तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २२ माघ । नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा नेमकिपा वडा नं. ३ समन्वय समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे बुधबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन, नेपाल–भारत सम्बन्ध र भारत, रूसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन आदि दस्तावेजको आधारमा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल मजदुर किसान पार्टी स्थापना गर्नुभएको बताउनुभयो ।
सचिव सुवालले नेमकिपा स्थापना नभएको भए देश र जनताको विषय उठाउने पार्टी नै नहुने अवस्था देखिएको चर्चा गर्दै भन्नुभयो, “सरकारमा गएका पार्टीहरूले देश र जनताको हितमा काम गर्न सकेनन् । कामदार वर्गको हितमा नेमकिपा सङ्घर्षरत छ ।”
पार्टी सदस्य र समर्थकहरूले पार्टी प्रकाशन अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा भनस अध्यक्ष नारायणबहादुर दुवालले कार्यकर्ताहरूले पार्टी विस्तारको लागि जिल्ला–जिल्लामा गई काम गर्न तयार हुनुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष राजकृष्ण गोराको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामसुन्दर खाताखो, रामहरि गोरा, शिवराम धुख्वा, शिवसुन्दर धुख्वा, मनिस गोरा र सुनिता अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply