भर्खरै :

निःस्वार्थी निडर हुन्छ

आज फागुन ८ गते सहिद दिवस । निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधमा २०४६ साल फागुन ७ गते संयुक्त जनआन्दोलन सुरु भएको थियो । २०४६ सालको जनआन्दोलनको क्रममा भक्तपुरका जुझारु युवाहरूले सहादत प्राप्त गरेका थिए । भक्तपुरको पाँचतले मन्दिर अगाडि टौमढीमा विरोध जुलुस पुग्दा पञ्च गुण्डाहरूको निर्देशनमा विश्वमै प्रतिबन्धित गोली प्रहरीहरूले चलाउँदा टौमढीलगायत विभिन्न ठाउँमा राजकुमार सुवाल, कृष्णराम दुवाल, निर्मलकुमार शाक्य र हरिकृष्ण भुजुले सहादत प्राप्त गरेका थिए ।
किसानहरूको पक्षमा बाली काट्ने आन्दोलन, भर्पाइ आन्दोलन, साँढे धपाउने आन्दोलन सबभन्दा पहिले भक्तपुरमै भएको थियो । मोहियानी हक प्राप्ति आन्दोलन पनि भक्तपुरमै भएको थियो । पञ्चायती व्यवस्थाको भण्डाफोर गर्ने काम भइरह्यो । पञ्चायती व्यवस्थाको विरोध देशभरबाट भयो । २०३६ सालमा जनमत लिन बहुदल र निर्दलमध्ये छान्न जनमतसङ्ग्रह गर्दा भक्तपुरमा सबभन्दा बढी अर्थात् ८० प्रतिशत मत बहुदलले प्राप्त गरेको थियो । त्यसैले नेमकिपा पञ्चायती व्यवस्थाको आँखामा परेको धुलोझैँ भयो ।
प्रतिक्रियावादी सङ्घसंस्थामा भाग लिएर देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने लेनिनवादी नीतिअनुसार आफ्नो सङ्गठन रहेको ठाउँबाट नेमकिपाले पञ्चायती चुनावमा भाग लियो र देश र जनताको सेवा गरेको थियो । पञ्चायती व्यवस्थाको विरोधमा पञ्चायतलाई नै उपयोग गरी नेमकिपाले जनतालाई सचेत र सङ्गठित पार्ने काम ग¥यो । कति दलले चुनावमा नाममा भाग नलिँदा निर्दलले जनमतसङ्ग्रहमा सजिलैसँग जित्यो । नेमकिपालार्ई समूल नष्ट गर्न पञ्चायती राज्यले २०४५ सालमा भक्तपुर काण्डको षड्यन्त्र रचेको थियो । जो आगोसँग खेल्छ ऊ आगोमै जलेर मर्छ भनेजस्तै नेमकिपालाई नष्ट गर्न रचेको षड्यन्त्रले आफै नष्ट भयो ।
जनआन्दोलनको क्रममा फागुन ८ गते नेमकिपाको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा भक्तपुरको साविक १ हाल वडा नं ९ स्थित सूयमढी टोलबाट जुलुस सुरु भएको थियो । बजारको ठाउँठाउँमा विरोध जुलुसमा प्रहरीहरूको अवरोध भयो । त्यसलाई तोड्दै जुलुस अगाडि बढेपछि पञ्चहरूको दिमागले काम गर्ने कुरै भएन । जसरी पनि दबाउनु पर्छ भन्ने सोच राखेका पञ्चहरूले जुलुस टौमढीमा पुगेपछि ताकीताकी गोली प्रहार गर्न प्रहरीहरूलाई आदेश दिएको भुक्तभोगी जनता बताउँछन् । फागुन ८ गते एकै दिन चार जना सहिद भए । भक्तपुरमा सहादत प्राप्त गरेको खबर आँधीबेहरीजस्तै देशभर फैलियो । उपत्यकाको कीर्तिपुर, ललितपुर र काठमाडौँलगायत देशभरका जनता सडकमा ओर्लिए, थुप्रै देशभक्त दाजुभाइ र दिदीबहिनीहरू सहिद भए । अन्ततः जनताको शक्तिबाट सदाको लागि निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त भयो ।
सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई काठमाडौँको शोभा भगवतीमा छात्तीमा गोली ठोक्ने र ठोक्न आदेश दिने देशका कलङ्क नरशमशेर राणाजस्तै राजकुमार सुवाल लगायतका सहिदहरूलाई ताकीताकी गोली हान्न लगाउने, हान्न निर्देशन दिने हिजोका पञ्चहरूलाई प्रजातन्त्र या बहुदल आएपछि दण्डित गर्नुपर्ने थियो, कारबाही गर्नुपर्ने थियो, जेलमा थुन्नुपर्ने थियो । तर, पार्टी ठूलो बनाउने नाममा शासक दलहरूले गंगाजल छर्केर, टीका लगाएर पार्टीमा हुले । अपराधीहरू विषालु सर्प हरियो घाँसमा लुकेजस्तै लुके ।
नेमकिपाले माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा, सहिदको सपना र जनताको भावनाअनुसार देश र जनताको निःस्वार्थ सेवा गर्नुबाहेक पार्टीको अर्को कुनै उद्देश्य छैन भनी चुनावी सभा तथा अन्य सभा र बैठकमा भन्दै आएको हो । निःस्वार्थी निडर हुन्छ भनेजस्तै नेमकिपाले कुनै देशी विदेशी शक्तिको अगाडि नझुकी, प्रभाव र दबाबमा नपरी आफ्नै खुट्टामा उभेर देश र जनताको सेवामा सङ्घर्ष गरिरहेको छ । सच्चा कम्युनिस्टहरू निर्णायक ठाउँमा आएपछि, शासन या शक्तिमा आएपछि पहिले जनताको शिक्षा र स्वास्थ्यमा जोड दिन्छन् । त्यसैले यो पार्टी पञ्चायतदेखि हाल पुँजीवादी गणतन्त्रकालसम्म शिक्षा र स्वास्थ्य क्षेत्रमा क्रियाशील छ । आफू अत्यधिक बहुमत जितेको भक्तपुर नगरपालिकाले सञ्चालन गरेका ख्वप कलेज, ख्वप इन्जिनियरिङ्ग कलेजलगायतका शिक्षालयले देशभरका जनताका छोराछोरीहरूलाई सस्तोमा गुणस्तरीय शिक्षा दिइरहेको छ । भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने लक्ष्यअनुसार अगाडि बढिरहेको छ । भक्तपुरका गरिब जनताको सस्तोमा अधिग्रहण गरी लिएको सल्लाघारीस्थित ९९ रोपनीको खाली जग्गामा ख्वप विश्वविद्यालय सञ्चालन गर्नका लागि भक्तपुर नगरपालिका अगाडि बढिरहेको छ । तर, कम्युनिस्ट भनिएको, सर्वहारा वर्गको आँसु पुछ्ने भनिएको पार्टी नेकपाले स्थानीय निकायले खोल्न लागेको विश्वविद्यालयको स्वीकृति दिन सरकारले खुट्टा कमाइरहेको छ । स्वीकृति दियो भने भनपाले सस्तोमा पढाउने छ । तर, ख्वप विश्वविद्यालय खोल्न देशी विदेशी शक्तिको प्रभाव र दबाबमा रोकिरहेको छ । सानो पार्टीले शिक्षा र स्वास्थ्य क्षेत्रमा देशमा चमत्कार देखाइदेला भन्ने शासक दलहरूलाई डर छ । बुद्धिजीवी भन्दै छन्, नेमकिपालाई ठूलो पार्टी हुन दिँदैन । नेमकिपा सत्य बोल्छ, जनताको पक्षमा बोल्छ, देशको पक्षमा बोल्छ, झुठो आश्वासन बाँड्दैन । ग्यास, सिलिन्डर बाँड्दैन अनि कुर्ता सुरुवाल, सारी बाँड्दैन । त्यसैले नेमकिपा कसैको अगाडि झुक्दैन । देश र जनताको सेवा गर्नेतर्फ शासक दलको बेलैमा घैँटोमा घाम लागोस् ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रहरूले दिनको २÷३ सय बिरामीहरूको सेवा प्रदान गरिरहेका छन् । निकट भविष्यमै १०० शय्यासम्मको विशेषज्ञ चिकित्सकको सेवा र सुविधा सम्पन्न आधुनिक अस्पतालको सेवा विस्तार हुँदै छ । नेपालमै पहिलो जापान सरकारको सहयोगमा दमका बिरामीहरूको उपचार गर्ने छात्ती पुनस्र्थापन केन्द्र सञ्चालन भइसकेको छ ।
भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोधमा नेमकिपाले सङ्घर्ष गरिरहेको छ । हिजो शासक दलहरूले भारतसँग राष्ट्रघाती महाकाली सन्धि गर्दा, बिप्पा सम्झौता गर्दा, नागरिकता विधेयक पास गर्दा, विभिन्न बहानामा नाकाबन्दी गर्दा संसद र सडकबाट नेमकिपाले खबरदारी गरेको थियो । नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी मिचेर भारतले नक्सा जारी गर्दा, बाटो बनाउँदा सडकबाट विरोध जुलुस गरेर भारतीय दूतावासमा गई विरोधपत्र बुझाइएको थियो । त्यस्तै ५५ अर्बको गुलियो पोतेको विष राष्ट्रघाती एमसीसी सम्झौता शासक दलहरूले अनुमोदन गर्न खोज्दा, संसदमा पास गर्न खोज्दा, पास गर्न अमेरिकी साम्राज्यवादले दबाब दिँदा रत्नपार्कबाट विशाल विरोध जुलुस गरेर महाराजगञ्जस्थित अमेरिकी दूतावासमा विरोधपत्र बुझाएर खबरदारी गरेको थियो ।
सभाहरूमा नेकपाका प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई हामीले भनेजस्तो भएन भने, प्रतिनिधिसभा पुनः स्थापना गरेन भने विद्रोहको आँधी र हुरी आउँछ भनेर धम्क्याइरहेका छन् । ओलीले निर्वाचनलाई कसैले रोक्न सक्दैन भनी धम्क्याइरहेका छन् । त्यस्तो जनसभा हिजो कोभिडको नियन्त्रणमा लगाएको भए, भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतको नेपाली भूमि मिचेर नक्सा जारी गर्दा, बाटो बनाउँदा लगाएको भए, जनताको सेवा पुग्ने थियो । राष्ट्रघाती एमसीसीको विरोधमा सभा गर्नुपथ्र्यो, भ्रष्टाचारको विरोधमा सभा गर्नुपथ्र्यो ।
हिजो दिल्लीमा १२ बुँदे सम्झौता गरी शान्तिवार्ताबाट आएपछि, चुनावबाट पुँजीवादी सरकारको नेतृत्व लिएपछि भर्खर जङ्गलबाट निस्केको सिंहजस्तै उनमा कसैलाई नटेर्ने, अहङ्कार बढेको थियो । त्यसैले उनले गिरिजालई राष्ट्रपति बन्नेबाट रोके । उनीहरूको त्यसबेला भुइँमा खुट्टा छैन । को शत्रु, को मित्र चिन्न सकिएन, चिन्न दिइएन । भष्मासुरले महादेवलाई लेखेटेजस्तै लखेट्न खोज्यो । त्यसबेला भक्तपुरलगायत नेपालको विभिन्न क्षेत्रका नेमकिपाका नेता कार्यकर्ताहरूले उनीहरूको भौतिक आक्रमणको सामना गर्नुप¥यो । यसरी नेमकिपाले देश र जनताको पक्षमा सङ्घर्ष गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *