सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
आदर्शाेन्मुख समाज निर्माण गर्नु आजको आवश्यकता हो । आदर्शाेन्मुख समाज स्थापना गर्न समाजमा राजनीतिक कार्यकर्ता तथा सामाजिक कार्यकर्ताहरू क्रियाशील हुनुपर्छ । समाजमा व्याप्त विकृति र विसङ्गतिविरुद्ध जागरुक अभियान सञ्चालन गर्नुपर्छ । समाजमा नागरिकहरूले गर्नुपर्ने भूमिका निर्वाह गरेनन् भने समाजमा लागूऔषध सेवन गर्ने, उच्छृङ्खल गर्ने व्यक्तिहरूले ठाउँ लिन्छन् । समाजमा देखिने अन्धविश्वास, कुरीति र विकृति रहेसम्म स्वच्छ समाज बन्ने छैन । यसकारण, सामाजिक सङ्घ संस्थाले समाजका नागरिकहरूलाई उत्प्रेरित गर्नुपर्छ ।
समाजमा विद्यालय छोडेका भर्खरका युवाहरू लागूऔषध सेवनमा फसिरहेका छन् । धूमपान गर्ने, रक्सी सेवन गरेर हो–हल्ला गर्ने, चोरी चकारी गर्ने, लुटपाट गर्ने, राति राति पाटी पौवामा भेला भएर उच्छृङ्खल जीवन बिताएर घरका मातापितालाई दुःख दिने गरेको घटना बरोबर सुनेकै हो । त्यस्ता युवाहरूलाई तह लगाउन आमाबुबाले पनि सकिरहेका छैनन् । उनीहरू टोलका प्रबुद्ध वर्ग, शिक्षक, बुद्धिजीवीहरूले भनेका कुरा पनि टेर्दैनन् ।
पुँजीवादी व्यवस्थामा नागरिकलाई चरित्रवान बनाउने, अनुशासित बनाउने, नैतिक पाठ सिकाउने, समाजप्रति जिम्मेवार बनाउने काम खासै हुँदैन । व्यक्तिको आचरण सुधार्ने, समाजमा घुलमिल बनाउने काममा सामाजिक कार्यकर्ताहरू परिचालन हुनुपर्छ । समाजको नियन्त्रणमा राख्न नसकेका उच्छृङ्खल युवाहरू कसैको कुरा सुन्दैनन्, मतलब राख्दैनन् भनेर त्यसै छोडिदिएमा समाजको संरचना कस्तो होला ? त्यस्तो समाजले कस्तो बाटो लेला ? व्यक्तिमुखी बन्दै गइरहेको यो समाजमा सामाजिक सेवा गर्ने भावना जगाउनुपर्छ । समाजका युवाहरूलाई उत्प्रेरित गर्न नसक्दा, मार्गनिर्देश गर्न नसक्दा समाजमा विकृति देखिएको हो । यसबारे समयमै सोच्न सकिएन भने कुलतमा लाग्नेहरूको सङ्ख्या बढ्नेछ । समाजमा दुर्गति बढ्दै जान्छ । यसले समाजमा चिन्ता, पीडामात्र थप्ने होइन, शारीरिक र मानसिक यातना खप्नुपर्ने हुन्छ ।
Leave a Reply