सीको स्वागतमा ट्रम्पको राजकीय रात्रिभोज
- आश्विन ९, २०८३
वाले यसपटक एउटा आधारभूत संरचना परिवर्तन गर्न खोज्दै छः दशकौँसम्मको केन्द्रीकृत नीतिपछि क्युवाको वामपन्थी सरकारले आफ्नो अर्थतन्त्रको ठूलो हिस्सा निजी क्षेत्रका लागि खुला गर्न लागेको छ ।
आर्थिक गिरावट र बढ्दो बेरोजगारीको सामना गरिरहेको क्युवाले अघि सारेको आर्थिक उदारीकरण उपायहरूले नयाँ अमेरिकी राष्ट्रपतिलाई दुई देशबीचको सम्बन्धमा परिवर्तन ल्याउन यसले उत्साहित गर्नसक्ने विश्लेषकहरूको भनाइ छ ।
हवाना विश्वविद्यालयका अर्थशास्त्री रिकार्डो टोरेस भन्छन्, “क्युवा मामिलामा डोनाल्ड ट्रम्पका नीतिहरू वर्तमान बाइडेन प्रशासनले उल्ट्याउने तयारी गरिरहेको अवस्थामा क्युवा सरकारले अघि सारेको आर्थिक उदारीकरणको महत्व निकै बढी हुनेछ ।”
६ दशकसम्मको अमेरिकी प्रतिबन्धले क्युवाको अर्थव्यवस्थामा निकै ठूलो असर परेको छ । खासगरी डोनाल्ड ट्रम्पको कार्यकालमा क्युवामाथि लगाइएका कडा प्रतिबन्धले क्युवाको अर्थतन्त्रमा गम्भीर प्रभाव परेको थियो । अझ, कोरोना भाइरसले निम्त्याएको सङ्कट र अर्थतन्त्रको मूल आधार मानिएको पर्यटन क्षेत्रमा आएको व्यापक गिरावटले अर्थ व्यवस्था धरमराएको छ ।
गत महिना, ट्रम्पले क्युवाविरुद्ध लगाएका प्रतिबन्धका कारण क्युवाले झन्डै २० अर्ब डलर नोक्सानी व्यहोर्नु परेको विवरण सार्वजनिक भएको छ । क्युवाको अर्थतन्त्र सन् २०२० मा ११ प्रतिशतले सङ्कुचित भएको थियो भने निर्यात ४० प्रतिशतले घटेको थियो ।
गत साताको अन्त्यमा, क्युवा सरकारले आफ्नो अर्थव्यवस्थामा सुधार ल्याउन र रोजगारी सिर्जना गर्न निजी उद्यमलाई मान्यता दिने घोषणा गरेको छ ।
निजी क्षेत्रका क्रियाकलापको सङ्ख्यालाई १२७ बाट २००० पु¥याइने छ । तर, यसमा १२४ क्षेत्रलाई समेटिएको छैन जसमा प्रेस, स्वास्थ्य र शिक्षा रहेका छन् । यी क्षेत्रलाई सरकारले आफू मातहत राखेको छ ।
आर्थिक सुधारको पछिल्लो घोषणालाई क्युवा सरकारको मूलभूत अवधारणामै परिवर्तनको रूपमा हेरिएको छ । क्युवामा सन् १९६१ देखि नै अर्थतन्त्रको अधिकांश हिस्सा सरकार र यससँग सम्बन्धित कम्पनीको नियन्त्रणमा रहेको छ ।
क्युवाले सन् १९९० को दशकदेखि आफ्नो अर्थतन्त्रलाई बिस्तारै खुला गरेको हो । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनका दिनहरूमा क्युवासँगको सम्बन्ध निकै उन्नत भएको थियो ।
आज, करिब ६ लाख क्युवालीले निजी क्षेत्रमा रोजगारी पाएका छन् । कुल श्रमशक्तिको यो करिब १३ प्रतिशत हिस्सा हो ।
अधिकांशले होटल, रेस्टुराँ, यातायात र पर्यटन क्षेत्रमा रोजगारी पाएका छन् । लाखौँ मानिस सरकारी रोजगारीमा छन् तर यथार्थ विवरण सार्वजनिक भएको छैन ।
पूर्वराष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले क्युवाका नीतिहरूलाई परिवर्तन गर्नुभएको थियो । ट्रम्पले अमेरिकी क्रुज जहाजहरूलाई क्युवाको जलक्षेत्रमा जान प्रतिबन्ध लगाउने, धेरैवटा क्युवाली कम्पनी र धनाढ्यलाई कालोसूचीमा राख्ने, क्युवामा व्यवसाय गर्ने विदेशी कम्पनीमाथि कारबाही गर्ने तथा विदेशमा रोजगारी गरेर कमाएको पैसा क्युवा पठाउन कठिनाइ उत्पन्न गर्नेसम्मका प्रतिबन्धहरू लगाउनुभएको थियो ।
नयाँ अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्बन्ध सामान्यीकरण गर्ने उद्देश्यले ओबामाका केही नीतिहरूलाई पुनः सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, बाइडेनले पूर्वसर्तका रुपमा क्युवामा मानव अधिकारको स्थितिको समीक्षा गरिने भन्न भने छोडेनन् ।
संयुक्त राज्य अमेरिकाका कतिपय व्यक्तिले क्युवा नीतिमा आएको परिवर्तनलाई स्वागत गरेका छन् । कृषि, निर्माण र सूचना प्रविधिजस्ता क्षेत्रमा रहेर तलब आर्जन गर्ने व्यक्तिहरूले अमेरिकी निर्णय स्वागतयोग्य रहेको बताएका छन् ।
अमेरिकी सिनेटर प्याट्रिक लेहीले ट्वीट गर्दै भने, “सम्बन्ध सुधारमा ढिलाइ भइसकेको थियो, अहिले आएको समाचार स्वागतयोग्य छ । संयुक्त राज्य अमेरिकाले क्युवाका निजी उद्यमलाई दण्डित गर्ने गरी प्रतिबन्धहरू लगाउनु जायज होइन ।”
क्युवाका कतिपय नेताहरूका लागि क्युवामा गर्न लागिएको निजीकरणले तनाबमा पार्ने देखिएको छ । क्युवाका अर्थशास्त्री ओमार एभरलेनी पेरेजले ‘निजी’ शब्दको वामपन्थी शक्तिहरू नै राज्यशक्तिमा रहिरहने मनसायबाट प्रेरित रहनसक्ने बताए ।
सन् १९८० को दशकमा भियतनामले खुला अर्थतन्त्रको नारा अघि सारे पनि कम्युनिस्ट पार्टीको नियन्त्रण कायम राखिएको उनले भने, “अहिले त्यो मार्गमा पुग्न धेरै बाँकी छ, तर धेरै क्युवाली नेताको दिमागमा त्यही कुरा खेलेको भान हुन्छ ।”
कम्युनिस्ट पार्टी सत्तामा रहेका मुलुकका अनुभवबाट पनि क्युवाली नेताहरूले सिक्न सक्नेछन्, “यदि तपार्इँ रोजगारी सिर्जना गर्न चाहनु हुन्छ भने तपार्इँसँग निजी क्षेत्रलाई हुर्कने मौका दिनुको विकल्प नै छैन ।”
अमेरिका–क्युवा व्यापार तथा आर्थिक परिषद्का अध्यक्ष जोन काभुलिच क्युवा सरकारले बाइडेन प्रशासनलाई आर्थिक पुनर्संरचनाका लागि आफूहरू गम्भीर रहेकोमा आश्वस्त बनाउनुपर्नेमा जोड दिए ।
Leave a Reply