नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
पेइचिङ, १८ फेब्रुअरी (सीआरआई) । चीनले गरिरहेको कोरोना खोपको अन्तर्राष्ट्रिय सहयोगबाट कोरोना खोप विश्वमा सार्वजनिक उत्पादित वस्तु बन्ने प्रत्याभूति दिइएको छ । चीनले विभिन्न पक्षसँग मिलेर खोप तथा महामारी नियन्त्रणलगायत विविध क्षेत्रमा हुने सहयोगलाई विस्तार गर्दै मानवजातिको संयुक्त स्वास्थ्य समुदायको निर्माण गरेर विश्वव्यापी महामारी प्रतिरोधमा विजय प्राप्त गर्न योगदान दिँदै जाने छ । चीनका राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्मा आयोजित खोपसम्बन्धी मन्त्रीस्तरीय खुला बैठकमा सहभागी भएकोबारे चर्चा गर्दा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयीङले फेब्रुअरी १८ तारिख पेइचिङमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा भन्नुभएको हो ।
उहाँले जानकारी दिए अनुसार, चीनले १० वटा भन्दा बढी मुलुकसँगै खोपको अनुसन्धान तथा विकास सहयोग गरिरहेको छ र चीनसँग माग गरेका ५३ वटा विकासोन्मुख मुलुकलाई खोप उद्धार गरेको छ र २२ वटा मुलुकमा खोप निर्यात गरेको छ । चिनियाँ परम्परागत चाड वसन्त चाडको अवधिमा चीनले खोप प्रदानको कार्यमा पनि निरन्तरता दिइरहेको छ ।
प्रवक्ता ह्वाले जोड दिनुभएको छ ः हालसम्म कोरोना खोपको अनुसन्धान तथा विकास एवम् उत्पादनको गतिमा नयाँ नयाँ रेकर्डको सिर्जना गरिरहेको छ । तापनि उत्पादन क्षमताको घाटा र वितरणको घाटा विद्यमान नै छ । विभिन्न पक्षले खोपको जातीवादको संयुक्त विरोध गर्दै खोपको न्यायोचित र उचित बाँडफाँड विशेषगरी विकासोन्मुख मुलुकमा पु¥याइने र पाइने सम्भावनालाई बढाउन प्रयास गर्न पनि प्रवक्ता ह्वाले आग्रह गर्नुभयो ।
चीनको नयाँ कोरोना खोपको छनौट गर्न फ्रान्सेली विशेषज्ञ इच्छुक
फ्रान्सको आइक्स मार्सेल विश्वविद्यालयका चिकित्सा प्राध्यापक एवम् प्रसिद्ध सरुवा रोग विशेषज्ञ दिदिएर राउटले फ्रान्सेली सीएनईडब्लुएस प्रेसलाई अन्तर्वार्ता दिँदै एमआरएनए खोपको तुलनामा चीनको नयाँ कोरोना खोपको छनोट गर्न आफू इच्छुक रहेको औँल्याउनुभएको छ ।
उहाँका अनुसार, आफ्नो व्यक्तिगत दृष्टिबाट हेर्दा चीनको नयाँ कोरोना खोप अझ उपयुक्त छ । किनकि त्यस खोप आफ्नो परिचित प्राविधिक अनुसन्धानसँग मेल खाएको देखिन्छ ।
Leave a Reply