तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, १९ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ पार्टी स्थापना दिवसको अवसरमा पार्टीद्वारा प्रकाशित पुस्तकहरूको प्रदर्शनी नागार्जुन नगरपालिकाको सीतापाइला चोकमा सोमबार भयो ।
पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लिखित पुस्तकलगायत ३ सय थरीका पार्टी प्रकाशनहरू प्रदर्शनीमा राखिएका थिए ।
पुस्तक प्रदर्शनी व्यवस्थापनको लागि नेमकिपा काठमाडौँ जिल्ला समिति, नेपाल क्रान्तिकारी युवा सङ्घ र विद्यार्थी सङ्गठनका पदाधिकारीले सहयोग गर्नुभएको थियो ।
काठमाडौँको ११ वटै नगरपालिकामा पुस्तक प्रदर्शनी गर्ने क्रममा मङ्गलबार तारकेश्वर नगरपालिकाको लोकतान्त्रिक चोकमा बिहान ८ बजेदेखि ३ बजेसम्म प्रदर्शनी हुने नेमकिपा काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जनले बताउनुभयो ।
सोमबारको पुस्तक प्रदर्शनी उत्साहप्रद रहेको व्यवस्थापन पक्षले जनाएको छ ।
Leave a Reply