भर्खरै :

अन्तद्र्वन्द्वमा जेलिएको भाजपाको भारत सरकार

भारतलाई २ सय वर्षसम्म पद–दलित गर्ने शक्ति बेलायती साम्राज्यवाद र उपनिवेशवाद हो भने भारतीय स्वतन्त्रतापछि भारतका सरकारहरूलाई भित्री वा बाहिरी चङ्गुलमा फसाउने साम्राज्यवादी शक्ति संरा अमेरिका नै हो ।
भारतीय जनतालाई हिन्दू र मुसलमान भनी धार्मिक लडाइँ गराउने र १५ लाख भारतीय जनता मर्ने गरी हिन्दुस्तान र पाकिस्तानको विभाजन गराउने शक्तिहरू पनि बेलायती र अमेरिकी साम्रँज्यवाद नै हुन् । दक्षिण भियतनाम र उत्तर भियतनाम, थाइवान र मुख्य भूमि चीनको झगडा लगाउने, उत्तर र दक्षिण कोरियाको झगडा लगाउने शक्ति, बेलायती र अमेरिकी साम्रँज्यवादी हुन् । अरब देशहरूलाई सिया र सुन्नी, इरान र इराक, सिरियाली सरकार र विद्रोही साथै अन्य देशहरूलाई आपसमा र भित्री जनतामा मारकाट चलाउन दिने शक्ति पनि बेलायती र अमेरिकी साम्रँज्यवाद नै हुन् ।
त्यस्तै अफ्रिकी र ल्याटिन अमेरिकी जनतालाई आपसमा जातीय, भाषिक वा धार्मिक लडाइँमा पश्चिमेली साम्रँज्यवादी शक्तिहरू नै जिम्मेवार छन् । भारतको गोवा, डामन, ड्यू र पांडीचेरीलाई उपनिवेश बनाउनेहरू पनि पश्चिमी साम्राज्यवादीहरू नै थिए । त्यस्तै बेलायती र अमेरिकी साम्राज्यवादजस्तै अन्य १२ वटा उपनिवेशवादी देशहरूले चीनलाई पनि चोक्टाचोक्टा गरी अर्ध–उपनिवेश बनाएका छन् । त्यसो त साङ्घाई क्ष्ँेत्रसमेत चारवटा भागमा साम्रँज्यवादी शक्तिहरूले उपनिवेश बनाएका थिए । दलाई लामालाई पनि बेलायती र अमेरिकी साम्राज्यवादी षड्यन्त्रले नै भारतमा प्रवास – सरकार बनाउन दिई झगडाको बीउ सल्काएको हो । यस अर्थमा स्वतन्त्र भारत र भारतीय जनताको मुख्य शत्रु बेलायती साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद हो ।
तर आश्चर्य छ, एसियाली देशहरू र जनतालाई आपसमा भिडाउने ती साम्राज्यवादीहरूले म्याकमोहन लाइन भनी चीन र भारतजस्ता विशाल देश र दुई ठूला सभ्यताका देशका जनतालाई भिडाए । आपसमा एसियाली देशहरू वार्ताद्वारा समस्याको एक–एक पाइला गरी समाधान नगरी सहयोगको नाममा भारत सरकारलाई साम्राज्यवादीहरू हात–हतियार (क्षेप्यास्त्र, बमवर्षक विमान र टैङ्क आदि) बेचेर आगोमा घ्यू थप्दै छन् । यस अर्थमा भारतीय र चिनियाँ जनताको मुख्य शत्रु बेलायती–अमेरिकी साम्रँज्यवादी गठबन्धन हो । यो एक विडम्बना हो– आफ्ना शत्रुहरूको धाप पाएर भाजपा सरकार तथाकथित ‘गलवान’ इलाकालाई लडाइँको मोर्चा बनाउँदै छ ।
अर्को विडम्बना, बेलायत एवं अमेरिकाको शत्रु दोस्रो विश्वयुद्धमा मुसोलिनी (इटाली), हिटलर(जर्मनी) र सैन्यवादी जापानी गठबन्धन थियो । आज मोदीको भारत सरकारको मित्र ट्रम्प, बोल्सोनारो, मुसोलिनी, हिटलर र तोजो बन्यो ।
तर, कसैले भन्लान्– भाजपाले पश्चिम बङ्गाल निर्वाचनका विजय पाउनमात्र सुभाषचन्द्र बोस र रवीन्द्रनाथ ठाकुरको शान्ति निकेतनमा कलकत्ता गई ‘जय राम’ को नारा लगाएको हो ।
एक पटकको निर्वाचनमा विजय पाउन फासीवादीहरूसँग गला मिलाएर वा जातिवादी, धार्मिक कट्टरता र मानवताको विरोधमा बर्बरताको समर्थन गर्नु अवसरवाद र हत्यारालाई थप हतियार
प्रदान गर्नु हो । पश्चिमी देशहरूले हिटलरलाई समाजवादी रुसमाथि हमला गराउन सुरुमा सहयोग गरेजस्तै आज एक छिमेकी र एक समाजवादी देश चीनमाथि हमला गराउन हात–हतियारको सहयोगको नाममा विश्वमा पुनः उपनिवेशवादी शासनहरू स्थापना गर्न पश्चिमी साम्रँज्यवादीहरूले भारतलाई ‘भाडाको सिपाही’ बनाउँदै छन् ।
सुभाषचन्द्र बोसले बेलायती उपनिवेशबाट भारतलाई मुक्त गर्न सशस्त्र सङ्घर्ष गरेका थिए, रवीन्द्रनाथ ठाकुर पनि भारतीय स्वतन्त्रताका पक्षपाती थिए । तर, भाजपाको मोदी सरकार बेलायती र अमेरिकी साम्राज्यवादी गठबन्धनको इसाराअनुसार बिम्स्टेक, एमसीसी र म्याकमाहोन लाइनलाई गीता मानेर आफ्नै एसियाली छिमेकी र मित्र देशहरूमाथि लडाइँ थोपर्न चाहँदै छन् । गल्ती सबैको हुन्छ, गल्ती थाहा पाएपछि सम्हालिनु बुद्धिमानी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *