नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेइचिङ, १६ फेब्रुअरी (सीआरआई) । सहरमा आप्रवासी कामदार नयाँ प्रकारका श्रमशक्ति हुन् । यो चीनको सुधार र खुलापनमा देखा परेको हो । उनीहरू समृद्ध समाज निर्माणको लागि महत्वपूर्ण शक्ति हुन् र उनीहरू देशको आधुनिकीकरणमा ठूलो योगदान पु¥याइरहेका छन् । कसरी सहरमा आप्रवासी कामदारलगायत प्रत्येक चिनियाँलाई सुधार तथा विकासको फल बाँड्न सकिन्छ भन्ने विषयमा राष्ट्राध्यक्ष सी चिनफिङको गहिरो चिन्ता छ ।
सन् २०१३ को फेब्रुअरी ८ तारिखमा चिनियाँ नव वर्षको नजिकै सी चिन फिङले सहर आप्रवासी कामदारहरूलाई सान्त्वना सहित नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको थियो । विगत ५ दिनदेखि कान्सु प्रान्तमा निरीक्षण गरिरहनु भएका सीले यस समूहलाई विशेष ध्यान दिनुभएको छ र सम्पन्न समाजको निर्माणमा आप्रवासी कामदारहरूले कडा परिश्रम गरेको कुरामा जोड दिनुभएको छ । राष्ट्राध्यक्ष सीले उनीहरूलाई बढी माया गरेको र कानुनी अधिकार तथा चासोहरूको रक्षा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
चीनका सहरहरूमा करिब १० करोडभन्दा बढी आप्रवासी कामदारहरू छन् । आवास, शिक्षा, चिकित्सा तथा अन्य कारणबाट उनीहरू सहरमा स्थापित हुन कठिन हुन्छ । सन् २०१८ मा चीनको ‘दुई अधिवेशन’ को अवधिमा सी चिन फिङले क्वाङतोङ प्रतिनिधिमण्डलको छलफलमा भाग लिनुभएको थियो । सो अवसरमा सी चिनफिङले सहरीकरणलाई अघि बढाउन र आप्रवासी कामदारको काम गर्ने वातावरण बनाउन तथा सहरमा स्थिरताका लागि सक्दो प्रयास गरिरहेको बताउनुभएको थियो । श्रमिकका बच्चाहरू सहर प्रवेश गर्न सक्दछन् र ग्रामीण क्षेत्रमा बसोबास गर्ने पाकाहरू पनि ग्रामीण पुनरुद्धार रणनीतिमा खुसीसाथ सामेल हुनसक्नुपर्छ, राष्ट्राध्यक्ष सीले बताउनुभयो ।
Leave a Reply