भर्खरै :

प्रजातान्त्रिक आन्दोलनका बन्दीहरूको अनुभव पढ्दा

नेपालका राजनीतिक आन्दोलनहरूको साँचो इतिहास र यथार्थ उजिल्याउने पुस्तकहरूको प्रकाशन आफँैमा नयाँ पुस्ताका निम्ति बौद्धिक सम्पत्तिको हस्तान्तरण हो । नयाँ पुस्तालाई इतिहासका महत्वपूर्ण अध्यायहरूसँग साक्षात्कार गराउने पुस्तकहरूको बेग्लै महत्व रहन्छ । यस्ता थुप्रै–थुप्रै पुस्तक र दस्तावेजहरूको प्रकाशन नेपाल मजदुर किसान पार्टीले गर्दै छ । यतिबेला देशका विभिन्न जिल्ला र ठाउँहरूमा पार्टी स्थापना दिवसको अवसर पारी ‘पुस्तक प्रदर्शनी’ जारी छ । ‘पुस्तक प्रदर्शनी’ मा इतिहासदेखि वर्तमान, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय विषय, सङ्घर्षदेखि सङ्घर्षसम्मको अनुभवका सङ्ग्रहहरू राखिएका छन् । पार्टी कार्यकर्तालाई पनि पुस्तक प्रदर्शनीले दस्तावेज र पुस्तकको पुनः अध्ययनका लागि हौस्याएको छ । पढ्न छुटेका थुप्रै पुस्तकहरू भेटिएको हुनुपर्छ । वैचारिक खुराकसँगै अग्रज नेता–कार्यकर्ताको सङ्घर्षको अनुभव पढ्ने र पढिसकेकाले पुनः पढ्ने तथा पठन संस्कृतिको अभ्यासले नयाँ आन्दोलनहरूका लागि ऊर्जा प्रदान गर्ने पक्का छ । पुस्तक प्रदर्शनीमा राखिएकामध्ये एउटा पुस्तक ‘प्रजातान्त्रिक आन्दोलनका बन्दीहरूको अनुभव’ बारे चर्चा गरौँ !
पुस्तकले नेमकिपाको सिद्धान्तनिष्ठता र वैचारिक अडानको एउटा दृष्टान्त अवगत गराउँछ । नेमकिपाका अनुशासित, कर्तव्यनिष्ठ, पार्टी र जनताप्रति समर्पित सच्चा कार्यकर्ताहरूसँग पुस्तकले भेट गराउँछ । कार्यकर्ताको प्रजातन्त्र प्रेम र सङ्घर्षको भावनाले पुस्तक भिजेको अनुभव हुन्छ । पुँजीवादी पार्टी, कम्युनिस्टको नाम धारण गरी नेपाली राजनीतिक वृत्तमा उपस्थित पुँजीवादी पार्टीको अवसरवादी प्रवृत्तिविरुद्ध नेमकिपाको वैचारिक लडाइँको एक झल्को पुस्तकमा छ ।
तत्कालीन समयमा काङ्ग्रेस र एमाले (भाइकाङ्ग्रेस) ले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको क्षति, अपरिपक्व व्यवहार र आफ्नो स्वार्थपूर्तिका निम्ति जनतालाई दिएको धोकाको लेखाजोखा पुस्तकले राखेको देखिन्छ । आज पनि नेमकिपा नेपालको कम्युनिस्ट आन्दोलनमा अवसरवादविरुद्ध सङ्घर्षरत छ । जनताको सेवाभन्दा शक्ति र सत्ताका निम्ति जे पनि गर्ने शासक दलको प्रवृत्तिमा कुनै फेरबदल आएको छैन ।
२०४६ सालको बहुदलीय व्यवस्था पुनः स्थापनापछिका ३० वर्षमा आलोपालो सरकारमा पुगेका शासक दलहरूले ब्रम्हलुट बाहेक केही गरेनन् । बहुदलीय प्रजातन्त्र स्थापनापछि पनि फालिएको राजतन्त्र फर्काउन अर्थात् आफ्नो गुमेको स्वर्ग प्राप्तिका निम्ति अझ हिंस्रक भएर अगाडि बढ्ने कुरालाई सत्तामा निर्लिप्त शासक दलहरूले बेवास्ता गरे । शासक दलहरूको अक्षमता, अपरिपक्वता र अदूरदर्शीताका कारण पुनः स्थापित प्रजातन्त्र जनताले गुमाउनुपर्ने त्यो समयलाई पुस्तकले स्मरण गराउँछ । सन्दर्भ ८ जेठ २०५९ को हो । तत्काल चुनावको सम्भावना नरहेको त्यो समयमा सङ्कटकालको घोषणा र प्रतिनिधिसभा विघटन गरी राजाले जनताको अधिकार खोसे । नेमकिपा प्रजातन्त्रको पक्षमा सडकमा उत्यो । जनताको आन्दोलनलाई विफल बनाई आ–आफ्नो दुनो सोझ्याउने नेपाली काङ्ग्रेस र एमालेको चरित्र उदाङ्गियो । नेपाली काङ्ग्रेस र एमालेको सिद्धान्तहीन गठबन्धनले देशमा निरङ्कूश राजतन्त्र फर्केको अवस्था थियो । किस्तिमा राखी पुनः राजालाई जनअधिकार बुझाउने नेपाली काङ्ग्रेस र एमाले नै थिए । त्यही प्रतिगामी सत्तामा शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनु, एमाले प्रतिगमन आधा सच्चियो भन्दै सडक छोडी सत्तामा जानु काकताली थिएन, तिनको स्वार्थको पराकाष्ठा थियो । राजनीतिलाई भागबण्डाको दल–दलबाट उठ्न नदिने शासक दलको चरित्र अद्यापि कायम छ । सिद्धान्तहीन र विचारशून्य गठबन्धन इतिहासमा थुप्रै पटक भए र त्यो सिलसिला जारी छ । नेता का. रोहितले नेपालको राजनीतिक डबलीमा हुने शासक दलहरूको स्वार्थलिप्त गठबन्धनहरूविरुद्ध तिखो प्रहार गर्नुभएको थियो –“सिद्धान्तहीन एकताभन्दा फुट धेरै राम्रो हुन्छ ।”
प्रजातन्त्र पुनः स्थापनाका निम्ति २१ वैशाख २०६० मा सुरु भएको पाँच राजनैतिक दलको संयुक्त आन्दोलन छोडी देउवा प्रधानमन्त्री बनेका थिए र त्यसैलाई उनले सरकारको पुनर्वहाली बताए भने एमालेले ‘प्रतिगमन आंशिक सच्चिएको’ दावी गर्दै त्यही सरकारमा भाग लियो । जनताको संयुक्त आन्दोलनमा त्यो ठूलो घात नै थियो । सडकमा राजा फर्किए र सम्पूर्ण अधिकार आफ्नो हातमा लिए । त्यो समय काङ्ग्रेस र एमाले पुनः सडकमा आए । यसरी पद र सत्ताका निम्ति मिल्ने, पद र सत्ता गुमेपछि सडकमा उत्रने शासक दलको प्रवृत्ति र चरित्रको परिणाम हो वर्तमान राजनीतिक परिदृश्य पनि ।
नेमकिपाले तत्काल जनतालाई विश्वासघात गरी आन्दोलनलाई धोका दिने एमाले र काङ्ग्रेसले आफ्नो गल्तीको आत्मालोचना गरी माफी माग्नुपर्नेमा जोड दिएको थियो । नेमकिपाले एक्लै भएपनि जनताको बीचमा जाने र आन्दोलनलाई अघि बढाउने अठोट ग¥यो । १८ चैत २०६१ देखि २५ वैशाख २०६२ सम्म नेमकिपाले जिल्ला–जिल्लामा छुट्टै चलाएको आन्दोलनको क्रममा पार्टीका ९५ जना नेता तथा कार्यकर्तालाई सरकारले गिरफ्तार ग¥यो । २३ जनालाई ३ महिने थुनुवा पुर्जी दिई थुनामा राख्यो । पूर्वदेखि पश्चिमका नेमकिपाका कार्यकर्ताहरू समातिए । थुनामा बस्दा नेमकिपाका कार्यकर्ताहरूले भोगेका अनुभवलाई पुस्तकाकार दिइयो । पुस्तक बोल्छ – “नेतृत्वले गल्ती गरेको कारण एमाले र प्रजातान्त्रिक काङ्ग्रेसका नेता–कार्यकर्ताहरूका थुनाभित्र पनि शिर ठाडो नभएको, नेमकिपाका बन्दी कामरेडहरूले पृथक–पृथक अनुभव गरे ।” त्यो अनुभवले राजनैतिक कार्यकर्तालाई उत्साहित बनाउन मद्दत पु¥यायो ।
राजनीतिक कार्यकर्ताको जिन्दगी सजिलो नहुने, उकाली–ओराली, आँधी–हुरी, घामपानीसँग सामना गर्नुपर्ने विचारबाट प्रशिक्षित पार्टी कार्यकर्ताहरूले थुनाभित्र पनि सङ्घर्षको भावनालाई त्यागेनन् । किसान नेता बुद्धिकुमार गोसाईले सङ्गठन निर्माण तथा प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलनहरूमा भोगेका जेलनेल, देश र जनताप्रतिको उच्च समर्पणभाव नयाँ राजनीतिक कार्यकर्ताका लागि महत्वपूर्ण शिक्षा हुन सक्दछ । त्यतिबेलाको समयमा बन्दीगृहमा बस्नु, भूमिगत रहनु, सडकमा उत्रनु राजनैतिक कार्यकर्ताको जीवनशैली बन्योे । नेता गोसाईले बन्दीगृहभित्र बिताएको समय र बटुलेका अनुभव वास्तवमै पठनीय छ । अन्य कार्यकर्ताहरूलाई उत्साहित राख्ने, आत्मबल बलियो बनाउने कामसँगै अध्ययनलाई जोड दिने, सत्यतथ्यको खोजी गर्ने काम उहाँले थुनाभित्र पनि निरन्तर गर्नुभयो । बन्दीगृहभित्रका समस्याहरूविरुद्ध बन्दीहरूलाई एकजुट गर्ने कार्यमा नेता गोसाई कतै चुक्नुभएन । उहाँको जीवन अनुभवको एउटा सानो अध्याय यस पुस्तकभित्र सङ्ग्रहित छ । पार्टी केन्द्रीय सदस्य नवराज कोइराला सुर्खेतमा समातिनुभयो भने जग्यबहादुर शाही दैलेखमा । उहाँहरूको अनुभवले पश्चिमतिर नेमकिपाको सङ्घर्षको शब्ददृश्य प्रस्तुत गर्छ ।
वास्तवमै असल कार्यकर्ताविना पार्टीको अडान, विचार सङ्कटमा पर्छ । असल नेता र नेतृत्वविना असल कार्यकर्ताको तयारी असम्भव हुन्छ । बन्दीगृहभित्र निडर र संयमित बन्ने नेमकिपा कार्यकर्ताहरूकै कारण नेमकिपाको सङ्षर्घ बलियो बन्यो र अडानले सार्थकता पायो । पार्टी नेता का. रोहितको मार्गनिर्देशन र राम्रो हुर्काइविना बन्दीगृहको समय त्यो समय सकसको अर्को नाम हुन्थ्यो । किसान अगुवा ज्ञानबहादुर न्याइच्याईले बन्दीगृहबाट असल कार्यकर्ताको जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्नुभयो । प्रहरीको दुव्र्यवहारविरुद्ध न्याइच्याईको भद्र र सभ्य व्यवहारले जितेको त्यो समयको स्मरण पुस्तकले गराउँछ । पार्टीको छवि कार्यकर्ताको व्यवहारले मापन गर्नेमा उहाँ असाध्यै संवेदनशील हुनुहुन्थ्यो । सिद्धान्तलाई व्यवहारसँग जोड्ने त्यो संवेदनशीलता आज झन् जरूरी देखिन्छ । किसान अगुवा गोविन्द दुवालको अनुभव पनि उस्तै–उस्तै छ । बन्दीगृह या जेललाई पनि सिकाइको पाठशाला बनाउने व्यावहारिक प्रयास या अभ्यास नेमकिपाका कार्यकर्ताहरूले गरे । काठमाडौँका कार्यकर्ता नरमान महर्जन, सुर्खेतका प्रेम थापा, भक्तपुरका हरिरत्न गोर्खाली, काभ्रेका कृष्णबहादुर तामाङ, विद्यार्थी दिपक माक लगायत २३ जनाको अनुभव यस पुस्तकमा समेटिएको छ । अन्य दलका कार्यकर्ताहरूमा राजनीतिक आचरणको अभाव, नेतृत्वकै कारण निहुरेको शिर तथा हीनताबोधको चर्चा पनि पुस्तकमा पाइन्छ ।
पार्टीको लाइन र अडान नछोड्ने नेमकिपाका अनुशासित कार्यकर्ताले बन्दीगृहभित्र गरेका रचनात्मक गतिविधि र अनुभवको अभिलेखिकरण प्रशंसनीय छ । बन्दीगृहलाई बढीभन्दा बढी पुस्तक अध्ययन गर्ने ठाउँको रूपमा उपयोग गरेका नेमकिपाका कार्यकर्ताहरूको अनुभवले पुस्तकलाई प्रेरणादायी बनाउँछ । नयाँ कार्यकर्ताहरूलाई मार्गनिर्देश गर्न यस्ता पुृस्तकको अध्ययन महत्वपूर्ण हुनेछ ।
नेमकिपाले नेपालको राजनीतिक आन्दोलनमा लिएको निर्णय र अडान सधँै देश र जनताको पक्षमा थियो र छ । यो परम्परा र यात्रा अविचलित जारी छ । प्रजातान्त्रिक आन्दोलनको त्यो संवेदनशील मोडमा नेमकिपाले लिएको अडान सही साबित भयो । नेपालको कम्युनिस्ट आन्दोलनमा नेमकिपाको स्पष्ट अडान र विचार पनि सहि साबित हुँदै छ । आजको परिवेशमा इतिहासका पाना पल्टाई सङ्घर्षलाई अझ अगाडि बढाउनुको विकल्प छैन । नेमकिपाका प्रकाशनहरूले देश र जनताको पक्षमा उभिन ऊर्जा प्रदान गर्नेमा कुनै सन्देह छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *