भर्खरै :

फोक्सोको आयु

नेपालमा पहिलो पटक खोलिएको श्वासप्रश्वास पुनस्र्थापन केन्द्र भक्तपुरमा मैले २०७७ फागुन ५ गते पहिलो चोटि सेवा लिँदा जीवनमा एउटा नयाँ कुरा थाहा पाएँ । त्यो हो, मेरो फोक्सोको उमेर । अहिले म ६१ वर्षको उमेरमा हिँडिरहँदा मेरो फोक्सो मभन्दा धेरै वर्षअघि हिँडिसकेको रहेछ । अर्थात्, मेरो फोक्सोको उमेर त ८९ वर्ष पुगिसकेको रहेछ । सुन्दा अचम्म मात्र होइन दुःख पनि लाग्यो किनभने मभन्दा बुढो मेरो फोक्सोले मलाई कति वर्ष बोक्ला भनेर ।
तत्काल सेवारत चिकित्सक डा. सुनिता चोलेख्वले ‘अब तपार्इँको फोक्सोलाई योभन्दा बढी बुढो हुन नदिने मात्र होइन तपार्इँकै उमेरमा फर्काउन हामी सहयोग गर्छाैँ नि’ भनी ढाडस दिनुभयो । उक्त केन्द्रको भवन शिलान्यासको बेला यसलाई दमका दीर्घ रोगीहरूका लागि ‘छाती पुनस्र्थापन केन्द्र’ भनिएको थियो । २०७३ सालदेखि नियमितरूपले दमको औषधि सेवा गरिरहेको नाताले यो केन्द्र छिटोभन्दा छिटो सञ्चालन होस् भन्ने चाहिरहेको थिएँ । एउटा उत्सुकता ‘छाती पुनस्र्थापन’ कसरी गरिन्छ होला भन्ने थियो । केन्द्र उद्घाटनको बेला ‘श्वासप्रश्वास पुनस्र्थापन केन्द्र’ भनेपछि त्यो उत्सुकता केही हदसम्म मेटिएको छ । आज सेवा लिएपछि पुनस्र्थापनको जीवन्त अनुभव गर्दै छु ।
केन्द्रमा गरिएको परीक्षण र गराइएको श्वासप्रश्वासका अभ्यासहरूले अब मेरो बुढो फोक्सो क्रमशः मेरो उमेरसँगै फर्कने विश्वास जागेको छ । श्वासप्रश्वास पुनस्र्थापनको सार्थकता पनि त्यही रहेछ ।
लामो समयसम्म हात खुट्टा नचलाउँदा ती अङ्गहरू कुँजिन्छन् भन्ने त थाहा थियो । तर, श्वासप्रश्वासका अवयवहरू नचलाउँदा ती अवयवहरू बूढा हुन्छन् भन्ने कुरा आज सिकियो । त्यसैले श्वासप्रश्वासका अवयवहरूलाई लचिलो वा चलायमान बनाउने अनेक अभ्यासहरू हुँदारहेछन् । पहिलो चरणमै ती सबै अभ्यासहरू सिकाइएनन् । आगामी एक महिनाका लागि पाँच थरीका अभ्यासहरू सिकाइए ।
सिकाएअनुसार घरमा अभ्यास गर्दा कहीँ कतै समस्या भए सम्पर्क राख्न भनिएको छ । खोक्ने, कुम उचाली श्वासप्रश्वास फेर्ने, दायाँ र बायाँ कम्मर झुकाई श्वास फेर्ने अभ्यासहरू त्यति गा¥हो लागेन तर त्यसरी कहिल्यै श्वास फेरिएको थिएन । अब नियमित अभ्यास गर्ने प्रयास गर्दै छु ।
केन्द्रमा रक्तचाप, तापक्रम, शरीरको तौल र उचाइ, हाल सेवन गरिरहेको औषधिबारे साथै खानाको रुचि, निन्द्राको अवस्था, भ¥याङ वा उकालो चढ्दाको अवस्थालगायतको विषयमा जानकारी लिइसकेपछि अभ्यास गर्ने कक्षमा पठाइयो ।
स्वास्थ्यकर्मी कमलेश्वरी राजचलसहितको दुई जनाले उठबस गराउने, हिँडाउने, उत्तानो परेर सुत्ने, उठ्ने गति मापन लिए । साथै, खोक्ने तरिका, उठ्ने तरिकाका साथै श्वासप्रश्वासका अवयवहरू चलायमान गर्ने गराउने पाँच अभ्यासहरू सिकाए । ती अभ्यासहरू दिनको ३–४ पटक गर्न भनिएको छ ।
केन्द्रमा कार्यरत अधिकांश स्वास्थ्यकर्मीहरू चिनजानको मात्र नभई मेरा पूर्वविद्यार्थीहरू पनि भएकाले उहाँहरूको व्यवहारमा देखिएको हार्दिकता अत्यन्त आत्मीय लाग्यो । शिक्षक हुनुको गौरव अनुभव गरियो ।
गत हप्ता एउटा छलफल कार्यक्रममा भाग लिन जाँदा नेपाल सरकारको सहसचिव पदबाट अवकाश लिएका एक पाका व्यक्तिले भन्नुभएको थियो, “हिजो मेरै अन्तर्गत रहेर काम गरेका कर्मचारीसित अहिले एउटा काम लिन पर्दा धेरै दिन धाउनुप¥यो, टेर्दै टेरेन । तर, शिक्षकले २०–३० वर्षपहिले पढाएको विद्यार्थीले पनि शिक्षकलाई अत्यन्त सम्मान गर्छन्’ निजामती कर्मचारी र शिक्षकको अन्तर उहाँले प्रस्ट पार्नुभएको थियो । त्यो मैले अनुभव गरेँ ।
श्वासप्रश्वास केन्द्रमा मैले पाएको हार्दिकता म चाहन्छु, त्यहाँ आउने हरेक ग्राहक (दम रोगी) ले पाउनुपर्छ किनभने अस्पताल, स्वास्थ्यकेन्द्रहरू सबै त्यस्ता मन्दिर हुन् जहाँ उपचारका लागि आउने हरेक बिरामी नै देवता र स्वास्थ्यकर्मीहरू ती देवताका पुजारी अनि बिरामीको उपचार नै स्वास्थ्यकर्मीको पूजा हो । यसलाई मैले शिक्षण पेशामा पनि त्यही रूपमा अँगाले । विद्यालय एउटा सरस्वतीको मन्दिर, विद्यार्थी देवता, शिक्षक पुजारी र विद्यार्थीलाई पढाउने –सिकाउने मेरो पूजा । आज त्यही पूजाको फल मैले पाएको अनुभव गरेँ ।
श्वासप्रश्वास पुनस्र्थापन केन्द्रबाट फर्कने क्रममा स्वास्थ्यकर्मी हरिकृष्ण दुवालले भन्नुभयो, “सर त धूमपान र मद्यपानबाट सधैँ टाढा रहनुहुन्छ तर दम कसरी ?”
मैले भनेँ, खै ?
तत्काल उहाँले थप्नुभयो, “सरको पेशा नै यसको मूल कारण हुनुपर्छ ।” तपाईँले जीवनमा बोराको बोरा चकको धुलो खानुभयो होला । मार्करको चलन त कति नै वर्ष भयो र !”
मैले ‘होला नि’ भनी स्वीकृति जनाएँ ।
सबैलाई धन्यवाद दिएर फर्केँ । फर्कँदा बाटामा घरदैलोमै आएर नर्सले सिकाएका सुतेर उठ्ने तरिका, भ¥याङ चढ्ने तरिका, आहारविहारमा ध्यान दिनेजस्ता कुराहरू सम्झेँ । भक्तपुर नगरपालिकाले नगरवासीको घर – घरमा नर्स पठाएर जुन सेवा ग¥यो त्यसलाई आफूले ध्यान नदिएकोमा अहिले पछुतो पनि लाग्यो । वास्तवमा साना साना कुरामा ध्यान दिन नसक्दा ठूला ठूला नोक्सान भोग्नुपर्ने हुँदोरहेछ ।
हिजैमात्र मेरा एक शिक्षक मित्रले जनस्वास्थ्य केन्द्र च्याम्हासिंहको आपतकालीन कक्षमा भर्ना भई उपचार गर्नुभयो । उहाँ नितान्त शाकाहारी कसरी बिरामी हुनुभयो ? उहाँलाई थाहा भएन । दिसा पिसाब जाँचको रिपोर्ट हेरी डाक्टरले दिसामा खराबी भएको र खानामा गडबडी भएको औँल्याउनुभयो । शिक्षक मित्र डाक्टरको कुरा सुनेर झल्याँस ब्युँझेजस्तो हुनुभयो । साँच्चै हिजो मैले नखानुपर्ने च्याउसँग दूध खाएछु । धन्न बेलैमा मैले उपचार गरियो । ‘च्याउसँग दूध खानु’ हेर्दा सानो कुरा तर परिणाम झाडापखाला बान्ता भई जिउ गल्दा ठूलो चिन्ता ।
केही होइन झैँ लाग्थ्यो मास्क नलगाई बाटामा हिँड्दा । मास्क लगाउन झ्याउ लाग्थ्यो । तर, डा. चोलेख्वले बाहिर हिँड्दा मास्क लगाउनुहोला है सर’ भनेको र चिसोबाट जोगिएर बस्नुका साथै बेला बेलामा बाफ लिन’ दिएको सुझाव अब मैले सानो मानिनँ । हिजोका दिनमा म उहाँलाई पढाइमा सुझाव दिन्थँे । आज उहाँ मलाई स्वास्थ्यबारे सुझाव दिँदै हुनुहुन्छ । हेर्दा सानो तर महत्व ठूलो ।

One response to “फोक्सोको आयु”

  1. Tilak baduwal says:

    Very good news

Leave a Reply

Your email address will not be published. Required fields are marked *