भर्खरै :

उहानको ७६ दिने बन्दाबन्दी – चीनको विशेष सम्झना

सन् २०२० को जनवरी २३ तारिखमा बिहान दस बजेदेखि ७६ दिनसम्म अर्थात् १ हजार ८ सय २४ घण्टाका लागि बन्द उहान स्थानीय बासिन्दासहित सबै चिनियाँ र चीनका लागि पसिना र रगतद्वारा बनाइएको चीनको एउटा विशेष सम्झना हो ।
यस सम्झनासँग चिनियाँ सर्वोच्च नेताको साहस र दायित्वबोध पनि स्पष्ट झल्किन्छ । जिम्मेवारी बहन गर्नसक्नु नै वर्तमान चिनियाँ कम्युनिस्ट पार्टीको उत्कृष्ट भावना हो । कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशनदेखि राष्ट्राध्यक्ष सी चिनफिङले सधैँ जोड दिनुभएअनुसार पार्टीका सबै पदाधिकारीहरूले आ–आफ्ना राजनीतिक तथा ऐतिहासिक जिम्मेवारी बहन गर्नुपर्छ । सन् २०२० को प्रारम्भिक अवधिमा एक आकस्मिक महामारी आइपरेको थियो । चिनियाँ सर्वोच्च नेता सी चिनफिङले उहानलाई बन्द गर्ने निर्णयात्मक आदेश दिनुभएको थियो । करोडौँ जनसङ्ख्याको ठूलो सहर, मध्य चीनको औद्योगिक र वाणिज्य केन्द्र,चीनको सबैभन्दा ठूलो जल, भूमि र हवाई यातायात केन्द्र, याङच नदीको ढुवानी मार्गको केन्द्र, यस्तो सहरको बन्द चीनलगायत विश्वलाई अभूतपूर्व लाग्छ । राष्ट्राध्यक्ष सीका अनुसार उक्त निर्णयका लागि विशाल राजनीतिक साहस चाहिन्छ । तापनि, यो एक आवश्यक कुरा हो । उहान बन्द भएको ७६ दिनसम्म पार्टीका सर्वोच्च नेताको हैसियतले सीले महामारीविरुद्धको युद्धलाई मनमा राख्दै दिनरात विविध निर्देशन दिनुभएको थियो । उहाँले वास्तविक गतिविधिबाटँराजनीतिक तथा ऐतिहासिक जिम्मेवार बहन गर्नुपर्छ भन्ने वाक्यको व्याख्या गर्नुभएको हो । एक वर्षपछि उक्त निर्णयको निकै महत्वपूर्ण भावार्थ र भूमिका देखिन्छ । केही पश्चिमा सञ्चार माध्यमको आँखामा मानव अधिकारलाई उल्लङ्घन गरेको उक्त गतिविधिलाई विश्वव्यापीरूपमा अपनाइएको देखिन्छ । लान्सेट मेडिसिन पत्रिकाका प्रमुख सम्पादक होर्टनले धेरै पटक उहानको बन्दको निर्णयको प्रशंसा गर्नुभएको छ । उहाँका अनुसार उक्त निर्णयले विश्वद्वारा महामारीको प्रतिरोधका लागि समय सिर्जना गर्नुका साथै विभिन्न मुलुकलाई जरुरी महामारीको प्रतिरोध गर्ने नमुना सिर्जना गरेको छ ।
यस सम्झनासँग चिनियाँहरूको एकताबद्ध शक्ति र गति रहेको छ । बन्द भएपछि उहान संरक्षण युद्ध औपचारिकरूपमा सुरु भएको थियो । चिनियाँ सर्वोच्च उत्कृष्ट चिकित्सा विशेषज्ञहरू, ३४० भन्दा बढी चिकित्सा टोलीहरू,४२ हजार चिकित्सा कर्मचारीहरू, ६३ हजार सार्वजनिक प्रहरी, १ लाख स्वयम्सेवकले उहानमा आ–आफ्ना जिम्मेवारी वहन गरेका थिए । दस दिन र पन्ध्र दिनमा बेग्ला बेग्लैरूपमा निर्माण गरिएका ह्वो शन अस्पताल र लै शन अस्पताल सञ्चालनमा आएका थिए । देशभरिबाट उहानका लागि चिकित्सा सामग्री तथा र दैनिक आवश्यक सामग्री पठाइएको थियो ।
एकताबद्ध भएर संयुक्त प्रयास गर्नु नै जन गणतन्त्र चीनको उत्तम विचारधारा हो । उहानको ७६ दिने बन्दबाट उक्त विचारधारा स्पष्ट तथा गहनरूपमा प्रतिबिम्बित भएको छ । साथै यो चीनद्वारा महामारीलाई पराजित गर्न सक्षम सबैभन्दा बलियो हतियार पनि हो ।
यस सम्झनासँग चीनको बलियो राष्ट्रिय शक्ति रहेको छ । राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रिय महामारीविरुद्ध पुरस्कार समारोहमा जोड दिनुभएअनुसार महामारीविरुद्ध युद्धको विजयबाट फेरि एक पटक नयाँ चीन स्थापना भएयता एकजुट भएको बलियो राष्ट्रिय शक्ति नै महामारीलाई पराजित गर्ने शक्तिशाली आधार हो । चीनले क्रमशः सामाजिक उत्पादन शक्तिको विकास गर्दै एक पूर्ण औद्योगिक प्रणाली स्थापना गरेको छ । लगातार बढ्दै गएको मिलिजुली राष्ट्रिय शक्तिले अर्थतन्त्र सुस्त भएको अवस्थामा पनि सामान्य सामाजिक परिपाटीलाई कायम राखेको छ । अर्थतन्त्र पुनःउत्थान भएपछि चीनको अर्थतन्त्रमा विशाल प्रवद्र्धन शक्ति देखिन्छ । यो चीनको लागि गर्वको कुरा हो ।
एक वर्षपछि उहान फेरि उठेको छ । वर्तमान संसारमा महामारी निरन्तर फैलिँदै छ । चीनले विश्व महामारीविरुद्ध अझ बढी २९ पाइला चाल्नेछ ।
(सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *