भर्खरै :

‘ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७’ र ‘ख्वप कलेज (पहिलो संशोधन) विनियम २०७७’ पारित

भक्तपुर नगरपालिकाको आठौँ नगर सभा सोमबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार बसेको बैठकले ‘ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७’ र ‘ख्वप कलेज (पहिलो संशोधन‘ विनियम २०७७’ सर्वसम्मतिले पारित ग¥यो ।
सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्य सेवाको विस्तार, विकास र प्रभावकारिता बढाई नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गराउन, जनतालाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन र आर्थिक र प्रशासनिक बन्दोबस्त अझ व्यवस्थित गर्ने उद्देश्यले भक्तपुर नपाको आठौँ नगर सभाले उक्त नियमावली पारित गरेको हो ।
बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०५५ सालदेखि हरेक वर्ष अन्तर नगर कबड्डी, बक्सिङ, टेबलटेनिस, भलिबल, कराते र एथ्लेटिक्स खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यस वर्ष भक्तपुर नपाको आयोजनामा सहिद दिवसको अवसरमा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म अन्तर नगर बुद्धिचाल प्रतियोगिता हुने जानकारी गराउनुभयो ।
सोमबार पारित ‘ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७’ माथि भएको छलफलमा सभासद्हरू राजेन्द्र माक, शिवप्रसाद बाला, श्यामसुन्दर मातां र गोविन्द दुवालले आ–आफ्नो विचार राख्नुभएको थियो ।
सभासद्हरूबाट प्राप्त जिज्ञासामाथि विधायन समितिका संयोजक हरिराम सुवालले प्रस्ट पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *