कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ६ फागुन । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजनामा ‘निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले निर्वाचन घोषणा भएदेखि नै निर्वाचन आचारसंहिता लागू गर्नुपर्ने र आचारसंहिता देखाउने दाँतमात्र हुन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “समानुपातिक निर्वाचनमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी प्रावधान खारेज गरिनुपर्छ । निर्वाचनमा सामान, पैसा बाँड्ने, भोज खुवाउने, झूटा आश्वासन दिने पार्टीको उम्मेदवारी खारेज हुनुपर्छ ।”
सरकारमा गएका दलका उम्मेदवारहरूले विगतको निर्वाचनमा पत्रकार सम्मेलन गरी चिया–नास्ता खर्च भनी खामभित्र रूपैयाँ राखी बाँडेको स्मरण गर्दै उहाँले यस्ता घटना आगामी निर्वाचनमा पनि दोहोरिने सम्भावना भएकोले त्यस्तो गतिविधि गर्ने पार्टीको उम्मेदवारी खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष फोजूले भन्नुभयो, “उम्मेदवारको ठूलठूला पोस्टर टाँस्ने, सामाजिक सञ्जालमा चुनाव चिह्नको प्रचार गर्ने, आकासै छोप्ने जस्तो गरी चुनाव चिह्नको माला गाँसिने कार्यलाई रोक्नु आवश्यक छ । निर्वाचन घोषणापत्रका मुख्य–मुख्य बुँदासहित उम्मेदवारको फोटो भएको पर्चा प्रकाशित गरी मतदातालाई शिक्षित पार्ने गतिविधिलाई प्राथमिकता दिनुपर्छ ।”
कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधिहरूका साथै पत्रकारहरूले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply