नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
कोभिड–१९ ले धनी र गरिब जनताबीचको स्वास्थ्य विभेदलाई फराकिलो र अझ खराब बनाएको छ । अरू समयमा भन्दा यतिबेला धन नै स्वास्थ्य हो भन्ने कुरालाई स्थापित गर्न खोजिएको छ ।
यो विभेद कम गर्न करमा वृद्धि वा आर्थिक राहत कार्यक्रम सुरु गर्न आवश्यक छैन । गरिबी र खराब स्वास्थ्य निम्त्याउने धेरै जसो समस्याहरू पूर्वाधारको कारणबाट सुरु हुने गर्दछ ।
रोजगार पाउन सामाजिक–आर्थिक अवरोध भएका क्षेत्रमा कोभिड–१९ को खोप अभियानले पूर्वाधार र स्वास्थ्यबीचको सम्बन्ध सबभन्दा प्रस्टरूपमा उजागर गरेको छ । पीफाइजर नामको खोप निकै चिसो ठाउँमा मात्र भण्डारण गर्न सकिन्छ । त्यस्तो पूर्वाधार भने महानगरीय अस्पतालहरूमा मात्र हुन्छ । त्यसरी भण्डारण गरिएको खोप प्रतिएकाइ १० हजारदेखि १५ हजार अमेरिकी डलर पर्छ । ज्यादै धनीमानीले मात्र त्यति धेरै रकम खर्च गर्ने आर्थिक सामथ्र्य राख्दछ ।
अधिकांश ग्रामीण क्षेत्रका अस्पतालहरूलाई लगानी बढाउनुको सट्टा ज्यादै चिसोमा भण्डारण गर्न नपर्ने अर्को थरी खोप आउने दिनको प्रतिक्षा गर्न सल्लाह दिइएको छ । यस्तो अवस्थाले प्रत्यक्ष वा परोक्षरूपमा मानिसको ज्यान जान सक्नेछ । गरिबहरू बस्ने क्षेत्रमा अझै पनि लकडाउन र अन्य निषेधहरू चालु छन् ।
तर, खोपको लागि आवश्यक पूर्वाधारको कुरा गर्दै गर्दा गरिब अमेरिकीहरूका लागि कमजोर पूर्वाधार हुनु नै खराब स्वास्थ्यको कारण हो भन्ने बुझ्न गा¥हो छैन ।
कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य जटिलताका सबभन्दा ठूला जोखिममध्ये उच्च रक्तचाप र मोटोपना हो । अमेरिकामा धेरै सङ्ख्यामा ‘खाद्य मरुभूमि’ छन् । संरा अमेरिकी कृषि विभागले सहरी क्षेत्रको हकमा कुल जनसङ्ख्याको कम्तीमा एकतिहाइ मानिसका लागि विशालबजार एक माइल अथवा १.६ किलोमिटरभन्दा टाढा रहेको ठाउँ अथवा ग्रामीण क्षेत्रको हकमा १० माइल (१६ किलोमिटर) भन्दा बढी टाढा रहेको ठाउँलाई ‘खाद्य मरुभूमि’ को नामाकरण गरेको छ । १ करोड ९० लाख (प्रायशः गरिबहरू) अमेरिकीहरूले सजिलै ताजा तरकारी किन्न सक्दैनन् । उनीहरूले यसरी ताजा तरकारी किन्न नसक्दाको मूल्य स्वास्थ्य बिगारेर तिर्ने गर्छन् ।
यस्तै बेला फास्ट फुड सेवाप्रदायकहरूलाई समाजको सबभन्दा न्यून आम्दानी भएका समुदायसम्म स्वतन्त्र पहुँच दिइएको छ । पूर्व राष्ट्रपति लिन्डन जोनसनले फास्ट फुड सञ्जाल सुरु गरेर सस्तो ब्याजदरमा ऋण दिने व्यवस्था गरेका थिए । त्यसपछि त गरिब समुदायसम्म फास्ट फुडको सञ्जाल अझ फैलियो ।
अमेरिकाको सबभन्दा विभेदमा परेका समुदायबीच फास्ट फुड जत्तिकै रक्सी पसलहरूसम्म पनि पहुँच छ । गरिब र गैर–श्वेत समुदायमा झन्डै दोब्बर सङ्ख्यामा रक्सी पसल भएको विभिन्न अध्ययनले देखाएको छ ।
