भर्खरै :

महामारी खराब मिडिया देखाउने ऐना

सन् २०२१ को जनवरी १ मा चाइना मिडिया ग्रुप अर्थात् सीएमजीका महानिर्देशक शन हाइ स्युङले विदेशी मित्रहरूलाई नव वर्षको शुभकामना सन्देश दिँदै तथ्य देखाउनु मिडियाको जिम्मेवारी रहेको दोहो¥याउनुभयो ।
सन् २०२० को सुरूमा महामारी देखिएपछि सीएमजीका २ हजारभन्दा बढी पत्रकारले तत्काल महामारी फैलिएको क्षेत्र पुगेर चीनको महामारी नियन्त्रण गर्ने वास्तविक अवस्था देखाउनुका साथै विभिन्न मुलुकका चिकित्सकसँग बैठक गरी महामारी नियन्त्रण गर्ने चीनको अनुभव शेयर गरेका छन् भने अन्तर्राष्ट्रिय विशेषज्ञसँग वार्ता गरी चीनको महामारी नियन्त्रण गर्ने अफवाहलाई स्पष्ट पारेका छन् ।
चीनको महामारी नियन्त्रण अवस्थाबारे केही पश्चिमी मिडियाले सञ्चारको व्यावहारिक नैतिकताबारे सबैको आधारभूत ज्ञानलाई तोडेर सूचना बङ्ग्याउने काम गरे । उनीहरूले निश्चित महामारी नियन्त्रण रणनीतिबारे विश्लेषण गरेका होइनन् चीन र अन्तर्राष्ट्रिय विशेषज्ञको सटिक निर्णयको झूटो निन्दा गरेका थिए ।
महामारी फैलिएको सुरूमा अमेरिकी न्युयोर्क टाइम्सले वर्तमान चीन मध्य युगको युरोपजस्तो रहेको भन्दै चीन सरकारले सर्वसाधारणको जीवन र जनताको स्वतन्त्रताको खर्चमा महामारी नियन्त्रण गरेको भनेको थियो । हुम्यान राइट वाचका प्रबन्धक केनेथ रोथले पेइचिङले साढे तीन लाख जनालाई नियन्त्रण गरी महामारीको रोकथाम गरेको तर सार्वजनिक स्वास्थ्य र मानव अधिकारको आधारमा यस्तो नगरेको भनेका थिए । सबैलाई थाहा छ, मानव अधिकारको प्राथमिकता जीवनको अधिकार हो । तर, तथाकथित स्वतन्त्रको लागि महामारीको कारण जनताको ज्यान बचाउने कार्य गर्नुपर्दैन ।
केही मिडियाले स्वदेशको अवस्था गम्भीर भएको बेला चीनमाथि झूटो निन्दा गरिरहेका छन् । फ्रान्सको ले नौभेल अबर्जरभेटुरले चीनले अरू मुलुकलाई दिएको सहयोगलाई भूराजनीतिक हतियार भनेको छ भने महामारीबाट देखिएको आÇनो कलङ्कलाई हटाउन खोजेको भनेर बदनाम गरेको छ । उनीहरूका गतिविधिले अन्तर्राष्ट्रिय जनमतलाई भ्रम पार्नुका साथै विश्वको महामारी नियन्त्रण प्रक्रियालाई अँध्यारोमा हुत्याएका छन् ।
सन् २०२० सकिएको छ । चीनले सबैभन्दा पहिले महामारी नियन्त्रण गरी आर्थिक पुनरुत्थान गरेको छ । चीनको निन्दा र बदनाम गरिरहेका ती मुलुकमा महामारी नियन्त्रण विफल भएर दुष्चक्रमा फसेका छन् । सन् २०२० मा फैलिएको महामारीले केही पश्चिमी मिडियाको वास्तविक अनुहार देखाएको छ ।
सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *