अमेरिकी प्रजातन्त्रको सीमा र कमजोरी
- बैशाख ५, २०८१
नयाँ दिल्ली, ४ फागुन । भारतमा कोरोना भाइरसको महामारी फैलिन थाल्दा धेरै मानिस ‘संसारकै दोस्रो ठूलो जनसङ्ख्या भएको देश’ को कमजोर स्वास्थ्य प्रणालीले महामारीको बोझ नथाम्ने हो कि भनी चिन्ता पोखेका थिए ।
तर, गएको सेप्टेम्बर यता भारतमा कोभिड–१९ को सङ्क्रमण दर ठ्याम्मै घटेको छ । आजभोलि भारतमा प्रतिदिन झण्डै ११ हजारको दरले मानिसहरूमा सङ्क्रमण पुष्टि भइरहेको छ । जब कि त्यसभन्दा केही समयअघि दैनिक झन्डै एक लाख मानिसमा कोभिड–१९ सङ्क्रमण पुष्टि हुँदै आएको थियो । अचानक यसरी सङ्क्रमण दर घटेकोमा विज्ञहरू नै चकित परेका छन् ।
उनीहरू यसो हुुनुका धेरै सम्भावित कारण हुन सक्ने बताउँछन् । भारतका केही क्षेत्रमा सामूहिक प्रतिरोध प्रणाली(हर्ड इम्युनिटी)को विकास भइसकेको हुन सक्ने र अरू केही स्थानमा भने भाइरसको प्रतिरोध गर्न सक्ने क्षमता शरीरमा विद्यमान रहेको हुन सक्ने उनीहरूको मत छ ।
कोरोना भाइरसको विरामीहरूको सङ्ख्या यसरी घटेकोमा वास्तुविद् एमबी रविकुमार र उनकी श्रीमती मधु कुमारले हलुका अनुभव गरेका छन् । उनीहरू दुवै कोभिड–१९ का सङ्क्रमित थिए । रविकुमार त झण्डै दुई साता अस्पताल नै भर्ना हुनु परेको थियो ।
दिल्लीको एउटा अस्पतालको सघन उपचार कक्षबाट उपचारपछि फर्केको केही दिनपछि रवि कुमारले उनी आफु जीवित फर्किनेमा कमै मात्र विश्वास भएको बताए ।
अस्पतालमा कम चाप
सङ्क्रमण कम गर्न भारत सरकारले आंशिकरूपमा भूमिका खेलेको देखिन्छ । भारत सरकारले मास्क लगाउन अनिवार्य गरेको छ र कदाचित कोही मास्क नलगाई हिँडेको देखे जरिवाना गर्ने गरेको छ ।
भारतमा हालसम्म झन्डै ११ करोड मानिस कोभिड–१९ भाइरसबाट सङ्क्रमित भएका छन् भने १ लाख ५५ हजार मानिसको निधन भइसकेको छ ।
अरू देशमा जस्तै भारतको सरकारी तथ्याङ्कमा भाइरसको कारण निधन हुनेको केही सङ्ख्या छुटेको हुन सक्ने अनुमान गरिएको छ । तर, सङ्क्रमण दर घटेसँगै भारतका अस्पतालहरूमा कामको चाप भने पछिल्लो साता घटेको छ ।
नोभेम्बर महिनामा ९० लाख मानिस कोभिड–१९ बाट सङ्क्रमित भएको तथ्याङ्कले देखाएको छ । तर, नयाँ दिल्लीमा भेन्टिलेटरसहितका सघन उपचार शय्यामध्ये झन्डै ९० प्रतिशतमात्र भरिएको सरकारी तथ्याङ्कले देखाएको छ ।
गत बिहीबारसम्ममा भेन्टिलेटर सहितका ती शय्यामध्ये १६ प्रतिशतमात्र भरिएका थिए ।
सङ्क्रमणको सङ्ख्या यसरी घट्नुमा खोप अभियानको कुनै भूमिका देखिंदैन किनभने जनवरी महिनामा मात्र भारतमा खोप अभियानको थालनी भएको थियो । तर, धेरै मानिसहरूले खोप लगाउन थालेको हुनाले आगामी समय भने अझ सुरक्षित हुने अधिकारीहरूले विश्वास गरेका छन् ।
विज्ञहरूले कतिपय स्थानमा सामूहिक प्रतिरोध क्षमताको विकासको कारण पनि यसरी सङ्क्रमितको सङ्ख्या घटेको अनुमान गरे पनि अझै पनि अधिकांश जनतामा सङ्क्रमणको जोखिम कायम नै रहेको हुनाले सावधानीको उपाय अपनाउन जारी राख्नुपर्ने बताए ।
अनुसन्धानले एक पल्ट भाइरसबाट सङ्क्रमित भएको व्यक्ति फेरि अर्को पटक पनि सङ्क्रमित हुन सक्ने देखाएको छ ।
भारतको राष्ट्रिय स्वास्थ्य संस्थाले देशभर गरेको एक अध्ययनले पाँच जना भारतीयमध्ये एक जना भाइरसबाट सङ्क्रमित भएको देखाएको छ । यो भाइरसविरुद्ध खोप अभियान थालनी हुनुअघिको तथ्याङ्क हो । यसबाट भारतमा सङ्क्रमण दर ७० प्रतिशत रहेको देखिएको छ । भाइरसको सङ्क्रमण सीमा नै ७० प्रतिशत हुन सक्ने विज्ञहरूले अनुमान गरेका छन् ।
भारतमा सङ्क्रमण घट्नुका अरू पनि कारणहरू अनुमान गरिएका छन् । कोभिड–१९ को सङ्क्रमण विशेषतः सहरी क्षेत्रबाट गाउँतिर फैलिएको थियो । यद्यपि, सहरको तुलनामा गाउँमा सङ्क्रमण धिमा भएको बताइएको छ ।
“गाउँले क्षेत्रमा सङ्क्रमणको दर धिमा छ । भारतमा दुईतिहाइ जनता गाउँमा बस्छन् । त्यसकारण पनि सङ्क्रमण दरमा कम आएको हुनसक्छ”, जनस्वास्थ्य प्रतिष्ठानका सभापति डा.के श्रीनाथ रेड्डीले भने ।
सङ्क्रमण दर यसरी घट्नुको अर्को सम्भावित कारण धेरै जसो भारतीयहरूमा जीवनको कुनै न कुनै समय हैजा, क्षयरोग, टाइफाइड आदि रोग लागिसकेका छन् । यसले गर्दा नयाँ भाइरसको प्रतिरोध गर्ने बलियो र प्रारम्भिक प्रतिरोध क्षमता विकास भएको हुनसक्ने विज्ञहरूले अनुमान गरेका छन् ।
Leave a Reply