भर्खरै :

लक्ष्यमा दृढ चीनको कम्युनिस्ट पार्टी

सन् २०२१ चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको एक सय वर्ष हो । “मनमा हजारौंँ वर्ष हुने महान् कार्यमा रहेको र चालू वर्ष पार्टी स्थापनाको एक सय वर्ष हो । जनतालाई प्राथमिकता दिएर स्थायीरूपमा प्रारम्भिक लक्ष्य र आफ्नो जिम्मेवारी सम्झँदै अथक प्रयासमार्फत चीनराष्ट्रको महान् पुनःउत्थान अवश्य नै पूरा गर्नेछौँ ।” नयाँ वर्ष सन् २०२१ को शुभकामना सन्देशमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले एक सय वर्षको इतिहास भएको चिनियाँ कम्युनिस्ट पार्टीका प्रारम्भिक लक्ष्य र कार्यभारबारे गहन व्याख्या गर्नुभयो ।
“जनतालाई प्राथमिकता दिएर सबै काम जनताका लागि गर्नू” चिनियाँ कम्युनिस्ट पार्टीको अपरिवर्तित प्रारम्भिक लक्ष्य हो । सन् २०२० मा आकस्मिकरूपमा देखा परेको कोरोना महामारी विश्वका लागि एउटा ठूलो परीक्षण थियो । महामारीको सामना गर्दा कमरेड सी चिन फिङलाई केन्द्रमा राखिएको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले समष्टिगत परिस्थितिबमोजिम जनताका सुरक्षा र स्वास्थ्यलाई पहिलो स्थानमा राखेर प्रारम्भमै एकिकृत निर्देशन दिएको थियो । चीनले सम्पूर्ण देशमा सबैभन्दा उत्कृष्ट चिकित्सक, सबैभन्दा उन्नत उपकरण र सबैभन्दा बढी आवश्यक सामग्रीलाई महामारीग्रस्त क्षेत्रमा खटाएको थियो । यसका साथै सङ्क्रमितहरूको निःशुल्क उपचार गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले प्रारम्भमै चिनियाँ चिकित्सक टोलीलाई वुहानमा उद्धार गर्न पठाउनुका साथै छोटो समयमा ‘हो शन शान’ र ‘लै शन शान’ अस्पताल निर्माण गरेको थियो । चीनका यस्ता कार्यले विश्वको ध्यानाकर्षण गराएको थियो जसलाई विश्वले चमत्कारका रूपमा पनि लिएको थियो । चीनले तीन महिनामा उहान सहर र हुपै प्रान्तमा देखा परेको महामारीको सफलताका साथ नियन्त्रण गर्नुका साथै समस्त चीनमा महामारीको प्रतिरोधमा महत्वपूर्ण रणनीतिक उपलब्धि हासिल गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले ‘धेरै वृद्ध होस् अथवा निकै भयङ्कर सङ्क्रमित होस्, कहिल्यै पनि उनीहरूलाई परित्याग गर्ने छैनौँ’ भन्ने भनाइ राख्नुभएको थियो ।
महामारी देखा परेयता चीनले उपचार गरेको सबैभन्दा जेठा सङ्क्रमितको उमेर १ सय वर्षभन्दा बढी थियो । सन् २०२० को अन्त्यमा चीनले कोरोना भाइरसको खोप सम्पूर्ण चिनियाँहरूलाई निःशुल्करूपमा लगाउने घोषणा गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले एकताबद्ध भएर महामारीको प्रतिरोध गरी त्यसको फैलावटको सफलताका साथ रोकेको थियो । महामारीको प्रतिरोध राम्रोसँग गर्नुका साथै चीनले आर्थिक र सामाजिक विकास कार्यलाई अघि बढाएर टड्कारो उपलब्धि हासिल गरेको थियो । सन् २०२० मा विश्वमा आर्थिक वृद्धि भएको एउटामात्र मुलुक चीन बनेको थियो ।
चीनमा एउटा पूरानो उखान छ, “जनतासँगै मिलेर साझा हित प्राप्त गर्न खोज्ने व्यक्तिलाई सबैले समर्थन दिन्छन् । जनताको हितविपरीत आफ्नो स्वार्थमात्र खोज्ने व्यक्तिलाई जनताले सधैँ विरोध गर्छन् । विगत एक वर्षमा भएका कुराहरूले चिनियाँ गति, चिनियाँ शक्ति, चिनियाँ अठोट र चिनियाँ कम्युनिस्ट पार्टीका प्रारम्भिक लक्ष्य र कार्यभार अभिव्यक्त गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापना दिनदेखि जनतालाई प्राथमिकतामा राखेर जनताको विश्वास जिती जनतामा भर परेर सर्वसाधारणको सुखद अनुभवलाई निरन्तररूपमा उकास्दै आएको छ । स्थापनाको एक सय वर्षको उपलक्ष्यमा चिनियाँ कम्युनिस्ट पार्टीले निरन्तररूपमा आफ्ना प्रारम्भिक लक्ष्य र कार्यभारको सम्झना गरी १ अर्ब ४० करोड चिनियाँ जनतालाई अझ उज्यालो भविश्यतिर डो¥याउनेछ !
– सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *