भर्खरै :

संगम ब्याडमिन्टन प्रतियोगिता जारी

भक्तपुर, २२ माघ । संगम युवा खेलकुद समूहद्वारा आयोजित खुला पुरुष जोडी नगरव्यापी ब्याडमिन्टन प्रतियोगिता माघ २२ गते पनि जारी रह्यो । क्वाटर फाइनलको पहिलो खेलमा राजेश खाइतु र श्यामकृष्ण सुवाल (संगम युवा खेलकुद समिति) विरुद्ध कृष्णगोपाल सुवाल र रिसोत सुवाल (एबीसी) लाई २१–१६ र २१–१८ को सेटमा, दोस्रो खेल राजेन्द्र सुवाल र अनिल याकामी (एबीसी) विरुद्ध राजु बासुकला र रविन लघु (ब्यासी ब्याडमिन्टन क्लव) लाई २१–१९ र २१–१७ को सेटमा पराजित भएको थियो । त्यस्तै तेस्रो खेल राजेश घ्यमसु र रुकेश कवार (संगम साकोस) विरुद्ध राधेश्याम ख्याजू र रवि कवां र (संगम युवा खेलकुद समिति) लाई २१–१२ र २१–१२ सेटमा र चौथो खेल श्यामसुन्दर ख्याजू र बद्रीप्रसाद ख्याजु (संगम साकोस) विरुद्ध राजेन्द्र श्रेष्ठ र कवीन्द्र शालिके (एबीसी) लाई २१–१० र २१–१६ को सेटमा पराजित गरी सेमिफाइलमा प्रवेश गरेका छन् ।
आयोजकबाट प्राप्त जानकारीअनुसार माघ २३ गते राजेश खाइतू र श्यामकृष्ण सुवाल (संगम युवा खेकुद समिति) विरुद्ध राजेन्द्र सुवाल र अनिल याकामी (एबीसी), श्यामसुन्दर ख्याजू र बद्रीप्रसाद ख्याजू (संगम साकोस) विरुद्ध राजेश घ्यमसु र रुकेश कवार (संगम साकोस) बीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *