौती सामना गर्न चालिएको कदमले रोग फैलिने सम्भावनालाई न्यून पा¥यो । समस्या सुरू हुनुअघि नै समाधानको लागि अग्रसरता देखाएर संयुक्त राष्ट्र सङ्घले पानीको स्रोतसम्बन्धी विवादको हल ग¥यो, घरपालुवा पशुलाई स्वस्थ राख्न मद्दत ग¥यो । हरेक घर परिवारको वित्तीय अवस्थामा सुधार ग¥यो । सर्वसाधारणको मानसिक स्वास्थ्य प्रवद्र्धन गर्न र ठूलो आकारको जनसङ्ख्याको बसाइँसराइँ रोक्न भूमिका खेल्यो ।
कोभिड–१९ को प्रभावकारी खोपको विकास गर्नुको अर्थ महामारीको अँध्यारो गुफामा आशाको नयाँ किरण देखिनु हो । तर, अधिकांश जोखिममा रहेका देशको लागि यो सङ्टकको प्रभाव भने यतिमै सीमित हुनेछैन । यसले आम्दानी, स्वास्थ्य, पौष्टिक तत्व, शिक्षा र समग्र अर्थतन्त्रमा दिगो र गहिरो प्रभाव पार्नेछ ।
जति चाँडो हामीले ती समस्याको रोकथामको लागि कदम चाल्न सक्छौँ, त्यत्ति नै हामीले भोग्नुपर्ने पीडा कम हुनेछ । हामीले यतिबेला जोखिमको अनुगमन र जोखिमसँग जोडिएर आउने पक्षबारे ध्यान केन्द्रित गर्नुपर्छ । हामीले प्रभावकारी तरिकाबाट गृहकार्यमा ध्यान दिनुपर्छ र भविष्यमा धेरै खर्च हुने सम्भावनालाई विचार गरेर दीर्घकालीन लगानीमा ध्यान दिन जरूरी छ ।
यतिबेला हामीले सावधानीका उपाय अपनाउनु बुद्धिमानी, नैतिक र किफायती रणनीति हुनेछ । जीवन रक्षा र रूपान्तरणको लागि सँगै काम गर्न हामीले संसारलाई असाध्य बनेको भोक र असुरक्षाले कोपारिएका मानिसहरूको सङ्ख्या कम गर्नुपर्छ र सबैको उत्तम भविष्यको आधार निर्माणमा अग्रसर हुनुपर्छ ।
खाद्य सङ्कटको समाधान भोलि होइन, आजै खोजौँ
रु मार्क लोकक÷ एक्सेल भान त्रोत्सेनवर्ग जलवायु परिवर्तन, द्वन्द्व र कोभिड–१९ को घातक योगले संसारका सबभन्दा गरिब र कमजोर देशहरूलाई यतिबेला आथुआथु पारिरहेको छ । फलतः सन् २०२१ मा २३ करोड ५० लाख मानिसलाई मानवीय सहायता र सुरक्षाको खाँचो पर्ने तथ्याङ्कले देखाएको छ । अघिल्लो वर्षको तुलनामा यसरी मानवीय सहायता र सुरक्षाको खाँचो पर्ने मानिस ४० प्रतिशतले बढेको छ ।

(मार्क लोकक संयुक्त राष्ट्र सङ्घ मानवीय मामिला उप–महासचिव तथा एक्सेल भान त्रोत्सेनवर्ग विश्व बैङ्कका अपरेसन महानिर्देशक हुनुहुन्छ ।)
स्रोतः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *