भर्खरै :

अनारका दानाजस्ता जनता

गत जनवरी १३ तारिखको बिहान सबेरै तिब्बती जनताले मित्रता भावका साथ ३०० वटा भँेडाहरू हपै प्रान्तको सदरमुकाम शच्याच्वाङ पठाए ।
कोभिड– १९ महामारी चीनमा फेरि फैलिएको छ । विशेषगरी हपै प्रान्तमा महामारीले अझै गम्भीर रूप लिएको छ । महामारीको सङ्क्रमण मार्ग तुरून्तै विच्छेद गर्न हपै प्रान्तले सबै नागरिकलाई न्युक्लिक एसिड परीक्षण गर्नुका साथै धेरै ठाउँमा बन्द व्यवस्थापन कार्यान्वयन गरेको छ । चीनका अरू प्रान्त र सहरहरूले हपै प्रान्तलाई सहयोग पु¥याएका छन् ।
केही समयदेखि हपै प्रान्तको सदरमुकाम शच्याच्वाङ सहरले तिब्बतको आली क्षेत्रलाई सहयोग गर्दै आएको छ । सो क्रममा दुई क्षेत्रले घनिष्ठ दाजु–भाइको जस्तो भावना बनाएका छन् । कोभिड–१९ महामारीको विरूद्धको लडाइँमा आली क्षेत्रीय सरकारले तुरून्तै ३०० वटा भेडा, १४ टन प्राकृतिक मिनिरल वाटर र ६००० औषधिका बाकस शच्याच्वाङलाई सहयोग प्रदान गरेको छ । संयोगवश, शच्याच्वाङ सहरका दोस्रो जन अस्पतालका चिकित्सकहरूले सिनच्याङ खुरल सहरबाट दान गरिएका नानरोटी पाएका छन् । यसअघि सिच्याङ खुरल सहरले शच्याच्वाङलाई १०,००० बक्सका स्थानीय नासपाती, १०,००० नान र २०० भँेडालगायत ५ टनको सामग्री प्रदान गरेको छ ।
केही वर्षयता शच्याच्वाङ सहरले सहयोग दिएर खुरलको आर्थिक विकास तथा जनजीवनको सुधारमा धेरै फाइदाजनक कार्य गरेकोमा खुरल सहरले आभार व्यक्त गरेको हो ।
तिब्बतको भेँडा र सिच्याङको नान, यी विशिष्ट जातीय विशेषतायुक्त खाद्य पदार्थहरूले शच्याच्वाङका नागरिकहरूलाई भ्रातृत्व र वसन्तको न्यानो पु¥याएका छन् ।
चीन ५६ जनजाति भएको ठूलो परिवार हो । चीनका राष्ट्राध्यक्ष सी चिनफिङ औँल्याउनुभएको छ, “सबै जातीय समूहहरूले एक अर्कालाई बुझ्नुपर्छ, सम्मान गर्नुपर्छ, सहिष्णु हुनुपर्छ, कदर गर्नुपर्दछ, एक अर्काबाट सिक्नुपर्दछ र एक अर्कालाई सहयोग गर्नुपर्दछ । सबैले अनारको दानाझैँ घनिष्ट अँगालो हाल्नुपर्छ ।”
राष्ट्रिय एकता मौखिक कुरामात्र होइन । चीनको ठूलो परिवारमा, सबै जातिहरू एक अर्काप्रति सहिष्णु रहेका दाजु–भाइ हुन्, एक अर्कालाई सहयोग गरेर कठिनाइ हराउने साथी हुन्, आपसका लागि जसका ‘आँखा’ र ‘जीवन’ जत्तिकै महत्वपूर्ण परिवारका सदस्य हुन्, आपसका समर्थन हुन् । चिनियाँहरू एकता भएर एक अर्कालाई घनिष्ट अँगालो हाल्दै ताजा अनारजस्तै मिलेर बस्छन् ।
(सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *