भर्खरै :

खुम्चेको फेवाताल र भूमाफियाको घात

लगातार अतिक्रमणको चपेटामा पर्दै आएको पोखराको प्रसिद्ध फेवाताल अझै पनि मिचिन थालेको समाचार चिन्ताजनक छ । पोखराको पर्याय बनेको फेवातालले पोखरालाई जीवन्त बनाउन निकै ठूलो भूमिका खेल्दै आएको छ । त्यसो त कास्की जिल्ला तालै तालको सहर हो । तथापि, पोखराको केन्द्रमै रहेको र सुन्दर माछापुच्छे«को छायाँ प्रतिबिम्बित हुने गरेकोले पनि फेवाताल धेरै देशी र विदेशी पर्यटकको लागि आकर्षण केन्द्र बन्दै आएको छ । खासमा फेवातालले लाखौँ सङ्ख्यामा व्यवसायी, मजदुर, स्थानीय जनतालाई पेट पाल्ने आड दिएको छ । तर, आज त्यही जीवनदाता फेवातालमा भूमाफियाहरूको फेरि गिद्देआँखा परेको छ । बाँध मर्मतको क्रममा तालको पानी सुक्दा त्यही मौका छोपेर भूमाफियाहरूले डोजर प्रयोग गरी तालको जमिन हडप्न खोजिरहेका छन् । संसारमै नेपालको परिचय बनिरहेको फेवातालमाथिको यो अतिक्रमण आफ्नो खुट्टामा आफैले बञ्चरो हान्नु हो । कदाचित फेवाताल यसरी नै खुम्चिँदै गए वा कुनै दिन पोखरामा फेवाताल नभए के होला ? फेवाताल नभएको पोखराको के कल्पना गर्न सकिएला ? तालको पानी सुकेर त्यही जमिनमा ठूल्ठूला भवन र चौडा सडकहरू बने पोखराको मुहार अझ उज्यालो होला वा पोखराको महिमा अन्त्य होला ?

भूमाफियाको लोभी मन, भ्रष्ट कर्मचारीतन्त्र, लुटाहा शासक दलको कारण फेवाताल वास्तविक स्वरुपभन्दा निकै साँघुरो भइसकेको ज्येष्ठ नागरिकहरू भन्छन् । वरपर आकर्षक होटल, रेस्टुराँ र पसल कबलको विस्तारसँगै ताल भने दिनानुदिन साँगुरो बन्दै गएको छ । वरपरका होटलहरूले फोहोर फेवातालमै फाल्ने गर्दा ताल कुरुप र फोहोर बनेको छ । प्राकृतिक सौन्दर्यको खोजीमा हजारौँ हजार माइल परबाट आउने पर्यटकहरूले फेवातालमा कीरा परेको पानी देख्दा के सोच्दा हुन् ? नेपाली भाषामा एउटा उखान छ–जुन थालमा भात खायो, त्यही थालमा थुक्ने । आज फेवाताल मास्ने र फोहोर गर्नेहरू त्यस्तै भएका छन् । उनीहरू आफ्नो पेट पालिरहेको ताललाई नै सिध्याउन खोजिरहेका छन् ।

पुँजीवादी व्यवस्था त्यस्तो पापी व्यवस्था हो जसले नाफाको लागि नैतिकताको कुनै ख्याल नगर्नेमात्र होइन, बरु आफै पनि पासोमा झुन्डिन तयार हुने मूर्खतासम्म गर्दछ । फेवाताल साँघुरो बनाउने भूमाफियाहरूको चाल पनि महँगो जमिन हडप्न आफ्नै परिचय बनेको ताल सिध्याउने कुबुद्धि हो । यो आत्मघाती कदम हो ।
भूमाफियाको लोभी मन, भ्रष्ट कर्मचारीतन्त्र, लुटाहा शासक दलको कारण फेवाताल वास्तविक स्वरुपभन्दा निकै साँघुरो भइसकेको ज्येष्ठ नागरिकहरू भन्छन् । वरपर आकर्षक होटल, रेस्टुराँ र पसल कबलको विस्तारसँगै ताल भने दिनानुदिन साँगुरो बन्दै गएको छ । वरपरका होटलहरूले फोहोर फेवातालमै फाल्ने गर्दा ताल कुरुप र फोहोर बनेको छ । प्राकृतिक सौन्दर्यको खोजीमा हजारौँ हजार माइल परबाट आउने पर्यटकहरूले फेवातालमा कीरा परेको पानी देख्दा के सोच्दा हुन् ? नेपाली भाषामा एउटा उखान छ–जुन थालमा भात खायो, त्यही थालमा थुक्ने । आज फेवाताल मास्ने र फोहोर गर्नेहरू त्यस्तै भएका छन् । उनीहरू आफ्नो पेट पालिरहेको ताललाई नै सिध्याउन खोजिरहेका छन् ।
फेवाताल प्राकृतिक सिमसार क्षेत्र हो । त्यो ताल मानिसको मात्र जीवन आधार होइन । बरु अन्य असङ्ख्य जीवजन्तु, बिरुवा र कीटपटङ्गको पनि घर हो । त्यसकारण मानिसले मात्र त्यसमाथि एकाधिपत्य जमाउने असहिष्णु व्यवहार सभ्यता हुनसक्दैन । विश्व सिमसार दिवस मनाएको साता दिन पनि नसकिँदै यसरी देशको एउटा प्रमुख सिमसार क्षेत्रमा डोजर चलेको दृश्य अपाच्य बनेको छ ।
फेवातालको संरक्षण गर्नु राज्यको दायित्व हो । नेपालकै परिचय बनेको र नेपाली जनताको पेट पालिरहेको यो तालको पर्यावरण रक्षा गर्ने काम सरकारको हो । राज्यले तालको जग्गामाथिको अतिक्रमण कडाइका साथ नियन्त्रण गर्नुपर्छ । अतिक्रमित भूमि फिर्ता गर्नुपर्छ । भ्रष्टाचार गरेर तालको जग्गा निजी नाममा दर्ता गर्ने र घर–टहरा बनाउन नक्सा पास गर्ने कर्मचारी र निकायलाई कारबाही गरिनुपर्छ ।
फेवाताल पोखरावासीको मात्र होइन, बरु सिङ्गो नेपाल र विश्वकै निधि हो । यो निधिको सुरक्षा गर्नु सम्पूर्ण नेपाली र प्रकृतिप्रेमीहरूको दायित्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *