नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
जेनेभा, ४ फागुन (एएफपी) । नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार सङ्गठन (डब्लुटीओ) को प्रमुखमा नियुक्त भएकी छन् । डब्लुटीओको इतिहासमै पहिलो प्रमुख हुन सफल भएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनहरूमा डब्लुटीओलाई निकै सङ्कटबाट गुज्रिनुपरेको थियो । विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक सङ्कटबाट मुलुकहरूलाई राहत प्रदान गर्न डब्लुटीओको काँधमा ठूलो जिम्मेवारी छ ।
व्यापार क्षेत्रको यस शक्तिशाली संस्थाको महानिर्देशक पदमा नियुक्त भएसँगै उनले सुदृढ डब्लुटिओ धेरै मुलुकको चाहना रहेको बताएकी छन् ।
नव नियुक्त ६६ वर्षीया अर्थशास्त्री ओकोन्जोले यसअघि विश्व बैङ्कमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन् । उनलाई डब्लुटीओको महानिर्देशकमा नियुक्त गर्न सदस्य राष्ट्रहरूले भर्चुअल विधिबाट मतदान गरेका थिए ।
लगभग निष्क्रय र पक्षघातकै अवस्थामा पुगेको डब्लुटीओलाई पुनः सक्तिय एवम् सक्षम तुल्याउनु पनि ओकोन्जोको ठूलो जिम्मेवारीको रूपमा रहेको छ । महानिर्देशक पदमा विजयी भएसँगै उनले भनिन्, “कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक क्षतिलाई पूर्ण र तीव्र गतिमा पुनर्जीवित तुल्याउने हो भने सुदृढ डब्लुटीओ निकै महत्वपूर्ण छ ।”
उनले डब्लुटीओका सामुन्ने धेरै चुनौतीहरू रहेको बताउँदै मिलेर कार्य गरिए डब्लुटीओलाई अझ बलियो, बढी जीवन्त र आजका यथार्थसँग अझ अनुकूलित बनाउन सकिने दाबी गरिन् ।
ओकोन्जोले आगामी मार्च १ देखि कार्यभार सम्हाल्ने छिन् । उनको कार्यकाल सन् २०२५ को अगस्ट ३१ सम्म हुनेछ ।
एक जना पश्चिमी मुलुकका कूटनीतिज्ञले ओकोन्जो महिला भएको वा अफ्रिकाकी भएकैले नछानिएको बताउँदै डब्लुटीओका सामुन्ने उत्पन्न चुनौतीलाई सामना गर्नसक्ने योग्यता, अनुभव र गुण ओकोन्जोमा रहेको स्पष्ट पारिन् ।
जेनेभामा मुख्यालय रहेको डब्लुटीओ गत वर्ष अगस्टदेखि नै नेतृत्वविहीन छ । एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटीओमा नयाँ प्रमुखको नियुक्ती हुन सकेको थिएन ।
विश्वका १६४ मुलुक सदस्य रहेको यस संस्थाको नेतृत्व चयन सहमतिका आधारमा गर्ने प्रचलन रहिआएको छ ।
सुरुमा आठ जना उम्मेदवार रहेपनि गत नोभेम्बरमा तीमध्ये एक व्यक्तिको नाम सिफारिस गरिएको थियो । तर, तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ओकोन्जोको नाममा असहमति जनाएर विवाद खडा गरिदिएको थियो ।
ट्रम्प प्रशासनले दक्षिण कोरियाली व्यापारमन्त्री यू म्युङ–हीलाई नियुक्त गर्न चाहेको थियो । तर, अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन नियुक्त हुने पक्का भएपछि म्युङ–हीले आफ्नो नाम सम्भावित सूचीबाट हटाएका थिए । बाइडेनले ओकोन्जोको नामलाई अनुमोदन गर्ने सङ्केत गरेका थिए ।
अमेरिकी कूटनीतिज्ञ डेभिड बिस्बीले संरा अमेरिका डा. ओकोन्जोसँग मिलेर कार्य गर्न इच्छुक रहेको बताएका थिए । सन् १९९५ मा डब्लुटीओ स्थापना भएपछि ओकोन्जो कार्यकारी निर्देशक हुने सातौँ व्यक्ति हुन् । नाइजेरियाली ओकोन्जोको महानिर्देशक पदमा नियुक्तिका लागि संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र अफ्रिकाले समर्थन जनाएका थिए ।
यतिबेला डब्लुटीओ धेरै किसिमका चुनौतीको घेरामा परेको छ । कोभिड–१९ सुरु हुनुअघि नै विश्व अर्थतन्त्रमा सङ्कट देखिएका थिए । डब्लुटीओले व्यापार वार्तालाई सहजीकरण गर्न सकिरहेको थिएन भने संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनावलाई मत्थर बनाउन असमर्थ भएको थियो ।
डब्लुटीओमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगातार आक्रमण गरिरहेको थियो । अमेरिकाले सन् २०१९ को अन्त्यतिर डब्लुटीओको विवाद समाधान अपिल प्रणालीमा आवश्यक न्यायाधीश नियुक्तीमा अवरोध गरेको थियो ।
Leave a Reply