तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
२०४६ सालको ऐतिहासिक जनआन्दोलनको प्रातः स्मरणीय वीर सहिदहरूको सम्मानमा नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा ३२ औँ सहिद दिवस शनिबार सहिद स्मृति उद्यानमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहिद र योद्धाहरूप्रति शब्दमा मात्र सम्मान र आदर गरेर नपुग्ने उल्लेख गर्दै हाम्रो व्यवहार र नीति निर्णयमै त्यसको प्रभाव हुनुपर्ने बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “नागरिकहरूका लागि राजनीतिक स्वतन्त्रतासँगसँगै व्यक्तित्व विकासमा समान अवसर, निःशुल्क शिक्षा र स्वास्थ्योपचारको अधिकार, युवाहरूका लागि रोजगार र रोजगारअनुसारको पारिश्रमिक, महिलाका लागि शिक्षा र रोजगार आदि सहिदका सपना थिए । सहिद र योद्धाहरूप्रति शब्दको औपचारिकतामा होइन व्यवहारमै सम्मान र आदर गर्न आवश्यक छ ।”
देशको कृषि क्षेत्रमा विदेशी लगानी भित्याउने सरकारको निर्णयले देशको कृषि क्षेत्रलाई विदेशी एकाधिकार पुँजीको चङ्गुलमा पु¥याउने चर्चा गर्दै उहाँले त्यसले एक एक पाइला गर्दै देशलाई नवउपनिवेश बनाउने हुँदा सरकारको गलत नीति र निर्णयको विरोध आवश्यक रहेको बताउनुभयो ।
जनताको बलिदानले बहुदलीय प्रजातन्त्र स्थापना भएको ३२ वर्षसम्म पनि शासक दलहरूले जनअपेक्षाअनुसार काम गरेर देशलाई सही दिशामा अगाडि बढाउन नसकेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले गुटगत र दलगत स्वार्थमा लागेर शासक दलहरूले सहिदको भावना बुझ्न नसकेको र सहिदको बलिदान र योद्धाहरूको योगदानको अपमान गरिरहेको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो, “शासक दलहरू असफल भएको कुरा आज हामीले मात्र भनिरहेका छैनौँ, उनीहरू आ–आफैले स्वीकार गरेका छन् । जनताले अब ती दलहरूलाई फेरि विश्वास गर्नुहुन्न ।”
उहाँले समाजवादी व्यवस्था स्थापनाका लागि सङ्घर्ष अगाडि बढाउनु नै सहिद र घाइते योद्धाहरूप्रति साँचो सम्मान हुने औँल्याउनुभयो ।
कार्यक्रममा जनआन्दोलन २०४६ का घाइते योद्धाहरूका प्रतिनिधि राजेन्द्र दुमरुले जनआन्दोलनको क्रममा भएको प्रहरी दमन र जेलमा रहँदाको अनुभव सुनाउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले नेमकिपाले आफ्ना हरेक कार्यकर्तालाई राजनीति व्यापार–व्यवसाय होइन, निःस्वार्थरूपमा देश र जनताको सेवाको रूपमा लिनुपर्छ भनी सिकाइरहेको बताउनुभयो ।
उहाँले जनआन्दोलन २०४६ मा भक्तपुरका जनताको बलिदानीपूर्ण सङ्घर्षले पञ्चायतविरुद्धको जनआन्दोलनमा ऊर्जा थपेको कुरा अन्य जिल्लाका जिम्मेवार मानिसहरूबाट सुनेको बताउनुभयो ।
कार्यक्रममा आयोजक समितिका उपाध्यक्ष केशवप्रसाद तिमिल्सेना र सचिव नारायणभक्त न्हेमाफुकीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, अतिथि, घाइते योद्धा प्रतिनिधि तथा सहिदका परिवारले सहिदका प्रतिमामा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
Leave a Reply