भर्खरै :

बुढाबुढी सम्पूर्ण समाजको कोमलता

केही वर्षअघि लोकप्रिय भएको एउटा अमेरिकी नाटक ‘सेक्स र सिटी’ मा यस्तो विषय छ, एक्लै बस्ने वृद्धाको मृत्यु हुन्छ । केही दिनसम्म पनि कसैलाई थाहा हुँदैन । पछि उनको आफ्नै बिरालाले उनलाई खायो । यो घटनाले मुख्य पात्र सामन्थालाई गम्भीर मनोवैज्ञानिक छाया छोडेको देखिन्छ ।
चीनको पाको पुस्ता सम्बन्धित समस्या बढ्नुका साथै चिनियाँ समाजले त्यसमा अझ बढी नजर पु¥याएको छ । विशेषगरी कामदारको प्रवाहको साथ, खाली गुँडमा सीमित बुढाबुढीहरूको सङ्ख्या बढ्दै आएको छ । जहाँ बुढाबुढी एक्लै वा जीवनसाथीसँगै मात्रै बस्ने मान्छे हुन् । सन् २०५० सम्म चीनमा करिब १० प्रतिशतका खाली गुँड कुरुवा बुढाबुढीहरू हुने अनुमान गरिएको छ ।
हाल शाङहाई सहरबाट सार्वजनिक नयाँ नीतिले धेरै प्रशंसा पायो । शाङहाई सहरीय छाङ निङ जिल्लाको च्याङ सु सडक समुदायले एक्लो बसोबास गर्ने बुढाबुढीका लागि स्मार्ट पानी मिटरको स्थापना गरेको छ । यदि १२ घण्टाभित्र स्मार्ट पानी मिटरबाट ०.०१ घन मिटरको पानीभन्दा कम गणना गरेमा स्वचालितरूपमा चेतावनी जारी हुनेछ । छिमेकी समितिका कर्मचारी तुरून्तै उसको घरमा जाने र यथार्थ स्थिति छिमेकी समितिलाई जानकारी गराउनेछ । यसका साथै च्याङ सु सडक समुदायले एक्लै बस्ने वृद्धहरूको घरमा नयाँ स्मार्ट ढोका सेन्सर पनि स्थापना गर्नेछ । यदि तोकिएको समयमा ढोका नखुलेमा भने पनि चेतावनी जारी हुनेछ । चिनियाँहरूले यो उपाय राष्ट्रव्यापी फैलाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
वास्तवमा, समग्र चिनियाँ समाजले वृद्धवृद्धामा ध्यान र लगानी बढाउँदै छ । विभिन्न क्षेत्रले वृद्धहरूको लागि दीर्घकालीन घर हेरचाह सेवा दिँदा आधारभूत चिकित्सा र दैनिक जीवनको हेरचाह, पुनःस्थापना हेरचाह, मनोवैज्ञानिक परामर्श आदि क्षेत्रबाट बुढाबुढीलाई चौतर्फी सेवा प्रदान गर्दछन् ।
अर्कातिर केही देशहरूले कोभिड–१९ महामारीको सामना गर्दा, सर्वप्रथम वृद्धहरूलाई बेवास्ता गर्दै बलिदान दिनुपर्ने खालको धारणा राखेका थिए । ती बाध्यतामा ‘बलिदान’ गरिएका बुढाबुढीको विचारमा वास्तविक मानव अधिकार के हो त ? पश्चिमी संसारमा प्रसारण गरिएको मानव अधिकारको कपटी मास्क उतारियो । तथाकथित ‘सामूहिक प्रतिरक्षा’ को अर्थ बुढाबुढीलाई बेवास्ता गर्ने षड्यन्त्र भएको प्रस्टिन्छ । जीवनको महत्व कसरी उमेरबाट मूल्याङ्कन गर्नसकिन्छ ?
सभ्यता भनेको के हो ? चिनियाँ पूर्वजले व्याख्या गरेका छन्, “आफ्ना बुढाबुढीलाई माया र सम्मान गरेकोजस्तै अरूका बुढाबुढीलाई पनि माया र सम्मान गर्नुपर्छ । आफ्नो बच्चालाई माया र हेरचाह गरेकोजस्तै अरूको बच्चालाई पनि माया र हेरचाह गर्नुपर्छ ।” चिनियाँहरूको परम्परा ‘बुढाबुढीलाई सम्मान र बालबालिकालाई माया गर्नु हो ।’ वृद्धवृद्धा, महिला, विधवा तथा विधुर र एक्लै मान्छेलगायत कमजोर समूहप्रतिको दृष्टिकोण समाजको सभ्यता मूल्याङ्कन गर्ने मापदण्ड हो ।
– सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *