भोलि अझ बलियो भएर उभिनेछौँ
- भाद्र १९, २०८३
काठमाडौँ, २७ जेठ । नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणमा नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यकार एवम् कलाकर्मीको प्रतिनिधिमण्डललाई आज ठमेल तथा पोखराका विभिन्न सम्पदा तथा पर्यटकीय स्थानमा भ्रमण गराइएको छ ।
दुवै देशका कला, संस्कृति तथा साहित्यबारे जनस्तरमा प्रचारप्रसार तथा संस्कृतिको आदानप्रदान गरी राजनीतिक तथा आर्थिक सशक्तीकरणका लागि सो भ्रमण गराइएको हो ।
चाइना फेडरेसन अफ लिट्रेरी एण्ड आर्ट सर्कलका प्रमुख पान लुसेङ्गको नेतृत्वमा शुक्रबार सो टोली तिनदिने भ्रमणका लागि नेपाल आएको थियो ।
अघिल्लो दिन प्रतिष्ठानसँग सो प्रतिनिधिमण्डललले ‘साहित्यिक, सांस्कृतिक आदानप्रदान’ सम्बन्धी समझदारी आगामी पाँच वर्षका लागि नवीकरण गरेको थियो । सन् २०११ को डिसेम्बर ३० मा पहिलो पटक गरिएको सो समझदारीबाट दुवै पक्ष लाभान्वित भएको बताइएको छ ।
उनीहरुलाई आइतबार चन्द्रागिरिको भालेश्वर मन्दिर तथा स्वयम्भूनाथ, बौद्धनाथ चैत्यको भ्रमण गराइ बिदा गरिनेछ । रासस
Leave a Reply