लुलाको जीतलाई विश्व नेताहरूले भने “ऐतिहासिक”
- कार्तिक १०, २०८३
पेइचिङ, ११ फेब्रुअरी । चीनको तिआनवेन–१ अन्तरीक्षयान गत बुधबार मङ्गल ग्रहको कक्षमा प्रवेश गर्न सफल भएको छ । पृथ्वीबाट झन्डै सात महिना पहिले मङ्गलग्रहको यात्रामा निस्केको सो अन्तरीक्षयान पेइचिङ समयअनुसार साँझ ७ः५२ मा सो कक्षमा प्रवेश गरेको चिनियाँ राष्ट्रिय अन्तरीक्ष प्राधिकरण (सीएनएसए) ले जनाएको छ ।
३००० एनको इन्जिन जडित सो अन्तरीक्षयान झन्डै पन्ध्र मिनेट कक्ष वरपर घुमेर मङ्गलग्रहको गुरुत्वाकर्षण क्षेत्रभित्र प्रवेश गरेको थियो । मङ्गल ग्रहको सतहभन्दा झन्डै ४०० किलोमिटरमाथि सो अन्तरीक्षयानले परिक्रमा गरेको बताइएको छ । तिआनवेन–१ लाई मङ्गल ग्रहको एक फड्को मार्न पृथ्वीको दस दिन बराबरको समय लाग्नेछ ।
मङ्गलग्रहको कक्ष वरपर घुम्ने, अवतरण गर्ने र यताउता चलायमान हुने लक्ष्यसहित बनाइएको यो योजनाको सफलता चीनको विज्ञान प्रविधिको विकासमा महत्वपूर्ण फड्को मानिएको छ । मङ्गलग्रहको कक्षभित्र प्रवेश गरिसकेपछि त्यसमा जडान गरिएका क्यामरा र अन्य औजारहरूले काम गर्न थाल्ने वैज्ञानिकहरूले बताएका छन् । तिआनवेत–१ लङ मार्च–५ रकेटबाट दक्षिण चीनको टापु प्रान्त हैनानको तटीय क्षेत्रबाट सो अन्तरीक्षयानको प्रक्षेपण गरिएको थियो ।
सो अन्तरीक्ष यान अन्तरीक्षमा २०२ दिन रहने चिनियाँ समाचार संस्थाहरूले जनाएका छन् । मङ्गलग्रहसम्म पुग्न त्यसले ४७ करोड ५० लाख किलोमिटर उडान भरेको छ । पृथ्वीबाट त्यो यान १९ करोड २० लाख किलोमिटर पर रहेको छ ।
उत्तरी चीनको तिआनजिन सहरको उछिङ जिल्लामा ७० मिटर परिधिको एन्टिना भएको रेडियो टेलिस्कोपले मङ्गलग्रहबाट सङ्कलित वैज्ञानिक सूचनाहरूको सङ्कलन गरिरहेको छ । मङ्गलग्रह र पृथ्वीबीचको एकोहोरो संवाद अन्तर १०.७ मिनेट लाग्ने गरेको छ अर्थात् मङ्गल ग्रहको सूचना पृथ्वीमा आउन १०.७ मिनेट समय लाग्ने गरेको छ ।
तिआनवेन–१ ले अब धेरै पटक मङ्गलग्रहको कक्ष बदल्दै मेदेखि जून महिनासम्ममा त्यसको सतहमा अवतरण गर्ने बताइएको छ ।
Leave a Reply