नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार भक्तपुरमा बस्यो । फागुन ८ गतेबाट हुने पार्टीको केन्द्रीय परिषद्को बैठकपूर्व बसेको बैठकमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रतिनिधिसभा विघटन प्रमको भरेको बन्दुक हुने भएको र निर्वाचनको घोषणा औचित्यपूर्ण भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन प्रजातन्त्रको सौन्दर्य र आवश्यकता हो ।”
निर्वाचनमै संसदीय व्यवस्थाको भण्डाफोरसमेत हुने भन्दै अध्यक्ष बिजुक्छेँले संसद्मा बोल्न नपाएका विषय निर्वाचनमै उठाउने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “चुनावमा राजनीतिक छलफल हुनेछ । जनअदालतमा जाने निर्णय औचित्यपूर्ण छ ।”
नेमकिपाले निर्वाचनमै जनतालाई राजनीतिक शिक्षा दिने भन्दै उहाँले चुनावलाई शासक दलहरूलाई उदाङ्ग्याउने अवसरको रूपमा लिने विचार राख्नुभयो ।
संसद् विघटन नगरी प्रम ओलीले राजीनामामात्र दिएका भए बारम्बार सरकार परिवर्तन हुने र राजनीतिक अस्थिरता आउने भन्दै अध्यक्ष बिजुक्छेँले शासक दलका नेताहरूले संसद् पुनःस्थापना भए मन्त्री र प्रम बन्ने सपना देखिरहेको बताउनुभयो ।
उहाँले पूर्वन्यायाधीशहरू पनि स्वतन्त्र नागरिकसरह भएको भन्दै बुद्धिजीवीहरूको पनि कुनै न कुनै पार्टीप्रतिको झुकाव हुनसक्ने उल्लेख गर्नुभयो । वर्गीय समाजमा बुद्धिजीवी पनि वर्गीय हुने भन्दै उहाँले पुँजीवादी बुद्धिजीवीहरूले पुँजीवादी व्यवस्थाकै ऐन–कानुनअनुसार आफ्नो धारणा राख्ने बताउनुभयो ।
बैठकमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गरिने प्रतिवेदन छलफलको निम्ति प्रस्तुत गर्नुभएको थियो । पार्टी केन्द्रीय सदस्यहरूको समूहगत छलफलपछि सो प्रतिवेदन सुझावसहित परिषद्को बैठकमा प्रस्तुत गर्ने निर्णय भएको थियो ।
पार्टीको केन्द्रीय परिषद् बैठकमा पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरू, जनवर्गीय तथा पेशागत सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।
Leave a Reply