गरिब अमेरिकीहरूको लागि ताजा फलफुल र तरकारी किन्न पूर्वाधारको कमी छ भने अत्याधिक मदिरा सेवन र अस्वस्थ खानेकुरा खानेमा अमेरिका सबभन्दा अघि छ ।
सार्वजनिक खुला क्षेत्र, व्यायामशाला र मनोरञ्जन स्थलको अभाव पनि अमेरिकामा धनको अर्थ स्वास्थ्य हुनुको अर्को कारण हो । धनीमानीहरूले मात्र त्यो सुविधा प्राप्त गर्न सक्छन् । व्यायामशालाको लागि मासिक औसत ५८ अमेरिकी डलर लाग्ने भएपछि गरिबीको रेखामुनिका ११ प्रतिशत मानिसले मात्र दैनिक व्यायाम गर्ने कुरा राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले देखाउनु कुनै आश्चर्यको कुरा भएन । दैनिक व्यायामशाला जाने गरिबीको रेखामुनि रहेका मानिस तीन गुणा बढी छन् ।
यस्ता धेरै समस्या पूर्वाधार र आपूर्ति प्रणालीबाट समाधान गर्न सकिन्छ । यी दुवै कुरा अमेरिकी राष्ट्रिय नीतिका हिस्सा हुन् । यदि जनताको जीवन प्राथमिकतामा पर्ने हो भने संरा अमेरिकी राष्ट्रिय नीतिले रूपान्तरण गर्न सक्छ ।
आपूर्ति सञ्जालको जानकारको नाताले मेरो काम भनेको त्यसलाई अझ विस्तार गर्नु हो । सबभन्दा बढी खाँचो परेकालाई सामान र सेवा सुनिश्चित गर्नु हो । वालमार्ट र अमेजन जस्ता कम्पनीहरूले महामारीको समयमा आफ्नो आपूर्ति सञ्जालको विद्युतीकरण र विकासमा उल्लेखनीय उपलब्धि हासिल गरे । त्यत्ति त अमेरिकाको राष्ट्रिय स्वास्थ्य रणनीतिले पनि गरेको देखिएन ।
अमेरिकीहरूलाई स्वास्थ्य सेवामात्र नभई स्वास्थ्यका सबै कुरालाई पहिलो स्थानमा राख्न यदि हामीले आपूर्ति सञ्जाल र पूर्वाधारको विकास सुनिश्चित गर्न सके अमेरिकी जनताले चाहे आफ्नो स्वास्थ्यमा धेरै सुधार गर्न सक्छन् ।
यो काम एक्लैदुक्लैले गरेर सम्भव हुँदैन । यसको लागि राष्ट्रिय अग्रसरताको खाँचो पर्छ । रक्षा र विद्यालय शिक्षामा जस्तै यसमा पनि राष्ट्रिय अग्रसरता आवश्यक छ । हामीले हरियोपरियो तरकारी उत्पादनमा ऋण दिनुका साथै फास्ट फुडको सञ्जाल विस्तारमा ऋणको कटौती गर्नुपर्छ । न्यून आय भएका समुदायको लागि व्यायामशाला वा खेलकुदका पूर्वाधार बनाउन कम ब्याजदरमा ऋण दिनुपर्छ ।
राम्रो स्वास्थ्य आफैमा धन हो । सन् २०१८ मा मोटोपनले मात्र संरा अमेरिकाको कुल अर्थतन्त्रको झन्डै १.७ त्रिलियन खर्च भएको अनुमान गरिएको छ । यो भनेको संरा अमेरिकाको कुल गार्हस्थ उत्पादनको झन्डै १० प्रतिशत हो ।
यदि अमेरिकाको नयाँ सरकारले वास्तवमै ‘उत्तम भविष्य फर्काउन’ चाहेको हो भने उसले पूर्वाधार विकासमा ध्यान दिन जरुरी छ ।
धनले धेरै कुराको ग्यारेन्टी गर्न सक्ला । तर, स्वस्थ जीवनशैली नै सबै अमेरिकाको अनिवार्य विकल्प हुनुपर्छ ।
(साइरस हदाभी कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद :सुमन
Leave a Reply