भर्खरै :

‘श्रमिक’ वर्गको पार्टी नेमकिपा

भक्तपुर, २० माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा नेमकिपा भक्तपुर नपा वडा नं १० समन्वय समितिको आयोजनामा कार्यकर्ता भेला भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पार्टी स्थापना नभएको भए तल्लो वर्गका जनता, थिचिएका दबिएका जनता माथि उठ्न नसक्ने बताउँदै मजदुर, किसान र तल्लो वर्गको उत्थानको निम्ति पार्टी स्थापना भएको बताउनुभयो ।
उहाँले तल्लो वर्गका कार्यकर्ताहरू सक्रिय नभए प्रतिक्रियावादीहरू उठेर फेरि थिचोमिचो गर्ने, डर धम्कीको भरमा जनतालाई तह लगाउने कार्य दोहोरिने बताउनुभयो ।
कार्यक्रममा भूतपूर्व वडाध्यक्ष चन्द्रबहादुर उलकले पार्टी स्थापना हुनुका कारण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बुद्धिजीवीहरूको लेख अध्ययन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा १० नं वडाका वडाध्यक्ष लक्ष्मीप्रसाद ह्याँैमिखाले पार्टी स्थापनाको गतिविधिबारे बताउनुभयो ।
कार्यक्रम भनपा १० समन्वय समितिका संयोजक जितेन्द्र मुनंकर्मीको सभापतित्वमा भएको कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुनिल दुवाल र कृष्णनारायण दुमरुले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *