कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
राजनीतिक कार्यकर्तामा राजनीतिशास्त्रको मात्र ज्ञान भएर पर्याप्त हुँदैन अर्थशास्त्रको ज्ञान पनि हुनुपर्छ । अझ उपयुक्त एवम् योग्य राजनीतिक कार्यकर्ता हुन त समाजशास्त्रको समेत ज्ञान हुनु अपरिहार्य हुन्छ । तर, हाम्रो नेपालमा प्रायः राजनीतिक पार्टी सभा समारोहमा आउनेहरूका टाउको गनेर पार्टी बलियो या कमजोर, ठूलो वा सानो भनी निर्णय गर्ने गरिन्छ । ती गणना गरिएका टाउका भरे कता लाग्छन् थाहा हुँदैन ? हालै काठमाडौँमा नेकपा सरकारी र नेकपा गैरसरकारीले शक्ति परीक्षण गरे । कसले, कुन पार्टीले धेरै टाउका सहभागी गरायो ? भन्ने हिसाब भयो । परिणाम के पनि निस्क्यो भने दुवै भेलामा एउटै टाउका पनि आएका रहेछन् । हिउँद छ, किसानहरू प्रायः फुर्सदिला पनि छन् । देशको राजधानी पनि देखिने, पशुपतिको दर्शन पनि हुने, जान आउन निःशुल्कमा बिनापैसा बस यात्रा हुने, खाजासमेत साँझ बिहानको खाना निःशुल्क पाइने र धेरथोर पाकेट खर्च पनि पाइने मौका कममात्र आउँछ भन्ने हिसाब गरेछन् र एउटै टाउको दुइटै सभामा रे ¤ यस्तै आधारमा राजनीतिक पार्टी बन्ने र विघटन हुने गरेको कारण नेपाल राजनीतिकरूपमा कहिल्यै बलियो भएन, स्थिर भएन र भएन भरपर्दो पनि । तसर्थ राजनीतिक पार्टीहरू टाउको गन्तीको राजनीतिबाट राजनीतिशास्त्र, अर्थशास्त्र, समाजशास्त्र, इतिहास, भूगोल र पहिले भएका राजनीतिक घटना–परिघटनाका विषयमा आफ्ना कार्यकर्ताहरूलाई बुझ्ने र बुझाउन सक्ने योग्य बनाउने दिशातर्फ गम्भीर भएर लाग्नुपर्छ ।
नेपालको विसङ्गतिको मूल जरो भनेको राजनीतिशास्त्र, नीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्रजस्ता शास्त्र नपढेका राजनीतिक मान्छे तलबाट निर्वाचित भएर सांसद हुन्छन् । केही त ती शास्त्र पढेका मान्छे पनि सांसदमा निर्वाचित हुन्छन् तर त्यो ठाउँमा पुगेपछि सांसदको तजबीजमा करोडौँ रूपैयाँ खर्च गर्न पाउने प्रस्तावमा हस्ताक्षर गर्छन्, सरकारलाई धम्काउँछन् जबकि सांसदलाई त्यस्ता पैसामा अल्झाउन नपर्ने हो । पढेलेखेका सांसद पनि थुप्रै छन् । तर, उनीहरू पनि कम पढेका वा नपढेका सांसदको पछि लाग्छन् । पढालेखाहरूले नेतृत्व गर्नुपर्ने राजनीति पैसा हुनेहरूले नेतृत्व गरेका छन् ।
विचार र सिद्धान्त मूल तत्व
एकछिनको झिलिमिली, स्वादिलो नारा, उत्तेजक अभिव्यक्तिको भरमा कुनै पनि दल वा पार्टी ठूलो हुँदैन । यो गुह्य कुरो वस्तुतः सबै राजनीतिक पार्टीका शीर्ष नेतृत्वलाई थाहा हुनुपर्छ । यस्तो ध्रुवसत्य कुरो पनि थाहा नहुनेहरू पार्टीको नेतृत्व तहमा कसरी पुग्लान् भन्ने लाग्छ । बालुवाटारको ललित निवासको जग्गा आफ्नो वा आफ्नाको हातमा पार्ने तरिका जानेहरू पार्टीलाई बलशाली एवं शक्तिशाली बनाउन टाउको गणना गर्ने राजनीतिबाट गन्तव्यमा पुगिँदैन भन्ने सूत्र थाहा पाएका नहोलान् र ? राजनीतिक विचार, सिद्धान्त कामदार जनताको पक्षमा प्रयोग हुनुपर्छ । आजका कतिपय पार्टीका नेता एवं नेतृत्व कसरी सरकारमा जाने, कसरी सांसद हुने, कमाउनेजस्ता कमाउ राजनीतिबाट बाहिर आउन नै चाहँदैनन् र सक्दैनन् । यस्ताखाले राजनीति गर्नेहरूले राजनीतिक कार्यकर्तासमेत कामदार जनतालाई सङ्गठित गर्न राजनीतिक विचार र सिद्धान्त नै आधार हुनुपर्छ । अन्यथा नाम भने कम्युनिस्ट वा वामपन्थी राख्ने काम भने अकम्युनिस्ट र दक्षिणपन्थी राजनीतिक भाइरसले आक्रमण गर्नेछ । राजनीतिक भाइरसविरूद्धको सुइ वा खोप भनेको विचार र सिद्धान्त हो । हाम्रा देशका पार्टीहरू विचार र सिद्धान्तमा कमजोर हुनुको परिणाम आजको भद्रगोल हो । पैसो छ, खर्च हुँदैन । पैसो छैन काम भएन बुझ्न सकिन्छ । तर, भएर पनि खर्च गर्नसक्दैन, काम हुँदैन यो बुझ्न सकिँदैन । राज्यले बजेट नै घटायो खर्च गर्न नसकेर । यो लज्जाको कुरा होइन ?
राजनीतिलाई हलुको रूपमा नलिऊँ
नेपालको विसङ्गतिको मूल जरो भनेको राजनीतिशास्त्र, नीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्रजस्ता शास्त्र नपढेका राजनीतिक मान्छे तलबाट निर्वाचित भएर सांसद हुन्छन् । केही त ती शास्त्र पढेका मान्छे पनि सांसदमा निर्वाचित हुन्छन् तर त्यो ठाउँमा पुगेपछि सांसदको तजबीजमा करोडौँ रूपैयाँ खर्च गर्न पाउने प्रस्तावमा हस्ताक्षर गर्छन्, सरकारलाई धम्काउँछन् जबकि सांसदलाई त्यस्ता पैसामा अल्झाउन नपर्ने हो । पढेलेखेका सांसद पनि थुप्रै छन् । तर, उनीहरू पनि कम पढेका वा नपढेका सांसदको पछि लाग्छन् । पढालेखाहरूले नेतृत्व गर्नुपर्ने राजनीति पैसा हुनेहरूले नेतृत्व गरेका छन् । अझ फौजदारी मुद्दाका तारेख बोकेकाहरूसमेत सांसद छन् । फौजदारी मुद्दाका प्रतिवादीहरू त सांसद वा जनप्रतिनिधि हुन अयोग्य करार हुनुपर्नेमा त्यो भएको छैन । योजस्तो नकाम काम भारतको संसद्मा त झन् धेरै छ । त्यहाँ त ५३ प्रतिशत लगभग सांसद फौजदारी मुद्दाको तारेखमा छन् । तारेख लिन अदालत धाउँछन् । भारत सरकार कैयाँै अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिको सिफारिस नै गर्दैन । न्यायाधीश नियुक्तिको सिफारिस समयमा नगर्नु पनि एउटा गम्भीर अपराध भएन र ? राजनीति लोसे भएपछि राज्य नै लोसे हुन्छ । आजको एक्काइसौँ शताब्दीको युगमा राज्यको कुनै औचित्य छैन । वास्तवमा राजनीति भनेको विचार र सिद्धान्तको सङ्घर्षको थलो हो । विचार र सिद्धान्तमा निफ्फर मान्छेले कसरी राज्य सञ्चालनमा मद्दत गर्नसक्छ र ? राजनीति भनेको कुनै हलुका विषय होइन । तर, नेपालमा राजनीतिलाई सा¥है हलुको रूपमा लिइने गरिन्छ । यो तत्काल बदलिनु जरूरी छ ।
नयाँ पुस्तातर्फ हेरौँ
मान्छे हो सधैँ एकैनासे हुँदैन । उमेर ढल्कँदै अङ्गप्रत्यङ्ग शिथिल हुँदै जान्छन् । इच्छा हुन्छ पहिलेजस्तै बेजोडले काम गर्ने । तर, शरीरले साथ दिँदैन । तसर्थ, राजनीतिमा नयाँ पुस्ताको जरूरत पर्छ । यसका लागि युवा पुस्तामा सङ्घर्षशील भावना विकास गरी राजनीतिमा लाग्ने हौसला एवं प्रोत्साहन दिइरहनुपर्छ अन्यथा राजनीति मर्छ । अराजनीतिक मान्छे राजनीति गर्ने ठाउँमा बस्छ । स्वयं अराजनीतिक मान्छेले राजनीति गर्न लाग्यो भने ? परिणाम के होला ? आज एकथरी मान्छे राजनीतिको निन्दा नै नगरे पनि राजनीति भनेपछि मुन्टो बटार्छन् । तर, राजनीति प्रत्येक मान्छेका निम्ति नभई नहुने विषय हो । राजनीतिप्रति चाख बढाउन साहित्य र कलाले पनि ठूलो भूमिका खेल्छ वास्तवमा साहित्यले पनि राजनीतिमा लाग्न अभिप्रेरित गर्छ । अझ हाकाहाकी भन्ने हो भने साहित्यले क्रान्तिको बीजारोपण गर्छ । साहित्य नभएको भए यो आजको दुनियाँ कस्तो हुन्थ्यो होला ? मान्छेले बाध्य भएर काम ग¥यो भने स्वेच्छाले गरेको कामको जस्तो प्रतिफल प्राप्त हुँदैन । काम गर्ने चाहना र इच्छाशक्तिअनुसार काम ग¥यो भने पक्कै पनि वाञ्छित उपलब्धि पक्कै हात पर्छ । यो कुरा साहित्यले अझ राम्रोसँग बुझाउन सक्दछ । साहित्य भनेकै राजनीति हिँड्ने पुल हो । यसकारण पनि विद्यालयदेखि, विद्यार्थीदेखि नै नयाँ पुस्तालाई साहित्यसँग गास्नु बुद्धिमानी हुनेछ । जे काम गर्दा पनि भित्री मनदेखि नै गर्नुपर्छ । यसतर्फ सोचौँ ।
Leave a Reply