भर्खरै :

जनताका लागि र जनताको भरमा – चिनियाँ कम्युनिस्ट पार्टीको शताब्दी लक्ष्य

चिनियाँ कम्युनिस्ट केन्द्रीय समिति मातहत अनुशासन निरीक्षण समिति र चाइना मिडिया ग्रुपले जनवरी २१ मा बनाएको विशेष कार्यक्रम ‘कार्य शैली सच्याएर भ्रष्टाचारको प्रतिरोध’ प्रकाशित हुनथालेको छ । पहिलो भागमा यस्तो विषय छ ः
छिङहाई–तिब्बत पठारभूमि चीनको महत्वपूर्ण वातावरणीय सुरक्षा अवरोध हो । छिङहाई प्रान्त ‘चिनियाँ जलस्रोत’ पनि मानिएको छ । त्यहाँ मुलि नामक क्षेत्रमा उच्च गुणस्तरीय कोइला स्रोत छ । सन् २०१४ देखि केन्द्रीय समितिले मुली खानी क्षेत्रमा विनाशकारी उत्खनन् रोक्न र वातावरणीय पुनः स्थापना तथा शासनबारे धेरै महत्वपूर्ण निर्देशन दिएको छ । तर केही कम्पनीले अझै पनि पर्यावरणीय पुनःस्थापनाको नाममा अवैधरूपमा कोइला उत्खनन गरेको छ । स्थानीय वातावरणमाथि क्षति पु¥याउनुका साथै पशुपालकको उत्पादन तथा जीवनलाई पनि असर पारेको छ ।
पार्टी केन्द्रीय समितिको अनुरोधमा केन्द्रीय समितिको मातहत अनुशासन निरीक्षण समिति, केन्द्रीय राजनीति तथा कानुन आयोग, जनसुरक्षा मन्त्रालय, प्राकृतिक संसाधन मन्त्रालय, पर्यावरण अनुसन्धान मन्त्रालय, बजार पर्यवेक्षण व्युरो, राष्ट्रिय वन घाँस व्युरो आदि विभागले संयुक्तरूपमा सम्बन्धित मामिलाबारे छानबिन गर्नथालेका छन् । छानबिन मण्डलले ३९०० भन्दा बढी दस्तावेजको समीक्षा गर्नुका साथै २६ विभागको भ्रमण गरेर छिङहाई प्रान्तका केही नेताले राजनीतिक हित र अनुचित आर्थिक फाइदाका लागि सम्बन्धित उद्यमलाई आश्रय दिएको तथ्य फेला पारेका छन् ।
मातहत अनुशासन निरीक्षण समितिले पार्टी केन्द्रीय समितिको अनुरोध कार्यान्वयन गरेर सम्बन्धित अधिकारी र व्यापारीलाई गम्भीरतापूर्वक जवाफदेही बनाएको छ । छिङहाई प्रान्तले ‘पर्यावरणीय बृहत् उपचार योजना’ र अनेकन कदम पनि जारी गरेको छ । राम्रो वातावरण सबैभन्दा निष्पक्ष सार्वजनिक उत्पादन हो र सबैभन्दा सार्वजनिक चाहिँ जनजीवनको फाइदा हो । मुली खानी क्षेत्रको पर्यावरणीय पुनःस्थापना र संरक्षण राम्ररी गरिएर स्थानीय पशुपालकको जीवनमा वातावरणीय परिवर्तन महसुस गराउनु खुसीको कुरा हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ महाधिवेशनदेखि सी चिनफिङलाई केन्द्रित गरिएको केन्द्रीय समितिले जनताकेन्द्रित विकास अवधारणाको पालना गरेर अभिनव, समावेशी, हरित, खुला र बाँडफाँट विकासको अवधारणा स्थापित गरेको छ र अर्थतन्त्र, राजनीति, संस्कृति, समाज र सभ्यताको चौतर्फी निर्माणका लागि प्रयास गरेको छ । यसको केन्द्र जनतामा लाभ, खुसी र सुरक्षाको ठोस प्रत्याभूति दिनु हो ।
महासचिव सी चिनफिङले औँल्याउनुभयो, “चिनियाँ कम्युनिस्ट पार्टीको मूल जनता हुन् र त्यो जनताबाटै आएको हो । प्रारम्भिक उद्देश्य र मिसन सम्पूर्णरूपमा जनताको सेवा गर्नु हो ।”
भ्रष्टाचार निवारण र राजनीतिक पर्यवेक्षणलाई सुदृढ बनाउने, औपचारिकता र नोकरशाहीलाई बदल्ने, जनताकेन्द्रित विकास विचारधाराको पालना गर्ने र जनतालाई निष्पक्षता र न्याय दिने चिनियाँ कम्युनिस्ट पार्टीले जैविक जीवन शक्तिलाई कायम राख्ने महत्वपूर्ण कारण हो ।
चीनमा १ अर्ब ४० करोड सामान्य सर्वसाधारण जनता छन् । हरेकको सपना र चाहना चीनलाई अगाडि बढाउने प्रेरणा शक्ति हो । जनता चिनियाँ कम्युनिस्ट पार्टीको शासनको सबैभन्दा ठूलो भरोसा हुन् । जनताको सपना र सुखमय जीवनको रक्षा गर्नु शताब्दी पुरानो चिनियाँ कम्युनिस्ट पार्टीको विश्वास र आदर्श हो । जनताका लागि र जनताको भरोसा गर्नु भनेको शताब्दी पुरानो पार्टीको दीर्घायु तथा समृद्धिको भावनात्मक कोड हो ।
विगत एक सय वर्षमा चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताले धेरै कठिनाइको सामना गरेर धेरै चमत्कारको सिर्जना गरेका छन् । भविष्यमा चिनियाँ कम्युनिस्ट पार्टीले अझै पनि जनतासँगै अझ उज्यालो ऐतिहासिक अध्यायको सिर्जना गर्नेछ ।
(सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *