सीको स्वागतमा ट्रम्पको राजकीय रात्रिभोज
- आश्विन ९, २०८३
हाल चीनका विभिन्न क्षेत्रमा चिनियाँ गोरू वर्ष मनाइँदै छ । महामारीको नियन्त्रण गर्न धेरैजसो चिनियाँले सरकारको आग्रहमा तत्स्थानमै बसेर क्लाउड भेलालगायत विभिन्न तरिकामार्फत उस्तै रमाइलोसँग वसन्त चाड मनाइरहेका छन् ।
सबैभन्दा महत्वपूर्ण चाड–पर्वमा पनि यति धेरै मानिसले सरकारको आग्रहमा परिवारसँग भेट गर्न किन गएनन् ? गत वर्षको वसन्त चाडमा सरकारको आग्रहमा एक करोडभन्दा बढी जनसङ्ख्या रहेको उहानले ७६ दिनसम्म बन्दाबन्दी भोगेको थियो । यति धेरै जनताले दत्तचित्त भएर किन सरकारको समर्थन गरे ? वास्तवमा उत्तर सजिलो छ किनकि जनताकेन्द्रित शासन व्यवस्था छ ।
हामी सबैलाई थाहा छ जनताकेन्द्रित भएर सरकारले नीति बनाएकोले यस्तो सम्भव भएको हो । चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनादेखि नै निश्चित धारणा बोकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको चीनले गरिब तथा पिछडिएको मुलुकबाट विश्वको दोस्रो ठूलो आर्थिक क्षमतामा विकास गरेको छ । चीनले गरिबी निवारणको लक्ष्य पूरा गरी लगभग १० करोड गरिबलाई गरिबीबाट मुक्त गरेको छ । चीनले एक महिनाभन्दा बढी समय महामारीको सङ्क्रमण अवस्थालाई स्थिर पारेर नियन्त्रण गरेको छ । महामारी फैलिरहेको अवस्थामा पनि चीनले आर्थिक पुनःरूत्थान गरेको छ । ती विभिन्न कठिनाइ अवस्था हुँदा पनि चिनियाँ कम्युनिस्ट पार्टीले व्यावहारिक कारबाही चलाएर जनताकेन्द्रित शासनको अभ्यास गरिरहेको छ । जनतालाई सुखमय जीवन दिने र चीन राष्ट्रको पुनःरूत्थान गर्ने विश्वासको आधारमा पार्टी र सरकारमाथि जनताको विश्वास भएको हो । विश्वासको आधारमा मात्रै जनताको बलियो समर्थन प्राप्त हुनसक्छ ।
सन् २०२०मा अमेरिकी सार्वजनिक सम्बन्ध कम्पनी एडेलमानले एक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनअनुसार, चीन सरकारप्रति चिनियाँको विश्वास दर ९५ प्रतिशत पुगेको छ भने सर्वेक्षणमा रहेका मुलुकमध्ये पहिलो स्थानमा रहेको छ । विश्वमा ६५ प्रतिशतको औसत स्तरभन्दा चीनको अवस्था धेरै माथि छ ।
जनताकेन्द्रित शासन भएमा जनताबाट व्यापक समर्थन पाइन्छ । यस वर्ष चिनियाँ कम्युनिस्ट पार्टी स्थापना भएको सयौँ वर्ष हो । नयाँ सुरूवातमा १ अर्ब ४० करोड चिनियाँको समर्थन पाएको चिनियाँ कम्युनिस्ट पार्टीले चीनलाई अझ उज्यालो भविष्यतिर डो¥याउने विश्वास छ ।
– सीआरआई
Leave a Reply