बैङ्ककमा भीषण बाढी, हजारौँ नागरिक विस्थापित
- आश्विन ११, २०८३
समाचार प्रसारणको सबभन्दा आधारभूत सिद्धान्त भनेको वस्तुगत र तथ्यपरक समाचार सङ्कलन हो । तर, बेलायती प्रसारण निगम (बीबीसी) चीनबारे झूटा समाचारको कारखानामा पतन भएको छ ।
बीबीसीको एउटा नारा छ, ‘समाचार नै पहिला ।’ तर, विगत केही समययता चीनबारे समाचार प्रसारण गर्दा उसले झूटा समाचार प्रसारण गरिरहेको देखिन्छ । अतः चिनियाँ सरकारबाट बीसीसीमाथि प्रतिबन्ध लगाउनु उचित छ । बीबीसीमा प्रसारण गरिएका चीनविरोधी समाचारको कारण चीन सरकारले यस्तो कदम चालेको हो ।
चीनबारे सत्यलाई बङ्ग्याउने पछिल्लो क्रममा पूर्वाग्रही बेलायती प्रसारण संस्थाले सिन्जियाङमा उइगुर महिलाहरूमाथि ‘प्रणालीगत’ उत्पीडन हुने गरेको केही भावनात्मक समाचारहरू प्रसारण ग¥यो । त्यस्तै बीबीसीले चिनियाँ उहान सहरमा कथित मानव अधिकार उल्लङ्घनको कुरा एउटा आतङ्कवादविरोधी सैनिक अभ्यासको भिडियोसहित प्रचार ग¥यो ।
बीबीसीमा चीनबारे समाचार बनाउनु उपन्यास लेख्नु वा चलचित्र छायाङ्कन गर्नुजस्तो भएको छ । त्यहाँका कार्यक्रम उत्पादक र स्थलगत पत्रकारहरूको लागि तथ्य के हो भन्नेबारे कुनै चासो छैन । बरु, उनीहरूको दिमागमा पहिले नै बसिबसाउ मत नै समाचारमा पोखिने गरेको छ ।
त्यस्तै पूर्व मान्यता थोपर्न उनीहरूले अन्तर्वार्ता दिने मान्छेलाई नै गलत आशयका प्रश्न सोध्ने गरेका छन् । उत्तरलाई बङ्ग्याउने, श्रव्यदृश्यमा सम्पादन गर्ने वा छायाङ्कन गर्दा फरक तरिका अपनाउने गरिएको हुन्छ । यस्ता कुनै पनि व्यवहारले वास्तविक पत्रकारिताको मापदण्डअनुसार तथ्यमा आधारित समाचार बनाउन सक्दैन ।
बीबीसीले चीनबारे प्रसारण गरेका झूटा समाचारको लागि आफूले माफी माग्ने गरेको छैन । बरु, आफू पक्षपातरहित भएको दाबी गर्न छोड्ने गर्दैन ।
चीनविरुद्ध बीबीसीको हल्लाबाजी केही पश्चिमा देशहरूको दिमागमा गहिरो गरी बसेको आक्रामकता र वैचारिक पक्षपातको प्रस्ट अभिव्यक्तिमात्र हो ।
उनीहरूको आँखामा सत्यको एकाधिकार पश्चिमा विश्वले मात्र समालेको छ । के ठीक र के बेठीक भन्ने कुराको निर्धारण गर्ने जिम्मेवारी उनीहरूको मात्र भएको उनीहरू ठान्छन् । बीबीसीका संवाददातालाई चीनको वास्तविकताबारे थाहा नभएको त होइन । तर, चीनको तथ्यले उनीहरूलाई असहज अनुभव हुने गरेको छ । त्यसकारण उनीहरू ती तथ्यलाई कल्पनाको प्रतिशत मिलाएर कपोलकल्पित बनाउने गर्छ ।
पत्रकारिताको धर्मअनुसार काम गरे । चीनबारे संसार र जनतालाई सही समाचार दिएसम्म चीनले सबै विदेशी सञ्चारमाध्यमलाई स्वागत गर्छन् । बीबीसीमाथि चीनको प्रतिबन्धले चीनबारे मनलागी प्रचार गर्न पश्चिमा सञ्चारमाध्यमहरू स्वतन्त्र हुने र त्यसो गरेबापत कुनै सजाय भोग्न नपर्ने दिन गइसकेको प्रस्ट सङ्केत गर्छ । यदि बीबीसी चिनियाँ बजारमा फर्किन चाहन्छ भने उसले आफूलाई किन चीनले निष्काशन ग¥यो भन्ने विषयमा गम्भीरतापूर्वक आत्मसमीक्षा गर्नुपर्छ । –सिन्ह्वा
Leave a Reply