भर्खरै :

देशभक्ति, योग्यता र सेवा कुनै धर्म र जातको बपौती होइन

आर्थिक प्रगति, अत्याधुनिक हातहतियार परीक्षण र भण्डारण, भौगोलिक र विशाल जनसङ्ख्या भएको देशले समाजको सांस्कृतिक, प्राज्ञिक र सद्भावनायुक्त सन्तुलित विकास गर्न सकेन भने एक बलियो प्राणीको हातमा भएको साङ्घातिक हतियार प्रयोगले अल्पसङ्ख्यक जात–जाति र भाषा–भाषीहरू सदा आतङ्कित जीवन बिताउन बाध्य हुन्छन् । यस परिस्थितिबारे सम्बन्धित राज्य र समाजका शासक वर्ग अनभिज्ञ हुन्छ । हालै भारतको एउटा पत्रकारले सा¥है अशिष्टतापूर्वक एक विश्वविद्यालयका उपकुलपति, राष्ट्रियसभाका उपाध्यक्ष, राजदूत, संरा सङ्घमा भारतीय प्रतिनिधित्व र उपराष्ट्रपतिलाई ‘एक निरङ्कुश शासनको प्रहरीले एक बन्दीलाई गर्ने निर्मम केरकार गरेजस्तै’ सोधपुछ गरे ।
हिन्दू सभ्यता, हिन्दू दर्शन, हिन्दू संस्कृति, हिन्दू धर्मको एकमात्र व्याख्याता र सर्वेसर्वाको रूपमा रहेको भारतीय शासक दल, भारतीय जनता पार्टी
(भाजपा) का एक पत्रकारको व्यवहारले सबैलाई आश्चर्यमा पा¥यो । प्रसङ्ग हो – हालै प्रकाशित हामिद अन्सारीको आत्मकथाबारे एक शासक पत्रकारको अशिष्ट केरकार ¤
हामिद अन्सारीले आत्मकथामा आफ्नो जीवनको हरेक क्षेत्रको अनुभवले हिन्दू बडा राष्ट्र अहङ्कारवादबाट भारतका अन्य राष्ट्रका जनता कति पीडित छन् भन्नेबारे पुस्तकमा सङ्केत गरेको हुनुपर्छ । पत्रकारले आफ्नो कलम बन्दुक नै हो कि भन्ठानेर प्रश्न गरे, “तपार्इँलाई देशले अनेक पदहरूबाट विभूषित ग¥यो, तर तपाईं किन यस्तो पक्षपात र दमनको कुरा गर्नुहुन्छ ?”
उत्तर थियो, “त्यो मेरो अन्तस्करणको आवाज हो । जे देखेँ, जे भोगेँ र ती सब तत्तत् समयको अनुभूति थियो ।”
बारम्बार भाजपाको सरकारले लेखकलाई तिमीहरू अल्पमतमा छाँै, त्यसकारण तिमीले माफी माग्नुपर्छ भन्ने ढिपी र जोरजुलुम एक पत्रकारको मुखबाट भन्न लगाउँछ भन्ने दर्शक अनुभव गर्छन् ।
त्यसो भए के कट्टर हिन्दुवादी भाजपाको बहुमतले जे सोच्छ, जे भन्छ तथा भाजपा सरकारकै निर्णय विशाल भारतका सम्पूर्ण जनता वा सबै राष्ट्रहरूको अभिव्यक्ति र भावना हुन्छ ?
सत्य त्यही हो भने पुँजीवादी प्रजातन्त्र, इटालियाली मुसोलिनी र जर्मनीको हिटलरको नाजीवाद, अमेरिकी राष्ट्रपति ट्रम्पको ‘प्रजातन्त्र’ र ‘मानव अधिकार’ तथा भारतको मोदीको शासन एउटै ठहर हुनेछ ।
के एक नागरिक, संस्था र राजनीतिक दलले कुनै एक शासक वा शासक दल वा सरकारको विरोध गर्न पाउँछ ? निश्चय पाउँछ, पाउनुपर्छ र त्यसैको प्रजातन्त्रको लागि नै लडाइँ हो ।
संसारलाई रूसी अक्टोबर समाजवादी क्रान्तिबारे ‘संसारलाई हल्लाउने दस दिन’ पुस्तकका अमेरिकी लेखक जोन रिडलाई अमेरिकी अदालतमा न्यायाधीशले गरेको एक प्रश्न थियो, “के तिमी अमेरिकी झन्डामुनि लड्दैनौ ?” जोनरिडले जवाफ दिनुभयो, “अहँ ¤ म अन्यायको पक्षमा त्यस झन्डामुनि लड्दिनँ । किनभने रूसको अक्टोबर क्रान्तिले अमेरिकामाथि कुनै आक्रमण गरेको थिएन । आक्रामक अमेरिका हो । यसकारण, त्यो झन्डामुनि म लड्दिनँ ।” अदालतबाट उहाँले सफाइ पाउनुभयो ।
भियतनाममा अमेरिकी आक्रमणको विरोधमा लड्न नचाहने एक काला सिपाहीँले अदालतमा बयान दिए, “भियतनाम युद्ध एक घोषित युद्ध होइन । भियतनामले संरा अमेरिकामाथि आक्रमण गरेको छैन । बरु, अमेरिकी सेनाले अन्यायपूर्ण अघोषित युद्ध गरेको हो, जसको पक्षमा मैले लड्नु पर्दैन ।”
बहादुर अमेरिकी देशभक्त सिपाहीँ सरकारी जेलमा गए । तर, अन्यायी युद्ध लड्न, भियतनामी जनताको हत्या गर्न उनी भियतनाम गएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *