कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
नेपाल जलस्रोतमा धनी देश हो । यहाँ जलस्रोतका थुप्रै सम्भावनाहरू छन् । जलस्रोतका सम्भावनाहरू बढी भएको यो देशको बस्ती बस्तीमा बिजुली बत्ती पुग्नुपर्ने हो । सिँचाइ सुविधा सबै ठाउँमा पुग्नुपर्ने हो । खानेपानीको समस्या नहुनुपर्ने हो । तर, देशभरि अझै बत्ती पुगेको छैन । सिँचाइ सुविधा सबै ठाउँमा पुगेको छैन । खानेपानीको समस्या पनि त्यत्तिकै छ । सरकारले योजना बनाउँछ । हरेक योजनाको अवधि हुन्छ । त्यस अवधिभित्र योजना सम्पन्न हुँदैन । मागबमोजिम बिजुलीको आपूर्ति गर्न नसक्नुको कारण समयभित्र योजना सम्पन्न नहुनु हो । मेलम्ची योजना दशकौँ बितिसक्यो । अहिलेसम्म उपत्यकामा खानेपानी उपलब्ध भएको छैन । हिउँद सुरु भएपछि खानेपानीको अभाव हुन्छ । हरेक दिन आउने धारामा हप्ताको एकदिनमात्र खानेपानी उपलब्ध हुन्छ ।
देशमा खाद्यान्नमा आत्मनिर्भर बनाउन सिँचाइको बन्दोबस्त नभई हुँदैन । सिँचाइको लागि कुलो, बाँध बनाउने काम त्यति भएको देखिँदैन । कति कुलोका बाँधहरू भत्किसकेको हुन्छ, कुलो बिग्रिसकेको हुन्छ । बाँध र कुलो मर्मतको लागि खर्च हुँदैन । जीर्णाेद्धार या मर्मत गर्न नसकेर कुलो बनेको तीन चार वर्षपछि कुलो बन्द हुन्छ, भइरहेको सिँचाइ पनि बन्द हुन्छ । यसले उत्पादन घट्छ । सिँचाइविना नगदेबाली सम्भवै छैन ।
कृषि उत्पादन बढाउन कृषि औजारको पनि बन्दोबस्त हुनुपर्छ । कृषि औजार सस्तो र सर्वसुलभ हुनुपर्छ । सर्वसाधारण कृषकले किन्नसक्ने पानी तान्ने पम्प, ट्याक्टर या त्यस्तै अन्य कृषि औजार उपलब्ध भएमा कुलो नभए पनि पानी तान्न सकिन्छ, खेत खनजोत गर्न सकिन्छ । यसले समयको बचत गर्छ । थोरै समयमा धेरै काम हुन्छ । ट्याक्टरले खेत खनजोत गर्दा माटो मलिलो हुन्छ र उत्पादन बढ्छ । कृषि उत्पादन बढाउन रासायनिक मल पनि सर्वसुलभ हुनुपर्छ । प्राङ्गारिक मल भए सबभन्दा उपयुक्त हो । तर, प्राङ्गारिक मल सबै ठाउँमा हुँदैन । सबैले प्राङ्गारिक मल प्रयोग गर्न पाउँदैन । त्यस्तो ठाउँमा रासायनिक मल नभई हुँदैन । रासायनिक मलले पनि उत्पादन बढाउन ठूलो सहयोग गर्छ । तर, कृषिप्रधान देशमा समयमा मल पाउँदैन । कुनै पनि बालीमा प्राङ्गारिक या रासायनिक मल राख्न नसकेपछि उत्पादन घट्छ । उत्पादन घटेपछि श्रमअनुसार फल पाउँदैन र घाटा हुन्छ ? यो वर्ष किसानले समयमै मल पाएनन् । उत्पादन घट्यो र नोक्सान भयो । यसले किसानको लागि मात्र होइन देशकै लागि घाटा हुन्छ । नयाँ नयाँ बीउ बिजनका लागि वैज्ञानिकहरूसँग परामर्श लिने र उत्साहित बनाउने काम सरकारले गरिरहनुपर्छ । धान, गहुँ, मकै, कोदोजस्ता परम्परागत बालीबाहेक अन्य नगदेबालीहरू गर्ने पद्धतिको विकास गरी बस्ती बस्तीसम्म पु¥याइनुपर्छ । यस्ता बालीहरू सीमित ठाउँमा मात्र केन्द्रित गरिनुहुँदैन । माटो सुहाउँदो बाली या तरकारी लगाउन बेलाबखत माटोको परीक्षण गर्ने, कृषकहरूलाई तालिम दिने काम सरकारले गर्नुपर्छ । यी सबै बन्दोबस्त नभएकोले कति खेत बाँझै छ । बाली लगाए पनि उत्पादन खासै हुँदैन । अतः बालीमा उत्पादन बढाउन बाली लगाउनको निम्ति आवश्यक सबै पूर्वाधार तयार गरिनुपर्छ । अनि खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ ।
Leave a Reply