तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काभ्रे, २८ माघ । नेपाल मजदुर किसान पार्टीको ४७ औँ स्थापना दिवसको अवसरमा मण्डन देउपुर काभ्रेमा पार्टी प्रकाशन प्रदर्शनी सम्पन्न भयो ।
देशभर पार्टी प्रकाशन प्रदर्शनी गर्ने नेमकिपाको अभियानअन्तर्गत बुधबार उक्त क्षेत्रमा प्रदर्शनी भएको हो ।
प्रदर्शनीको क्रममा आयोजित कोणसभामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले कम्युनिस्टको खोल ओढेको नेकपाले देश र जनतालाई धोका दिइरहेको स्पष्ट पार्नुभयो ।
नेकपाको आन्तरिक झगडाको कारण काम गर्न नदिएको अवस्थामा संसद् विघटन गरी नयाँ जनादेशमा जाने प्रधानमन्त्रीको कदम औचित्यपूर्ण छ, उहाँले भन्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई नेमकिपाले अगाडि बढाइरहेको स्पष्ट पार्दै उहाँले शासक दलहरू देशघाती सम्झौता गरी विदेशीको दलाली गरिरहेको छ भन्नुभयो । वैकल्पिक केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले नेमकिपा भक्तपुरमा मात्र सीमित नभएको बताउँदै देशको कुनै पनि सङ्कटमा नेमकिपाले निकास दिइरहेको छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा मण्डन देउपुरका नवराज तामाङ, नेक्राविसङ्घका प्रवीण प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply