सीको स्वागतमा ट्रम्पको राजकीय रात्रिभोज
- आश्विन ९, २०८३
संरा अमेरिकी माथिल्लो सदन सिनेटले शनिबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग उन्मुक्ति दिएको छ । गत जनवरी ६ मा संरा अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित संसद् भवनमा ट्रम्पको आह्वानमा उनका समर्थकहरूले उपद्रव मच्चाएपछि उनीविरुद्ध लागेको महाभियोगमाथि शनिबार दोस्रो पटक मतदान भएको थियो । द्रुत प्रक्रियामा भएको सो महाभियोगमाथिको छलफल र मतदान जम्मा पाँच दिन चलेको थियो । संरा अमेरिकी इतिहासमा त्यो नै सबभन्दा छोटो महाभियोगसम्बन्धी प्रक्रिया हो ।
५० जना डेमोक्रेटहरूसँगै सात जना रिपब्लिकन सिनेटरहरूले संसद् भवनमाथि हमलाको निम्ति ट्रम्प दोषी भएको भन्दै लगाइएको महाभियोगको पक्षमा मतदान गरेका थिए । तथापि, महाभियोग प्रस्ताव पारित गर्न आवश्यक दुई तिहाई मत भने पुग्न सकेको थिएन । संसद् भवनमाथिको हमलामा परी पाँच जना मानिस मारिएका थिए ।
महाभियोग प्रस्तावमाथि भएको मतदानको पक्षमा ५७ र विपक्षमा ४७ मत परेको थियो । संरा अमेरिकी इतिहासमा महाभियोग प्रस्तावको विषयमा कडा प्रतिस्पर्धा भएको यो विरल चुनाव मानिएको छ । मतपरिणामले ट्रम्प शासनकालपछि रिपब्लिकन दलबीच अर्को ठूलो विभाजन देखापरेको छ ।
जनवरीमा हमलाकारीहरूले संसद बैठकको माथिल्लो चेम्बरमा हमला गरिएपछि सो कोठामा ताला लगाइएको हुनाले सिनेटरहरूलाई आ–आफ्ना डेक्सबाट नै मतदान गराइएको थियो ।
त्यस्तो बन्दोबस्तले महाभियोग प्रस्तावमाथिको छलफलमा गम्भीरताको अभाव महसुस गरिएको थियो । यद्यपि, अधिकांश सिनेटरहरूले प्रस्तावमाथिको छलफल आरम्भ हुनुअघि नै ट्रम्पको पक्ष वा विपक्षमा मतदान गर्ने कुराको निधो गरिसकेका थिए ।
सिनेटमा बहुमत पक्षका नेता चक स्कुमरले ट्रम्प उम्केकोमा दुःख पोखे । उनले सिनेटको मत परिणाम ‘अमेरिकाविहीनता’ र संरा अमेरिकालाई माया गर्ने जनताप्रति ‘अपमानपूर्ण’ भएको बताए ।
“पूर्वराष्ट्रपतिले हिंसात्मकरूपमा शान्तिपूर्ण शक्ति हस्तान्तरण रोक्न भीडलाई प्रोत्साहित गरे, निर्देशित गरे र उक्साए । जनताको भावनाको अपमान गरे । शक्तिमा रहेको राष्ट्रपतिले अधिकारको दुरुपयोग गरे”, मतदान पछि स्कुमरले भने ।
“यो अरू केही होइन । खाली अमेरिकाविहीनता हो । हाम्रो प्रजातन्त्रमाथि योभन्दा ठूलो अनैतिकता अरू केही हुनसक्दैन । हाम्रो शैलीको सरकारको रक्षाको लागि जीवन उत्सर्ग गर्ने अमेरिकी देशभक्तहरूको पुस्ताको अपमान हो”, उनले भने ।
दोस्रो पटक पनि महाभियोगबाट जोगिएपछि ट्रम्पले प्रतिक्रिया दिँदै आफ्नो राजनीतिक आन्दोलन बल्ल सुरु भएको बताए ।
“अमेरिकालाई फेरि महान बनाउने हाम्रो ऐतिहासिक, देशभक्तिपूर्ण र सुन्दर आन्दोलन बल्ल सुरु भएको छ । केही महिनाअघि तपार्इँहरूसँग भन्नको लागि मसँग धेरै कुरा थिए । हाम्रा सबै जनताको लागि अमेरिकी महानता हासिल गर्न हामीले एउटा अभूतपूर्व यात्रा अघि बढाउन खोजिरहेका छौँ”, ट्रम्पले आफ्नो वक्तव्यमा भने ।
सिनेटमा रिपब्लिकन नेता मिच मेकोनलले ट्रम्पलाई उन्मुक्ति दिने पक्षमा मत दिए । तर, उनले संसद् भवनमा हमला गर्न उक्साउने ट्रम्पको कदमप्रति उनले असहमति पोखे ।
मतदान पछि सिनेटमा बोल्दै मेककोनलले ‘पृथ्वीका सबभन्दा शक्तिशाली व्यक्तिले बोलेको झूटबाट उपद्र्याहाहरू दिग्भ्रमित भएको’ भने । उनले पृथ्वीकै सबभन्दा शक्तिशाली ती मानिस आफू चुनाव हारेकोले ज्यादै रिसाएको पनि भने । उनले उपद्रवअघि ट्रम्पको व्यवहार आफ्नो दायित्वबाट निर्लज्जतापूर्ण च्युत भएको बताए ।
“त्यो दिनको घटनाको लागि ट्रम्प नैतिक र व्यवहारिकरूपमा दोषी छन्”, सिनेटमा रिपब्लिकन नेताले भने,“यो भवनमा हुरिएर आएका मानिसहरूले उनीहरू आफ्ना राष्ट्रपतिको चाहना र निर्देशनमा त्यस्तो हमला गरिरहेको सोचेका थिए ।”
यद्यपि, मेककोनलले ट्रम्प राष्ट्रपति पदबाट हटिसकेपछि उनीविरुद्ध महाभियोग लगाउनु भने सही तरिका नभएको बताए ।
“महाभियोग अमेरिकी न्यायको अन्तिम मञ्च कहिले पनि थिएन”, ट्रम्प आफुले गरेका सबै कामको लागि जिम्मेवार भएको भन्दै उनले भने ।
Leave a Reply