भर्खरै :

मोटरसाइकल चोरी गर्नेहरू पक्राउ

भक्तपुर, ५ फागुन । भक्तपुर जिल्लाको विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकलहरू सम्बन्धित मोटरसाइकल धनीलाई फिर्ता गर्ने क्रममा रहेको जनाइएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भक्तपुरबाट चार वटा मोटरसाइकलहरू भिन्न भिन्न स्थान र समयमा चोरी गरेको खुल्न आएको र सम्बन्धित मोटसाइकल धनीहरूबाट समेत किटानी जाहेरी दर्खास्त प्राप्त भएको हुँदा कानुनबमोजिम थप अनुसन्धान भइरहेको छ ।
पुस ६ र माघ ८ गते भएको मोटरसाइकल चोरीमा संलग्न भएको अभियोगमा ओखलढुङ्गा जिल्ला लिखु गा.पा. बस्ने वर्ष २२ का कुलबहादुर तामाङ, ऐजन जिल्ला खिजी देम्बा गा.पा. बस्ने वर्ष २८ का पञ्चमान तामाङ र ऐजन जिल्लाका लिखु गा.पा.का वर्ष २४ का गोविन्द गौतमलाई पक्राउ गरिएको छ ।
त्यस्तै फागुन ४ गते भक्तपुर नपा आदर्श चोकबाट मोटरसाइकल चोरी गरेको अभियोगमा दोलखा जिल्ला शैलुङ गा.पा. घर भई हाल ललितपुर धोबिघात बस्ने वर्ष २७ का अभिषेक योन्जन र ऐजन ठेगाना भई हाल सूर्यविनायक बस्ने वर्ष १९ को सुमन नेपालीलाई पक्राउ गरिएको छ । त्यस्तै फागुन ४ गते मध्यपुर नपा वडा नं. ५ बाट मोटरसाइकल चोरी गरेको अभियोगमा दोलखा जिल्ला शैलुङ गा.पा. घर भई हाल सूर्यविनायक बस्ने वर्ष २३ का फुर्वा तामाङ र ऐजन ठेगानाका वर्ष २१ को राजु तामाङलाई पक्राउ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *