भर्खरै :

घोषणापत्र लागू गर्ने वाचा पत्र हो

दाहाल–नेपाल पक्षधर नेकपाको बुधबार काठमाडौँमा जनप्रदर्शनसहितको विरोधसभा भयो । विरोधसभामा केन्द्रीय नेताहरूले सम्बोधन गरे । ती नेताहरूले सम्बोधनमा पार्टीको घोषणापअनुसार अघि बढ्ने प्रतिबद्धता जनाए । ओली पक्षधर नेकपाले नेकपाको घोषणापत्र बिर्सेको आरोप दाहाल–नेपाल पक्षधर नेकपाको रह्यो । नेकपाका नेताहरूले यस्ता वाचा निर्वाचनको बेला पनि गरेका थिए । नेकपा झन्डै दुईतिहाइ मतसहित सरकारमा पुग्यो, सरकारको नेतृत्व ग¥यो । सरकारको नेतृत्व गरेपछि नेकपा भागबन्डामा अल्झियो । दाहाल पक्षधर नेताहरूले पनि मन्त्री, राजदूत तथा उच्चपदस्थ पद पाउनुपर्ने दाबी गरे । तर, त्यो दाबीलाई ओलीले मानेनन् । उनी आफ्नै सुरमा लागे । अन्ततः नेकपाका शीर्ष नेताहरूबीच विवाद बढ्यो र विभाजनको स्थितिमा पुग्यो ।
अहिले नेकपा सरकारको नेतृत्वमा रहे पनि एक पक्ष सरकारको समर्थनमा र अर्को पक्ष सरकारको विरोधमा देखियो । दाहाल–नेपाल पक्ष नेकपा अहिले सडक आन्दोलनमा छ, यस पक्षले सरकारको विरोध गर्दै छ । आफूहरू नेकपाको घोषणापत्रबमोजिम अघि बढ्ने विश्वास जनतालाई दिलाउँदै छन् । जनताको विश्वास जित्न समाजवाद पार्टीको लक्ष्य भएको उनीहरू फुक्दै छन् । तर, नेकपाले यथार्थमा पार्टीको घोषणापत्र बिर्सेको छ, माक्र्सवाद–लेनिनवाद छोडेको छ । सडक आन्दोलनमा आएपछि घोषणापत्र र कम्युनिस्टको सिद्धान्त र विचारको कुरा उठाउने नेकपाको चरित्रजस्तै देखिएको छ । दाहाल–नेपाल पक्षले अहिले गरिरहेको राजनीति यही हो ।
पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र पार्टीको घोषणापत्र प्रतिबद्धता छोडेको नेकपाको एक पक्षले अहिले सडक आन्दोलनमा त्यही कुरा दोहो¥याइरहेको छ । सरकारमा रहँदा एक थरी र सडक आन्दोलनमा रहँदा अर्को थरी कुरा गर्ने नेकपाको विशेषताजस्तै भएको छ । नेकपाको सरकारले घोषणापत्रअनुसार पनि काम गर्न सकेन, माक्र्सवाद–लेनिनवादको सिद्धान्त र विचारअनुसार पनि नेकपाले काम गरेन । शक्ति प्रदर्शन गरेर आफ्नै दल ठूलो, आफ्नै दल सही र आफ्नै दल कम्युनिस्ट भन्न पछि नपर्ने नेकपाका विभाजित दुवै समूहले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार राजनीति नगरेको स्पष्ट छ । यो कुरा नेकपाका बुद्धिजीवीहरू नै स्वीकार्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *