भर्खरै :

आठ मुलुकका राष्ट्र तथा सरकार प्रमुखले चिनियाँ खोप लगाएको चिनियाँ अधिकारीको भनाइ

(सिन्ह्वा) । चीनमा विकास गरिएको कोरोनाविरूद्धको खोप आठ देशका राष्ट्र तथा सरकार प्रमुखले लगाएका छन् ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले कम्तीमा त्यस्ता आठ जनाले चिनियाँ खोप लगाएको शुक्रबार दावी गर्नुभएको हो ।
प्रवक्ता होउ चुन्निङले पत्रकार सम्मेलनमा खोप लगाउने राष्ट्र तथा सरकार प्रमुखहरूको विवरण प्राप्त भएको जानकारी दिनुभयो । तर उहाँले चिनियाँ खोप लगाएका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको नाम भने उल्लेख गर्नुभएन ।
सञ्चार माध्यमहरूमा आएका विवरणहरूमा चिनियाँ खोप विश्वसनीय, प्रभावकारी र उपयोगी भएकोले उहाँहरूले प्रयोग गर्नुभएको उल्लेख गरिएको उहाँले बताउनुभयो ।
खोप विकास गर्ने क्रममा कतिपय पश्चिमा देशहरू र चीनका बीचमा प्रतिस्पर्धा पनि भएको थियो । त्यसमा चीनले पनि सफलता हासिल गरेको प्रवक्ता चुन्निङको दावी छ ।
उहाँले महामारीकै बीचमा पनि चीनले धेरै देशहरूलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराएर सहयोग गरेको जानकारी दिनुभयो ।
चिनियाँ खोप प्रयोग गरेका देशमा चिनियाँ खोप उपयुक्त भएको प्रतिक्रिया पाएको पनि उहाँले बताउनुभयो ।
कतिपय देशहरूले चीनबाट खोप लैजानका लागि चार्टर विमान पनि पठाउने गरेको उहाँले पत्रकारहरूलाई जानकारी दिनुभयो ।
कतिपय राष्ट्र तथा सरकार प्रमुखहरूले व्यक्तिगत रूपमा पनि चिनियाँ खोपको माग गर्ने गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चुन्निङले बताउनुभयो । खोपको उपलब्धता र प्रभावकारीताका कारण अन्तर्राष्ट्रिय जगतमा चीनको प्रभाव फेरि बढेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *